विहिवार, फाल्गुन १० गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:५७

आगामी १८ फागुनमा होलीको अवसरमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
 
डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा पोखराको दशरथ रंगशालामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
 
प्रतियोगितामा विभिन्न चार मुलुकका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।
 
अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नील पनि उक्त प्रतियोगितामा भिड्नेछन् ।
 
प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरू रहेका छन् । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छिन् ।
 
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरू पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के सी र प्रदिप पाण्डेले संचालन गर्नेछन् । उक्त प्रतियोगितामा कमेन्टेटरमा नेपालका प्रसिद्र्घ यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्स को जोडी रहनेछ । डिसहोम एक्सन स्पोर्टस टिभीले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेसमेत जनाइएको छ ।
 
पोखरापछि आरडब्लु संग्राम नेपालका अन्य सहरहरूमासमेत लैजाने योजना रहेको आयोजकले जनाएको छ ।
 
हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर अर्थात कमल तामाङ्ले नियमति रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको अभ्यास दिनका लागि हाल संघले अमेरिकन प्रशिक्षक जिजस मालकीबाट तालिम दिने व्यवस्था मिलाएको बताएको छ । 
 
नेपाल रिङ रेस्लिङ संघकी महासचिब सुवर्ण श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ, ‘हामीले यहि आउँदो २०७४ फागुन १८ गतेका दिन पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित (रअ संग्राम) नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउँछौं । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको ब्यबस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकाश समितिको समंयोजकत्वमा रेस्लिङ प्रतियोगिता गर्न लागेका हौं ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
301.   अमेरिकाको डिभी आजबाट खुल्दै
302.   अध्यागमन विभागबाट विदेशीलाई भिषा दिदा अनियमिता
303.   नेपालको सहयोगमा जापान सदैव तत्पर : जापानी विदेशीमन्त्री
304.   अमेरिकन डिभी मंगलबारदेखि खुल्ने
305.   मलेसियाका राजदूतले अनियमितता गरेपछि मलाई आरोप लगाए : शाह
306.   मलेसियाबाट डिपोट भएका शाहद्वारा १ सय १४ विदेशीलाई नक्कली भिसा!
307.   रेमिट्यान्स घट्यो, आर्थिक वृद्धिदरमा असर
308.   कर नै तिर्दैनन् व्यापारिक मल
309.   महिलाहरु उध्यमशिल हुँदै, मातृशक्तिको नयाँ पसल खुल्यो
310.   असोज १ गतेदेखि युनाइटेड कप ब्याडमिन्टन
311.   हराएको पासपोर्ट बनाउदा अब प्रहरी रिपोर्ट र पत्रिकामा विज्ञापन नचाहिने
312.   बकर इदका अबसरमा मंगलबार सार्वजनिक बिदा
313.   अमेरिका पु¥याउने मानव तस्करको जालो
314.   पशुपतिमा पर्यवेक्षण : 'पासको व्यवस्था नहुँदा दर्शनार्थीले सहजै दर्शन गर्न पाए'
315.   नयाँ राजदूतका लागि बाटो खुला, अन्तरिम आदेश खारेज
316.   वैदेशिक रोजगारमा भएकाले संचयकोषमा पैसा जम्मा गर्ने बाटो खुल्यो
317.   ‘दाई नमस्कार – पास चाहियो’
318.   चिनका लागि राजदूतमा पौडेल सिफारिस, उपाध्ययलाई भारत नै पठाउने
319.   विदेशबाटै बढी पेन्सन बुझ्छन् नेपाली
320.   त्रिभुवन विमानस्थलमा साँढे सात गुणा महंगी
321.   हुण्डी ब्यापारी पक्राउ
322.   राष्ट्र बैंकको कार्यक्रममा अनिवार्य उपस्थित हुन अध्यक्ष मल्लको आग्रह
323.   स्वास्थ्य मन्त्री थापाको पहिलो निर्णय : बैदेशिक रोजगारीमा जाने कामदारलाई गलत रिपोर्ट दिनेलाई कारवाही गरिने
324.   ब्राजिलका लागि पोखरेल राजदूत नियुक्त
325.   रोजगार मिडियाकर्मी गिरीलाई पितृ शोक
Results 654: You are at page 13 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media