विहिवार, जेष्ठ १० गते, २०७५
शनिवार, २०७४ माघ २६ गते ०५:१३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ ।  प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो । 
 
यसअघिको समितिको बैठकले विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले गत पुस मसान्तमै घरको जग निर्माण गरी दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो ।  निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बैठक बसेको थियो ।  बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न चुनौती भए पनि पुनःनिर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताए । 
 
समितिका सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्पपीडितका लागि पछिल्लो समय थप गरिएको रु एक लाखको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिए ।  “स्रोत अभावमा भूकम्पपीडितले आवास निर्माण गर्न नसकेकाले थप रु एक लाख दिने निर्णय गरेको हो, यसका लागि विश्व बैंकले रु ४० अर्ब दिने सहमति भएको छ”, उनले भने । 
 
समितिको उपाध्यक्ष रहेका नेकपा (एमाले)का नेता भीम रावलले भूकम्पपछिको पुनःनिर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।  “प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन गर्दा भूकम्पपीडितको समस्यालाई सरकारले प्राथमिकता नदिएको हो कि भन्ने पीडितमा आशंका उत्पन्न भएको छ”, उनले भने । 
 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था, समयसीमा बढाउनुपर्ने आवश्यकतालगायतका विषयमा जानकारी गराए ।  “प्राविधिक जनशक्ति र निर्माणकर्मीको अभावका कारण पुनःनिर्माणमा चुनौती थपिए पनि तिनको सम्बोधन गर्दै निजी आवास पुनःनिर्माण लक्ष्यको करिब ५० प्रतिशत प्राप्त गर्ने अवस्थामा पुग्न लागेको छ”, उनले भने । 
 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पहिलो दाता सम्मेलनबाट रु चार खर्बभन्दा बढी रकम प्रतिबद्धता आएकाले पुनःनिर्माणमा अपुग रकम व्यवस्थापनका लागि दोस्रो चरणको दाता सम्मेलन गर्नेबारे छलफल भइरहेको जानकारी दिए । 
 
समितिका सदस्य तारानिधि भट्टराईले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि जतिसक्दो छिटो काम अघि बढाउनुपर्नेमा जोड दिए ।  बैठकमा समिति सदस्य किशोर थापा, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, सहसचिवद्वय राजुमान मानन्धर र कृष्णप्रसाद दवाडीलगायतले पुनःनिर्माण छिटो गर्ने विषयमा विचार व्यक्त गरे । 
-
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
26.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
27.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
28.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
29.   राष्ट्रपतिको सपथ ग्रहणलाई सर्वोच्च अदालतबाट सदर
30.   कर्मचारीलाई विदेश जाँदा अनिवार्य स्वीकृति लिन निर्देशन
31.   सरकार यातायातको सिन्डिकेट विरुद्ध आक्रामक, एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट
32.   पर्यटन मन्त्रालयले ल्यायो त्रिभुवन विमानस्थल सुधार योजना
33.   सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र
34.   डीभी चिठ्ठामा ३६ हजार नेपालीले पाए अमेरिकाको आप्रवासी भिसा
35.   थपिए कूटनीतिक (रातो) पासपोर्ट पाउनेहरु
36.   नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय
37.   आज रामनवमी र चैते दशैें
38.   मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
39.   रोबोर्ट सोफिया बुधबार नेपाल आउने
40.   मानव अधिकारकर्मी प्याकुरेल सगरमाथा चढ्दै
41.   यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने
42.   आज १४ जना मन्त्री थपीदै, श्रम तथा रोजगार मन्त्रीमा गोकर्ण विष्ट
43.   थपिए तीन मन्त्रालय, अब मन्त्रालयको संख्या २१ पुग्यो
44.   फिनल्यान्ड विश्वकै खुसी मुलुक, नेपाल १०१ औं स्थानमा
45.   तातोपानी नाका खुलाउन चीन सकारात्मक
46.   अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका इच्छुक
47.   बीस वर्ष पुराना सवारीसाधन चलाउन आजदेखि निषेध
48.   आज राष्ट्रपति निर्वाचन : भण्डारी र राईबीच प्रतिस्पर्धा
49.   त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बङ्लाको विमान दुर्घटना, २२ नेपालसहित ४९ जनाको मृत्यु
50.   ९० वर्षमाथिका भूपू सैनिकलाई मासिक भत्ता
Results 707: You are at page 2 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media