सोमवार, जेष्ठ ०७ गते, २०७५
शुक्रवार, २०७४ माघ २६ गते २२:१७

वैदेशिक रोजगारीका लागि युएई जाने कामदारमाथि थय ४५ सय रुपैयाँ आर्थिक भार थपिएको छ। युएई सरकारले रोजगारीका लागि आउने विदेशी नागरिकका लागि फेब्रुअरी ४ देखि लागू हुने गरी ल्याएको नयाँ नियमले आर्थिक भार थपिएको हो।
 
दुबईस्थित नेपाली दूतावासले गत सोमबारदेखि दुबई सरकारको निर्णय भन्दै रोजगारीका लागि आउने कामदारले चालचलन ९प्रहरी प्रतिवेदन० प्रमाणपत्र पेस गर्नुपर्ने सूचना प्रकाशन गरेको थियो। यो नयाँ नियम दुबईमा कार्यरत नेपाली कामदार र नेपालबाट नयाँ काममा लागि जाने सबैमा लागू हुनेछ।
 
दुबई सरकारको नयाँ नियमपछि कामदारले सामान्यत पुलिस रिर्पोट बनाउन दुई सय रुपैयाँ खर्च गर्न पर्नेभएको छ। प्रहरी प्रतिवेदन दूतावासबाट प्रमाणित गर्न थप ४३ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता बढेको वैदेशिक रोजगार व्यवसायीको भनाई छ । 
 
नेपाल सरकारले कामदार लागत कम गराउन भन्दै न्यून लागतको फ्री भिसा तथा टिकटको निर्णय लागू गरे पनि रोजगारदाता देशले भने कामदारसँग विभिन्न नाममा रकम असुली गरिरहेको छ। दुबई सरकारको नयाँ नियममा कुनै व्यक्ति पाँच वर्षभन्दा बढी समयदेखि जुन देशमा बसोबास गरिरहेको छ त्यही देशको प्रहरी प्रतिवेदन बनाएर मात्रै रोजगारीका लागि आउन पाउने उल्लेख छ।
 
यो नयाँ नियम दुबईमा कार्यरत नेपाली कामदार र नेपालबाट नयाँ काममा लागि जाने सबैमा लागू हुनेछ।
 
तर, पाँच वर्षभित्र अन्य मुलुकमा नगएका नेपाली नागरिकले भने नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट चालचलन प्रमाणपत्र बनाउनुपर्नेछ।
 
यसरी बनाइएको प्रमाणपत्र कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौंस्थित दुबईको दूतावासबाट प्रमाणित गरी दुबईको सम्बन्धित निकायका बुझाउनुपर्नेछ। दूतावासको सूचनामा प्रतिवेदन प्रमाणितका लागि शुल्क उल्लेख नगरिए पनि अहिले ४३ सय रुपैयाँ लिने गरिएको छ। दुबई सरकारको यो निर्णयले नयाँ रोजगारीका लागि दुबई जाने मासिक चारदेखि पाँच हजार नेपाली प्रभावित हुने भएका छन्। यस अघि नै दुबई गएर काम गरिरहेको दुई लाखभन्दा बढी नेपाली कामदार पनि यसबाट प्रत्यक्ष प्रभावित हुने छन्।
 
चालू आवको सुरु देखिनै नेपाली कामदारका लागि मलेसिया र कतार पछिको गन्तव्य युएई बनेको थियो। अहिले युएई जाने कामदारले म्यापावर एजेन्सीलाई बुझाउने रकमबाहेक मेडिकल परीक्षणमा ४५ सय रुपैयाँ खर्च गर्नुपर्छ।
 
तर, युएई सरकारले नयाँ नियम लागू गर्दै गर्दा कामदार पठाउने देशमा सरोकारवाला निकायसँग कुनै छलफल नगरेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। नयाँ नियमको विषयमा वैदेशिक रोजगार विभागमा पनि कुनै पनि आधिकारिकपत्र नआएको विभागका प्रवक्ता मोहन अधिकारीले बताएका छन्। तर, सरकारले भने फ्री भिसा फ्री टिकट भन्दै १० हजार रुपैयाँमा कामदार पठाउनुपर्ने नियम २०७२ असारदेखि लागू गर्दै आएको छ। 
 
चालू आवको ६ महिनामा नयाँ काममा लागि विदेसिएका एक लाख ७० हजार युवामध्ये दुबई जानेको हिसा १६ प्रतिशत अर्थात् २६ हजार आठ सय १८ जना छन्।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
151.   वैदेशिक रोजगार व्यवसायी संघको चुनाव असार १७ मा हुने
152.   किरणकिशोरलाई उम्मेदवार बन्न नदिन फोरमभित्रै चलखेल
153.   म प्रष्ट भन्दिन्छु बिमलजी र विष्णुजीले बाटो छेकेर बन्धक बनाए : न्यौपाने (हेर्नुस भिडियो)
154.   केयरगिभर परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)
155.   कतारमा चार वर्षपछि राजदूत
156.   दलहरुको घोषणामा रोजगार नै रोजगार, होला त पुरा ?
157.   ९७ परीक्षार्थीले दिए केयरगिभरको परीक्षा, नतिजा बुधबार प्रकाशित हुने
158.   इजरायल जान छनोट भएका केयरगिभरको परीक्षा सुरु, ९७ परीक्षार्थी सहभागी
159.   दलका घोषणापत्रमा रोजगार नै रोजगारका प्रतिबद्धता
160.   अमेरिका डिभी लट्रीको नतिजा सार्वजनिक
161.   केयरगिभरका लागि छनोट भए १ सय योग्य उम्मेदवार, वैशाख २४ मा परीक्षा (नामावलीसहित)
162.   नेपाली कांग्रेसको घोषणापत्रमा प्रतिवर्ष ५ लाख युवालाई रोजगार
163.   नियमन गर्ने कार्यपालिका भएको देशमा यो बन्द गर र यो खोल भन्ने को हो समिति ?
164.   मल्ल बिनाको महासंघ रानो बिनाको मौरी
165.   संघका पदाधिकारीहरु पुनः नेतृत्व लिन अघि नसरे हुन्छ : वाग्ले (भिडियोसहित)
166.   भाग्यमा एक मत,फिनिसिङ गर्न जानिन्,कुपात्रले सिध्याए : वाग्ले (हेर्नुस भिडियो )
167.   विदेशी कामदारलाई दिने भिसा रद्द गर्ने अष्ट्रेलियाली प्रधानमन्त्रीको घोषणा
168.   अन्तत : मेनपावर व्यवसायीले सरकार सामु घूँडा टेके
169.   अध्ययनका लागि दक्षिण अमेरिका जान प्रतिबन्ध
170.   आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु
171.   खाडी मुलुकमा घरेलु कामदार नपठाउन संसदीय समितिको निर्देशन
172.   कोरियन भाषा परीक्षाका लागि ७५ हजारभन्दा बढीको आवेदन
173.   रोजगार मैत्री श्रम ऐन बनाउन सरकारलाई संसदीय समितिको निर्देशन
174.   वैदेशिक रोजगारीमा गएका परिवार बिरामी भएमा आर्थिक सहयोग पाउने
175.   वैदेशिक रोजगारीबाट फर्किएकालाई सीपका आधारमा योग्यताको प्रमाणपत्र
Results 554: You are at page 7 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media