मंगलवार, फाल्गुन ०८ गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:४३

श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुवनप्रसाद आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त गरेको छ । 
 
महानिर्देशकको जिम्मेवारी सम्हालेपछि संक्षिप्त प्रतिक्रिया दिदै महानिर्देशक आचार्यले विभागलाई ऐन कानुन अनुसार मर्यादित एवं पारदर्शी रुपमा प्रशासनिक नेतृत्व प्रदान गर्ने बताए । 
 
विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि करीब डेढ महिनाअघि मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठलाई विभागको पनि महानिर्देशक भई काम गर्ने जिम्मा दिई पठाइएको थियो ।
 
बढी अनियमितता हुने सार्वजनिक कार्यालयका रुपमा चर्चित विभागमा नयाँ महानिर्देशकको कार्यकुशलतालाई मन्त्रालयदेखि अख्तियारसम्मले अत्यन्तै नजकिबाट नियाल्ने गरेका छन् । पछिल्लो पटक महानिर्देशक नै भ्रष्टाचारको मामिलामा तानिनुले नयाँ महानिर्देशकले अपनाउने पारदर्शिता र कार्य कुशलतामा धेरैको चासो देखिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
501.   रोजगार व्यवसायीलाई डलर खाताको सुविधा
502.   पोल्ट्री व्यवसायमा बढदो आकर्षण
503.   नेपालस्थित मलेसियन राजदूतावासमा ब्यवसायीको आन्दोलन
504.   नेपालस्थित मलेसियन दूतावासवाट ठाडो ठगी
505.   एक हप्ताभित्र बैदेशिक रोजगार विभागमा सुधार आउने
506.   वैदेशिक रोजगार विभाग विकेन्द्रित गरिदै
507.   आकर्षणको धुलिखेलमा एक दिने गोष्ठी सम्पन्न
508.   रोजगारीको सपना बाँड्दै दलहरु
509.   विदेशमा नेपालीको मृत्यु घटेको छैन
510.   कृषि अध्ययन भ्रमणका लागी २ सय ४ नेपाली युवा टोली इजरायलमा
511.   संचारकर्मीमाथि ज्यान मार्ने धम्की, शनिवार पनि टेस्ट परीक्षा संचालन
512.   मेरापिकद्धारा नक्कली प्रमाण पत्र बेच्ने गरेको खुलासा
513.   संघको विवाद कायमै, अध्यक्ष तामाङ विरुद्धको हस्ताक्षर नै विवादमा
514.   कसरी गर्ने अन्तर्वाताको तयारी ?
515.   ट्राउट “हव” बन्दै सिन्धु
516.   सय युवालाई इजरायल पठाइदै
Results 516: You are at page 21 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21

Powered By : Unitech Media