सोमवार, फाल्गुन ०७ गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:५७

आगामी १८ फागुनमा होलीको अवसरमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
 
डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा पोखराको दशरथ रंगशालामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
 
प्रतियोगितामा विभिन्न चार मुलुकका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।
 
अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नील पनि उक्त प्रतियोगितामा भिड्नेछन् ।
 
प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरू रहेका छन् । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छिन् ।
 
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरू पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के सी र प्रदिप पाण्डेले संचालन गर्नेछन् । उक्त प्रतियोगितामा कमेन्टेटरमा नेपालका प्रसिद्र्घ यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्स को जोडी रहनेछ । डिसहोम एक्सन स्पोर्टस टिभीले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेसमेत जनाइएको छ ।
 
पोखरापछि आरडब्लु संग्राम नेपालका अन्य सहरहरूमासमेत लैजाने योजना रहेको आयोजकले जनाएको छ ।
 
हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर अर्थात कमल तामाङ्ले नियमति रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको अभ्यास दिनका लागि हाल संघले अमेरिकन प्रशिक्षक जिजस मालकीबाट तालिम दिने व्यवस्था मिलाएको बताएको छ । 
 
नेपाल रिङ रेस्लिङ संघकी महासचिब सुवर्ण श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ, ‘हामीले यहि आउँदो २०७४ फागुन १८ गतेका दिन पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित (रअ संग्राम) नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउँछौं । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको ब्यबस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकाश समितिको समंयोजकत्वमा रेस्लिङ प्रतियोगिता गर्न लागेका हौं ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
351.   वैदेशिक रोजगार विभागको महानिर्देशकबाट बोगटीलाई हटाइयो
352.   कुलेश्वर पोलिक्लिनिकद्वारा निःशुल्क थाइराइड परीक्षण
353.   राहदानी अब एक दिनमै बन्ने
354.   विदेशी नागरिक आन्दोलनमा सरिक भए कारवाही
355.   अमेरिका भिषाका लागि बैंक स्टेटमेण्ट र लालपूर्जा नचाहिने
356.   संखुवासभाली सांसद खड्काले एनसेलको सिम नचलाउने
357.   काठमाडौंमा युएईले संचालनमा ल्यायो दूतावास
358.   नक्क्ली कागजातमा महिला कामदार उडाउँदै विभागका कर्मचारी
359.   रोटरी क्लव अफ राजधानीद्धारा कमला – कृष्ण छात्रवृत्ति प्रदान ।
360.   २०७३/७४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने
361.   पत्रकारको न्यूनतम तलब अब १९ हजार पाँच सय
362.   दजाकोट अग्नि पिडितलाई लग्जम्बर्गमा सहयोग संकलन
363.   अमेरिकी डिभीको नतिजा आज
364.   ‘दुरगामी असर गर्छ भने फ्री भिसा फ्री टिकट पुनर्विचार गर’
365.   नेपाली कामदारको उद्धारका लागि आपतकालीन राहत कोषको व्यवस्था गर्न सरकारलाई निर्देशन
366.   ‘एक्सलेन्ट इन सर्भिस’ अवार्ड प्याकुरेललाई प्रदान
367.   २१ मुलुकका लागि राजदूत शिफारिस (सूचिसहित)
368.   नामिबियाविरुद्ध नेपालको दोश्रो जीत, विश्वकप छनोट खेल्ने सम्भावना बलियो
369.   वैशाख २८ बाट काठमाडौमा युएईको दुतावास खुल्ने
370.   प्रधानमन्त्रीको उपस्थितिमा पहिलो अन्तर्राष्टिय रेस्लिङ प्रतियोगिता सम्पन्न
371.   भोली शनिबार नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियागिता हुदै
372.   लायन्स क्लब अफ काठमाडौं टेम्पललाई चार्टड हस्तान्तरण
373.   चक्रपथ ८ लेनको बन्न १० बर्ष लाग्ने
374.   २०७३ सालमा कुन-कुन दिन सार्वजनिक विदा ? (सूचिसहित)
375.   इजिप्ट एयरको विमान अपहरण
Results 651: You are at page 15 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media