सोमवार, फाल्गुन ०७ गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:५७

आगामी १८ फागुनमा होलीको अवसरमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
 
डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा पोखराको दशरथ रंगशालामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
 
प्रतियोगितामा विभिन्न चार मुलुकका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।
 
अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नील पनि उक्त प्रतियोगितामा भिड्नेछन् ।
 
प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरू रहेका छन् । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छिन् ।
 
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरू पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के सी र प्रदिप पाण्डेले संचालन गर्नेछन् । उक्त प्रतियोगितामा कमेन्टेटरमा नेपालका प्रसिद्र्घ यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्स को जोडी रहनेछ । डिसहोम एक्सन स्पोर्टस टिभीले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेसमेत जनाइएको छ ।
 
पोखरापछि आरडब्लु संग्राम नेपालका अन्य सहरहरूमासमेत लैजाने योजना रहेको आयोजकले जनाएको छ ।
 
हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर अर्थात कमल तामाङ्ले नियमति रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको अभ्यास दिनका लागि हाल संघले अमेरिकन प्रशिक्षक जिजस मालकीबाट तालिम दिने व्यवस्था मिलाएको बताएको छ । 
 
नेपाल रिङ रेस्लिङ संघकी महासचिब सुवर्ण श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ, ‘हामीले यहि आउँदो २०७४ फागुन १८ गतेका दिन पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित (रअ संग्राम) नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउँछौं । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको ब्यबस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकाश समितिको समंयोजकत्वमा रेस्लिङ प्रतियोगिता गर्न लागेका हौं ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
226.   ताप्लेजुङमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता
227.   अब नेपाली आकाश सुरक्षित
228.   नेपाल भ्रष्टाचार हुने मुलुकमा दक्षिण एशियामै तेस्रो
229.   वैदेशिक रोजगारमा ज्यान गुमाएका र अशक्त बन्न पुगेकाको परिवारका बालबच्चाले छात्रवृत्ति पाउने
230.   पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियो इन्टरपोल सम्मेलन
231.   इण्डोनेसियामा नेपालीलाई फ्री र अनएराइभल भिसा
232.   भूकम्पपीडितलाई दोस्रो किस्ता दिन सुरु
233.   माघ २२ देखि प्रिपेडमा पनि फोरजी सेवा, १ वर्षभित्र देशैभर
234.   परराष्ट्रमन्त्री महतद्धारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता
235.   पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, डा. गोविन्द पोखरेल नियुक्त
236.   मजदुरी गर्न गएका २० नेपाली सात महिनादेखि भारतीय जेलमा
237.   राजदूत नियुक्तिमा भागबन्डा मिल्यो, निर्णय चाँडै हुने
238.   स्वास्थ्य व्यवसायी महासंघको साधारणसभा स्थगित
239.   नेपालको पासपोर्ट ८७ औं स्थानमा
240.   राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने
241.   कार्यविधि विवादले श्रम सहचारी नियुक्ति प्रक्रिया लम्बियो
242.   सबैले गर्ने मलाई थाहा छ, आँफूले के गर्ने मलाई थाहा छैन - कर्ण शाक्य
243.   अमेरिकामा नेपाली विद्यार्थीले वर्क परमिट पाउने
244.   'स्वदेशले धपाउँछ, विदेशले बोलाउँछ'
245.   आज तमू ल्होसार पर्व मनाईंदै, राष्ट्रपतिले दिइन शुभकामना
246.   मिर्गौला तस्करीमा संलग्न गिरोहका तीन पक्राउ
247.   लिस्नर्स क्लवले सकारात्मक सोच सम्वन्धी अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने
248.   धेरै देशमा नेपाली मोवाइल सीम
249.   पासपोर्टको आवेदन अब मोबाइल बाटै दिन सकिने
250.   ‘सार्वजनिक सेवामा सुधार,भ्रष्टाचार घट्दो’
Results 651: You are at page 10 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media