विहिवार, फाल्गुन १० गते, २०७४
शनिवार, २०७४ माघ २६ गते ०५:१३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ ।  प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो । 
 
यसअघिको समितिको बैठकले विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले गत पुस मसान्तमै घरको जग निर्माण गरी दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो ।  निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बैठक बसेको थियो ।  बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न चुनौती भए पनि पुनःनिर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताए । 
 
समितिका सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्पपीडितका लागि पछिल्लो समय थप गरिएको रु एक लाखको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिए ।  “स्रोत अभावमा भूकम्पपीडितले आवास निर्माण गर्न नसकेकाले थप रु एक लाख दिने निर्णय गरेको हो, यसका लागि विश्व बैंकले रु ४० अर्ब दिने सहमति भएको छ”, उनले भने । 
 
समितिको उपाध्यक्ष रहेका नेकपा (एमाले)का नेता भीम रावलले भूकम्पपछिको पुनःनिर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।  “प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन गर्दा भूकम्पपीडितको समस्यालाई सरकारले प्राथमिकता नदिएको हो कि भन्ने पीडितमा आशंका उत्पन्न भएको छ”, उनले भने । 
 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था, समयसीमा बढाउनुपर्ने आवश्यकतालगायतका विषयमा जानकारी गराए ।  “प्राविधिक जनशक्ति र निर्माणकर्मीको अभावका कारण पुनःनिर्माणमा चुनौती थपिए पनि तिनको सम्बोधन गर्दै निजी आवास पुनःनिर्माण लक्ष्यको करिब ५० प्रतिशत प्राप्त गर्ने अवस्थामा पुग्न लागेको छ”, उनले भने । 
 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पहिलो दाता सम्मेलनबाट रु चार खर्बभन्दा बढी रकम प्रतिबद्धता आएकाले पुनःनिर्माणमा अपुग रकम व्यवस्थापनका लागि दोस्रो चरणको दाता सम्मेलन गर्नेबारे छलफल भइरहेको जानकारी दिए । 
 
समितिका सदस्य तारानिधि भट्टराईले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि जतिसक्दो छिटो काम अघि बढाउनुपर्नेमा जोड दिए ।  बैठकमा समिति सदस्य किशोर थापा, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, सहसचिवद्वय राजुमान मानन्धर र कृष्णप्रसाद दवाडीलगायतले पुनःनिर्माण छिटो गर्ने विषयमा विचार व्यक्त गरे । 
-
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
226.   चाँडो राजदूत नियुक्ति गर्न संसदीय समितिको निर्देशन
227.   युवालाई करियर काउन्सिलिङ्ग
228.   मीरा राईले जितिन् नेसनल ज्योग्राफिकको 'साहसी वर्ष व्यक्ति'
229.   ताप्लेजुङमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता
230.   अब नेपाली आकाश सुरक्षित
231.   नेपाल भ्रष्टाचार हुने मुलुकमा दक्षिण एशियामै तेस्रो
232.   वैदेशिक रोजगारमा ज्यान गुमाएका र अशक्त बन्न पुगेकाको परिवारका बालबच्चाले छात्रवृत्ति पाउने
233.   पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियो इन्टरपोल सम्मेलन
234.   इण्डोनेसियामा नेपालीलाई फ्री र अनएराइभल भिसा
235.   भूकम्पपीडितलाई दोस्रो किस्ता दिन सुरु
236.   माघ २२ देखि प्रिपेडमा पनि फोरजी सेवा, १ वर्षभित्र देशैभर
237.   परराष्ट्रमन्त्री महतद्धारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता
238.   पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, डा. गोविन्द पोखरेल नियुक्त
239.   मजदुरी गर्न गएका २० नेपाली सात महिनादेखि भारतीय जेलमा
240.   राजदूत नियुक्तिमा भागबन्डा मिल्यो, निर्णय चाँडै हुने
241.   स्वास्थ्य व्यवसायी महासंघको साधारणसभा स्थगित
242.   नेपालको पासपोर्ट ८७ औं स्थानमा
243.   राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने
244.   कार्यविधि विवादले श्रम सहचारी नियुक्ति प्रक्रिया लम्बियो
245.   सबैले गर्ने मलाई थाहा छ, आँफूले के गर्ने मलाई थाहा छैन - कर्ण शाक्य
246.   अमेरिकामा नेपाली विद्यार्थीले वर्क परमिट पाउने
247.   'स्वदेशले धपाउँछ, विदेशले बोलाउँछ'
248.   आज तमू ल्होसार पर्व मनाईंदै, राष्ट्रपतिले दिइन शुभकामना
249.   मिर्गौला तस्करीमा संलग्न गिरोहका तीन पक्राउ
250.   लिस्नर्स क्लवले सकारात्मक सोच सम्वन्धी अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने
Results 654: You are at page 10 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media