विहिवार, जेष्ठ १० गते, २०७५
शनिवार, २०७४ माघ २६ गते ०६:११

चीनसँग व्यापार गर्ने नेपाली व्यवसायीहरुको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा वर्तमान बरिष्ठ उपाध्यक्ष बच्चु पौडेलको नेतृत्वमा व्यवसायिक प्यानल चुनावी मैदानमा उत्रिएको छ । 
 
‘राष्ट्रिय सम्बृद्धिको आवश्यकता, व्यवसायिक हकहितका लागि एकता’ भन्ने मुल नारा लिएर पौडेल प्यानल आइतवार हुने चुनावका लागि होमिएको हो । संघको १८ औं बार्षिक साधारणसभा शनिवार राष्ट्रिय सभागृहमा हुँदैछ ।
 
संघमा राजनीति घुसाउन हुँदैन भन्दै पौडेलको नेतृत्वमा बनेको व्यवसायिक समूहले व्यवसायिक हकहितका लागि काम गर्ने भन्दै आफ्ना प्रतिवद्धताहरु अगाडि सारेको छ । संघका सल्लाहकार समितिका संयोजक अमृत खड्काको नेतृत्वमा अर्को प्यानल पनि नेतृत्वका लागि चुनावमा होमिएको छ । खड्का प्यानलमा राजनीति घुसेको हुँदा पौडेल प्यानल धेरैको रोजाई हुन सक्ने अड्कल व्यवसायीहरु गर्दछन् । 
 
विगत २५ बर्षदेखि हिमालय सीमापारबाट व्यवसाय गरिरहेका पौडेल २०५८ सालदेखि संघमा प्रवेश गरेका हुन् । ‘हामी शुद्ध व्यवसायिक प्यानल हौ, हामी समग्र व्यवसायिक हकहितका लागि लड्छौ’ अध्यक्षका उम्मेदवार पौडेल भन्छन–‘हाम्रो संस्था राजनीतिक दलको भातृ संगठन नभएकाले र व्यवसायीक हकहितका लागि प्रतिवद्ध हुदै एकजुट हुनु आजको आवश्यक्ता हो ।’
 
आफुहरु राजनैतिक रंग नमिसाएर हिमालय सिमापार बाणिज्य संघका सम्पूर्ण सदस्यहरुको साझा प्यानलकारुपमा चुनावी प्रतिष्पर्धामा होमिएको पौडेलको दावी छ । ‘हाम्रो विशुद्ध व्यवसायीहरुको प्यानल हो, अत्याधिक मत दिएर जिताउनुहोला, भोलिका दिनमा हामी सधैव व्यवसायीका नै साथमा रहने छौ’ पौडेलले भने । 
 
यस्तै संघका उपाध्यक्ष अशोक कुमार श्रेष्ठले पौडेल प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । ‘सबै व्यवसायीहरुले अग्रजका नाताले मैले काम गर्न सक्छु भनेर बरिष्ठ उपाध्यक्षमा पठाउनु भएको छ ’ श्रेष्ठको भनाई छ । सरकारसँग सहकार्य गर्दै व्यवसायीहरुले भोगिरहेका समस्या समाधानका लागि अव आउने नेतृत्वले भरपुर काम गर्ने श्रेष्ठको दावी छ । 


              अध्यक्षका उम्मेदवार बच्चु पौडेल, बरिष्ठ उपाध्यक्षका उम्मेदवार अशोक कुमार श्रेष्ठ र महासचिवका उम्मेदवार होमनाथ तिमल्सिना (नवराज) ।              

पौडेल प्यानलबाटै महासचिव पदका लागि उम्मेदवारी दिएका होमनाथ तिमल्सिना (नवराज)ले व्यवसायीहरुले भोगेका समस्या हल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  वर्तमान कार्यसमितिका सक्रिय र जुजारु सदस्यसमेत रहेका नवराजले महासचिव पदमा उम्मेदवारी घोषणा गर्दै चाइनासँग राम्रो सम्वन्ध रहेका र अग्रज व्यवसायीहरुको शुद्ध व्यवसायिक प्यानल बनेकाले पौडेल प्यानललाई जिताउन आग्रह गरेका छन् । 
 
यस्तै सचिव पदका लागि पौडेल प्यानलबाट दिपक कुमार श्रेष्ठ र सदस्यमा निरकुमार क्षेत्री (नृप अधिकारी)को उम्मेदवारी तय भएपनि अन्य उम्मेदवारको भने टुंगो लाग्न बाकि रहेकाले शनिवारसम्म सबै उम्मेदवार टुंगो लगाइसक्ने अध्यक्षका उम्मेदवार पौडेलले जानकारी दिए ।
 
पुरानो र निकै अर्थपूर्ण रुपमा लिइएको यस संघको काठमाडौँको बुद्धनगरमा आफ्नै साढेपाँच तले भवन छ जहाँ वैदेशिक रोजगार विभागको कार्यालय रहेको छ ।  नेपाल हिमालय सिमापार वाणिज्य संघको स्थापना भएपछि चीनसँग व्यापार गर्ने ८ सय ६४ व्यवसायी यस संस्थामा 
आवद्ध रहेका छन् । यो संस्था नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्य संस्था पनि हो । नेपाल हिमालय सिमापार वाणिज्य संघले विभिन्न सामाजिक सेवाका गतिविधिहरु तथा नेपाल चीन मैत्री सम्बन्धका सेवाहरु पनि सञ्चालन गर्दै आएको छ ।
 
२०७२ मा आएको विनाशकारी भूकम्प तथा बाढि पहिरोका कारण तातोपानी नाका बन्द भएपछि सिमापारबाट व्यापार गर्ने व्यवसायीहरु निकै मर्कामा परेका थिए । अहिले यी व्यवसायीहरुले केरुङ नाकाबाट व्यापार गर्दै आएपनि जतिसक्दो चाडो तातोपानी नाकालाई संचालनमा ल्याउन नेपाल हिमालय सिमापार वाणिज्य संघका लागि ठुलो चुनौती त छ नै अबको नेतृत्वको लागि पनि यो काम ठुलै चुनौतीको विषय बनेको छ ।
 
पौडेल प्यानलको प्रतिवद्धताहरु :
 
'राष्ट्रिय समृद्धिको आवश्यकता , व्यवसायीक हक हितको एकता'
 
  नेपाल हिमालय सिमापार वाणिज्य संघको १८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट माघ २८ गते हुने निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार युवा व्यवसायी श्री बच्चु पौडेल सहित प्यानलको प्रतिबद्धता 
 
 प्रतिबद्धताहरु :
हाल चीनसँग सु्चारु भईरहेको नाका केरुङ–रसुवागढी नाका मा भएका बिभिन्न कठिनाई हटाउन अधिकतम पहल गर्ने ।
 
ब्यापार ब्यावसाय गर्ने सबै ब्यवसायीहरुलाई समस्या परेमा त्यसको लागि समन्वयत्मक भूमिका निर्वाह गर्ने र नेपाल सरकार तथा सम्बन्धित निकाय संग समन्वय गरी सक्दो सहयोग गर्न पहल गर्ने ।
 
व्यापार व्यवसायको सर्वोपरी हितमा संचालन भई हाल बन्द रहेको तातेपानी नाका संचालनको लागि नेपाल सरकार तथा चीन सरकार संग अधिकतम पहल गर्ने ।
 
अरनिको राजमार्ग संचालन ,विस्तार एवं स्तरोन्नती को लागि सरकार संंग आवश्यक पहल गर्ने ।
 
हाल संचालनमा रहेको काठमाण्डौ रसुवागढी  राजमार्ग विस्तार एवं स्तरोन्नती को लागि सरकार संंग आवश्यक पहल गर्ने ।
 
मित्र राष्ट्र चीन संग सिमाना जोडिएका सम्बन्धित नाकाहरु छिटो खोल्न सरकार संग पहल गर्ने । 
 
हाल चीन संग व्यापारिक कारोबार भई संचालनमा रहेको रसुवा भंसार नाका बाट आवत जावत हुने सवारी साधनलाई २४सै घण्टा निर्वाध रुपमा संचालन गर्न नेपाल सरकार तथा नेपाली सेना संग वार्ता गरी समस्या समाधानका लागी पहल  गर्ने । 
 
यसै संस्था मार्फत सबै नेपालीहरुलाई केरुङ्ग आवत जावत को लागी  पास व्यवस्थित गरी  सहजीकरण गर्ने ।
 
रसुवामा यस संघको शाखा कार्यालय खोली व्यापार व्यवसायलाई व्यवस्थित गर्न पहल गर्ने । 
 
संघको हालको अवस्थालाई महासंघको अवधारणमा लैजान आवश्यक पहल गर्ने ।
 
जिल्लाको गहनाको रुपमा रहेको तातेपानी धारा र लिस्ती माई तथा ऐतिहासिक स्थल दुगुना गढी लाई व्यवस्थित बनाई आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषणको केन्द्र बनाउन पहल गर्ने ।
 
चीन संग आयात निर्यात सम्बन्धी व्यापारी, व्यवसायी तथा अन्य सरोकारवाला सम्पूर्णको सर्वोत्तम हितलाई ध्यानमा राखी ख्क्ष्क्ब्  प्रक्रियामा चिनियाँ दूतावास संग आवश्यक समन्वय गर्ने ।
 
समय समयमा व्यापारी व्यवसायी तथा अन्य सरोकारवाला संग छलफल तथा अन्तरक्रिया गरी समय सापेक्ष निर्णयका लागि सबैको धारणा समावेश गराउन पहल गर्ने ।
 
चीन तथा नेपाली व्यवसायी बीच सहकार्य अघि बढाई चिनीयां पर्यटकको आगमन बढाउंदै बिभिन्न कार्यक्रम मार्फत वैदेशिक लगानी भित्राउन पहल गर्ने  ।
धन्यवाद १
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
601.   प्रभु बैंकको बिशेष साधारण सभा सम्पन्न
602.   राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाको पुँजी चारगुणा बढाउने निर्णय
603.   मेगा बैंक छैटौँ बर्षमा
604.   क्रेडिट लाइफ इन्सुरेन्सका लागि प्रभु र प्राइमलाइफबीच सम्झौता
605.   बेष्ट रेमिट र सनराइज बैंक लिमिटेडबीच रेमिट्यान्स सम्झौता
606.   आगामी आर्थिक बर्षको बजेट सार्वजनिक, कर्मचारीको तलब बढेन
607.   रिलायबल र एस डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
608.   आइएमई र ग्लोबल आइएमई बैंकको संयुक्त छात्रबृति योजना
609.   आईएमई को–अपरेटिभद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न
610.   महासंघको अध्यक्षमा मुरारका निर्विरोध
611.   इ–नेटको ‘अनलाइन पेमेण्ट’ लोकप्रिय बन्दै
612.   वैदेशिक रोजगार बचतपत्रको विक्रि खुल्ला
613.   मेगा बैंकको ब्रान्ड एम्बेसडरमा सुरजसिंह ठकुरी
614.   सरसफाइ तथा भग्नावशेष हटाउँदै आईएमईको १५औं वार्षिकोत्सव मनाइयो
615.   हुण्डी कारोबारका विरुद्ध राष्ट्र बैंक सक्रिय
616.   इजी लिंक रेमिट्यान्स र लुम्बिनी बैंकबीच रेमिट्यान्स सम्झौता
617.   सिद्धार्थ बैंकद्वारा एक करोड एक लाख सहयोग
618.   प्रभू बैंकले ल्यायो दुर्इ नयाँ मुद्दति खाता
619.   भूकम्प पीडितलाई यती बैंकको सहयोग
620.   पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि
621.   इजी लिंक र एनआइसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता
622.   आर्थिक पत्रकार संघमा सापकोटाको नेतृत्व
623.   वायु सेवा निगमको महाप्रवन्धकमा कंसाकार नियुक्त
624.   भुकम्प पीडितलाई विओकेको सहयोग
625.   भूकम्प पीडितको ५० हजारसम्मको ऋण मिनाहा
Results 857: You are at page 25 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media