विहिवार, जेष्ठ १० गते, २०७५
शनिवार, २०७४ माघ २६ गते ०५:१३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ ।  प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो । 
 
यसअघिको समितिको बैठकले विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले गत पुस मसान्तमै घरको जग निर्माण गरी दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो ।  निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बैठक बसेको थियो ।  बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न चुनौती भए पनि पुनःनिर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताए । 
 
समितिका सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्पपीडितका लागि पछिल्लो समय थप गरिएको रु एक लाखको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिए ।  “स्रोत अभावमा भूकम्पपीडितले आवास निर्माण गर्न नसकेकाले थप रु एक लाख दिने निर्णय गरेको हो, यसका लागि विश्व बैंकले रु ४० अर्ब दिने सहमति भएको छ”, उनले भने । 
 
समितिको उपाध्यक्ष रहेका नेकपा (एमाले)का नेता भीम रावलले भूकम्पपछिको पुनःनिर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।  “प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन गर्दा भूकम्पपीडितको समस्यालाई सरकारले प्राथमिकता नदिएको हो कि भन्ने पीडितमा आशंका उत्पन्न भएको छ”, उनले भने । 
 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था, समयसीमा बढाउनुपर्ने आवश्यकतालगायतका विषयमा जानकारी गराए ।  “प्राविधिक जनशक्ति र निर्माणकर्मीको अभावका कारण पुनःनिर्माणमा चुनौती थपिए पनि तिनको सम्बोधन गर्दै निजी आवास पुनःनिर्माण लक्ष्यको करिब ५० प्रतिशत प्राप्त गर्ने अवस्थामा पुग्न लागेको छ”, उनले भने । 
 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पहिलो दाता सम्मेलनबाट रु चार खर्बभन्दा बढी रकम प्रतिबद्धता आएकाले पुनःनिर्माणमा अपुग रकम व्यवस्थापनका लागि दोस्रो चरणको दाता सम्मेलन गर्नेबारे छलफल भइरहेको जानकारी दिए । 
 
समितिका सदस्य तारानिधि भट्टराईले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि जतिसक्दो छिटो काम अघि बढाउनुपर्नेमा जोड दिए ।  बैठकमा समिति सदस्य किशोर थापा, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, सहसचिवद्वय राजुमान मानन्धर र कृष्णप्रसाद दवाडीलगायतले पुनःनिर्माण छिटो गर्ने विषयमा विचार व्यक्त गरे । 
-
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
626.   शाहरुख–प्रीति जिन्टा आमने–सामने !
627.   मन्त्री अझै अन्योलमा, मानव अधिकार आयोगले भन्यो - 'जीवन रक्षा गर !'
628.   आमरण अनसन बसेको चौध दिनपछि युवामन्त्रीको ध्यानाकर्षण, लामिछाने बर्खास्त हुँदै
629.   विदेशमा एमआरपी वनाउन परराष्ट्रले सहजीकरण गर्ने
630.   पासपोर्ट विक्रि गर्नेहरु खोरमा
631.   हस्तलिखित पासपोर्ट डिसेम्वरसम्म चल्ने
632.   कृषि प्रशिक्षणका लागि ३ सय ६० युवालाई इजरायल पठाइने
633.   स्काउटमा करोडौंको अनियमितता, युवाहरु सडकमा
634.   मलेसियाले १ वर्षभित्र दुईलाख नेपाली कामदारलाई रोजगार दिने
635.   संघ अध्यक्ष विवादमा पुृनरावेदनले उल्टयायो जिप्रकाको निर्णय
636.   मलेसियाको कानूनमा कामदार चल्नुपर्छ :महाथिर
637.   अध्यागमले विदेश आवतजावत गर्नेको विवरण राख्न थाल्ने
638.   सकस एमआरपीको
639.   मेनपावर व्यवसायीको श्रममन्त्रीलाई वधाई
640.   शिवरात्रीको अवसरमा आकर्षणले वितरण गर्यो निशुल्क पानी र चिया
641.   व्यवसायी गुरुङ श्रम तथा रोजगार मन्त्री
642.   न्याय खोज्दै तामाङ सर्वोच्चमा
643.   पर्वतारोहण संघको अध्यक्षमा शेर्पा विजयी
644.   सेवाग्राही नआइदिदा कर्मचारी चिया र सुर्ती खादै घाम तापेर बसे
645.   वैदेशिक रोजगार व्यवसायी संघमा वाग्ले कार्यसमितिलाई आधिकारिकता
646.   वैदेशिक रोजगार विभागमा कृष्णहरि पुस्कर
647.   वोर्डमा कार्यकारी निर्देशक नियुक्तिको तयारी
648.   हस्तलिखित राहदानी २०१५ देखि नचल्ने
649.   नेपालको भिषा आवेदन अव अनलाइनवाट
650.   बायोमेट्रिक लागू हुने संभावना बढयो
Results 707: You are at page 26 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media