विहिवार, फाल्गुन १० गते, २०७४
शनिवार, २०७४ माघ २६ गते ०५:१३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ ।  प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो । 
 
यसअघिको समितिको बैठकले विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले गत पुस मसान्तमै घरको जग निर्माण गरी दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो ।  निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बैठक बसेको थियो ।  बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न चुनौती भए पनि पुनःनिर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताए । 
 
समितिका सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्पपीडितका लागि पछिल्लो समय थप गरिएको रु एक लाखको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिए ।  “स्रोत अभावमा भूकम्पपीडितले आवास निर्माण गर्न नसकेकाले थप रु एक लाख दिने निर्णय गरेको हो, यसका लागि विश्व बैंकले रु ४० अर्ब दिने सहमति भएको छ”, उनले भने । 
 
समितिको उपाध्यक्ष रहेका नेकपा (एमाले)का नेता भीम रावलले भूकम्पपछिको पुनःनिर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।  “प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन गर्दा भूकम्पपीडितको समस्यालाई सरकारले प्राथमिकता नदिएको हो कि भन्ने पीडितमा आशंका उत्पन्न भएको छ”, उनले भने । 
 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था, समयसीमा बढाउनुपर्ने आवश्यकतालगायतका विषयमा जानकारी गराए ।  “प्राविधिक जनशक्ति र निर्माणकर्मीको अभावका कारण पुनःनिर्माणमा चुनौती थपिए पनि तिनको सम्बोधन गर्दै निजी आवास पुनःनिर्माण लक्ष्यको करिब ५० प्रतिशत प्राप्त गर्ने अवस्थामा पुग्न लागेको छ”, उनले भने । 
 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पहिलो दाता सम्मेलनबाट रु चार खर्बभन्दा बढी रकम प्रतिबद्धता आएकाले पुनःनिर्माणमा अपुग रकम व्यवस्थापनका लागि दोस्रो चरणको दाता सम्मेलन गर्नेबारे छलफल भइरहेको जानकारी दिए । 
 
समितिका सदस्य तारानिधि भट्टराईले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि जतिसक्दो छिटो काम अघि बढाउनुपर्नेमा जोड दिए ।  बैठकमा समिति सदस्य किशोर थापा, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, सहसचिवद्वय राजुमान मानन्धर र कृष्णप्रसाद दवाडीलगायतले पुनःनिर्माण छिटो गर्ने विषयमा विचार व्यक्त गरे । 
-
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
476.   भुकम्प पिडितलाई आकर्षणको सहयोग
477.   बैदेशिक रोजगार व्यवसायीले ६५ लाख राहत उठाए
478.   सिनामंगल क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरुद्धारा सिन्धुपाल्चोकमा राहत प्रदान
479.   वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बाटाजुको निधन
480.   वैदेशिक रोजगारीमा ठगिएपछि हत्याको योजना बनाउने समुह पक्राउ
481.   निगमको दोश्रो जहाज आउँदै
482.   वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा पोखरेलको उम्मेदवारी घोषणा
483.   २२ मुलुकमा श्रम सहचारी प्रस्ताव
484.   कतारमा नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह
485.   बहराइनका श्रम बजार नियमन प्रमुख नेपालमा
486.   नीजि क्षेत्रलाई भिषाको काम गर्न नदिन श्रम समितिको निर्देशन
487.   ठग दम्पतिलाई पीडितले बुझाए विभागमा
488.   कोरियाले यस वर्ष बढायो कोटा
489.   कोरियन भाषा परीक्षा जेठमा
490.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
491.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविरको उदघाटन
492.   वैदेशिक रोजगारमा हुनेको बेलैमा एमआरपी बनाइसक्न गाह्रो
493.   विवादका बीच सभासदहरु विदेश उडदै
494.   एनआरएनले संचालन गरेका व्यवसायमा महिला सशक्तिकरण बनाइने
495.   आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
496.   विमान हट्यो, अन्तर्राष्ट्रिय उडान आजै हुने
497.   विमान हट्यो, अन्तर्राष्ट्रिय उडान आजै हुने
498.   विमानस्थल शनिबार विहान १० बजेबाट मात्र खुल्ने
499.   अन्तर्राष्ट्रिय उडान तथा अवतरण भोलि दिउँसोसम्म बन्द हुने
500.   ‘एग्रिटेक इजरायल २०१५’ हुदै
Results 654: You are at page 20 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media