विहिवार, फाल्गुन १० गते, २०७४
शनिवार, २०७४ माघ २६ गते ०५:१३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ ।  प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो । 
 
यसअघिको समितिको बैठकले विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले गत पुस मसान्तमै घरको जग निर्माण गरी दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो ।  निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बैठक बसेको थियो ।  बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न चुनौती भए पनि पुनःनिर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताए । 
 
समितिका सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्पपीडितका लागि पछिल्लो समय थप गरिएको रु एक लाखको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिए ।  “स्रोत अभावमा भूकम्पपीडितले आवास निर्माण गर्न नसकेकाले थप रु एक लाख दिने निर्णय गरेको हो, यसका लागि विश्व बैंकले रु ४० अर्ब दिने सहमति भएको छ”, उनले भने । 
 
समितिको उपाध्यक्ष रहेका नेकपा (एमाले)का नेता भीम रावलले भूकम्पपछिको पुनःनिर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।  “प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन गर्दा भूकम्पपीडितको समस्यालाई सरकारले प्राथमिकता नदिएको हो कि भन्ने पीडितमा आशंका उत्पन्न भएको छ”, उनले भने । 
 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था, समयसीमा बढाउनुपर्ने आवश्यकतालगायतका विषयमा जानकारी गराए ।  “प्राविधिक जनशक्ति र निर्माणकर्मीको अभावका कारण पुनःनिर्माणमा चुनौती थपिए पनि तिनको सम्बोधन गर्दै निजी आवास पुनःनिर्माण लक्ष्यको करिब ५० प्रतिशत प्राप्त गर्ने अवस्थामा पुग्न लागेको छ”, उनले भने । 
 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पहिलो दाता सम्मेलनबाट रु चार खर्बभन्दा बढी रकम प्रतिबद्धता आएकाले पुनःनिर्माणमा अपुग रकम व्यवस्थापनका लागि दोस्रो चरणको दाता सम्मेलन गर्नेबारे छलफल भइरहेको जानकारी दिए । 
 
समितिका सदस्य तारानिधि भट्टराईले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि जतिसक्दो छिटो काम अघि बढाउनुपर्नेमा जोड दिए ।  बैठकमा समिति सदस्य किशोर थापा, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, सहसचिवद्वय राजुमान मानन्धर र कृष्णप्रसाद दवाडीलगायतले पुनःनिर्माण छिटो गर्ने विषयमा विचार व्यक्त गरे । 
-
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
201.   १२ मुलुकमा सिफारिस राजदूतको सुनुवाइका लागि सूचना प्रकाशित गरिने, लामाको नाम हटाइयो
202.   मलेसियाबाट नेपालसम्म रेलको प्रस्ताव
203.   नेपाल स्काउटको विवाद कायमै, पुनर्गठनमा सरोकारित निकाय मौन
204.   विदेशी लगानी भित्रयाउन आजबाट लगानी सम्मेलन हुँदै
205.   पोखरामा इण्डो–नेपाल रेस्लिङ शुरु
206.   मन्जिभसिंह बन्ने भए नेपालका लागि नयाँ भारतीय राजदूत
207.   निर्वाचन आचारसंहिता आजबाट लागू
208.   आजदेखि काठमाडौंमा थोत्रा गाडी नचल्ने
209.   'समस्यामा परेका कामदारको क्षतिपूर्ति दिलाउँदा म कसरी ठग भएँ ?’ आशा लामा
210.   शेर्पा समुदायको ग्याल्बो ल्होसार आज, विभिन्न कार्यक्रमसहित मनाइदै
211.   पोखराको जंगलमा इन्डो–नेपाल रेस्लिङ प्रतियोगिता हुदै
212.   सरकारले भूकम्प पीडितलाई चैत २६ मा १५ सय ट्याक्सी वितरण गर्ने
213.   लायन्स क्लब अफ काठमाडौं टेम्पलको ‘उज्यालो उत्सव २०७३’
214.   १४ मुलुकका लागि राजदूत सिफारिस
215.   सिन्धुलीको सितलपाटीमा विपी राजमार्ग अवरुद्ध
216.   मानव तस्करमा दक्षिणपुर्वी एसियालाई ‘ट्रान्जिट’
217.   श्रममन्त्री बनेपछि किन मलेसिया नै पुग्छन् ?
218.   अमेरिकामा सयौँ आप्रवासी पक्राउ, ३० लाख गैरकानुनी आप्रवासीमा त्रास
219.   नेपाल प्रहरीको २५ औं प्रमुखमा चन्द नियुक्त
220.   ‘काठमाडौंमा चल्दैन मेट्रो रेल, स्काइ मोनोरेलको सम्भावना अध्ययन सुरू’
221.   स्वास्थ्य व्यवसायी महासंघको ११ औं साधारणसभा सम्पन्न
222.   अवैध रुपमा काठमाडौंमा बस्दै आएका ३७ वंगलादेशी नागरिक पक्राउ
223.   ३४ किलो सुन प्रकरण : एसएसपी खत्री पक्राउ
224.   प्रधानमन्त्री प्रचण्डलाई हंशराजको हुँङ्कार (हेर्नुस भिडियो)
225.   आज श्रीपञ्चमी, शुभ कामका लागि हेर्नुपर्दैन साइत
Results 654: You are at page 9 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media