विहिवार, जेष्ठ १० गते, २०७५
शनिवार, २०७४ माघ २६ गते ०५:१३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ ।  प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो । 
 
यसअघिको समितिको बैठकले विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले गत पुस मसान्तमै घरको जग निर्माण गरी दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो ।  निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बैठक बसेको थियो ।  बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न चुनौती भए पनि पुनःनिर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताए । 
 
समितिका सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्पपीडितका लागि पछिल्लो समय थप गरिएको रु एक लाखको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिए ।  “स्रोत अभावमा भूकम्पपीडितले आवास निर्माण गर्न नसकेकाले थप रु एक लाख दिने निर्णय गरेको हो, यसका लागि विश्व बैंकले रु ४० अर्ब दिने सहमति भएको छ”, उनले भने । 
 
समितिको उपाध्यक्ष रहेका नेकपा (एमाले)का नेता भीम रावलले भूकम्पपछिको पुनःनिर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।  “प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन गर्दा भूकम्पपीडितको समस्यालाई सरकारले प्राथमिकता नदिएको हो कि भन्ने पीडितमा आशंका उत्पन्न भएको छ”, उनले भने । 
 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था, समयसीमा बढाउनुपर्ने आवश्यकतालगायतका विषयमा जानकारी गराए ।  “प्राविधिक जनशक्ति र निर्माणकर्मीको अभावका कारण पुनःनिर्माणमा चुनौती थपिए पनि तिनको सम्बोधन गर्दै निजी आवास पुनःनिर्माण लक्ष्यको करिब ५० प्रतिशत प्राप्त गर्ने अवस्थामा पुग्न लागेको छ”, उनले भने । 
 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पहिलो दाता सम्मेलनबाट रु चार खर्बभन्दा बढी रकम प्रतिबद्धता आएकाले पुनःनिर्माणमा अपुग रकम व्यवस्थापनका लागि दोस्रो चरणको दाता सम्मेलन गर्नेबारे छलफल भइरहेको जानकारी दिए । 
 
समितिका सदस्य तारानिधि भट्टराईले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि जतिसक्दो छिटो काम अघि बढाउनुपर्नेमा जोड दिए ।  बैठकमा समिति सदस्य किशोर थापा, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, सहसचिवद्वय राजुमान मानन्धर र कृष्णप्रसाद दवाडीलगायतले पुनःनिर्माण छिटो गर्ने विषयमा विचार व्यक्त गरे । 
-
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
601.   वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिए
602.   विदेश बस्ने नेपालीलाई मन्त्री पण्डितको कटाक्ष
603.   महासंघको अध्यक्षमा खड्का बिजयी
604.   स्वास्थ्य व्यवसायी महासंघमा चुनावी भिडन्त
605.   महासंघको निर्वाचन प्रकृया अन्योलमा
606.   स्वास्थ्य व्यवसायी महासंघको साधारण सभा सम्पन्न
607.   सुनकोशी पीडितलाई आकर्षणको आर्थिक सहयोग
608.   बाढिपिडितलाई वैरो एकता समितिको १० लाख बराबरको राहतसामग्री
609.   ७५ जिल्लाको ८६ स्थानमा मनराम पुस्तकालय स्थापना
610.   आफ्नै छोरा र भाञ्जालाई जागिर खुवाउँदै बोर्डमा हाकिमहरु
611.   अभिमूखिकरण तालिम सरकारले दिने भनाइको विरोध
612.   लिस्नर्स क्लवको निःशुल्क दन्त परीक्षण शिविर
613.   गतबर्ष सवैभन्दा बढि विदेश पठाउने मेनपावरको नाम सार्वजनिक
614.   टोखाबासीलाई कोरियन संस्थाको सहयोग
615.   ब्लूस्काईको पहलमा मृतकका परिवारलाई १० लाख
616.   बायोमेट्रिक लगाउन मलेसियाको दवाव
617.   विदेशमा बस्ने नेपालीको मतदान अधिकार खोज्दै आयोग
618.   कतार नेपालीहरुका लागि अवसरको खानी
619.   इराकका नेपालीको उद्धार खर्च सरकारले गर्ने
620.   वैदेशिक रोजगारीमा जानेलाई सरकारले ऋण दिने
621.   इराकमा रहेका नेपालीलाई छिटो स्वदेश फर्कन सरकारको आग्रह
622.   कामदारको लागत तोक्नु नै गलत : पूर्वराजदूत मिश्र
623.   कोरयामा गैरकानूनीरुपमा वस्नेलाई निरुत्साहित बनाउने योजना
624.   कतारमा दिउँसो काम लगाउन रोक
625.   आइपीएल टी–२० क्रिकेटको उपाधि कोलकातालाई
Results 707: You are at page 25 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media