सोमवार, फाल्गुन ०७ गते, २०७४
शुक्रवार, २०७४ माघ २६ गते २२:१७

वैदेशिक रोजगारीका लागि युएई जाने कामदारमाथि थय ४५ सय रुपैयाँ आर्थिक भार थपिएको छ। युएई सरकारले रोजगारीका लागि आउने विदेशी नागरिकका लागि फेब्रुअरी ४ देखि लागू हुने गरी ल्याएको नयाँ नियमले आर्थिक भार थपिएको हो।
 
दुबईस्थित नेपाली दूतावासले गत सोमबारदेखि दुबई सरकारको निर्णय भन्दै रोजगारीका लागि आउने कामदारले चालचलन ९प्रहरी प्रतिवेदन० प्रमाणपत्र पेस गर्नुपर्ने सूचना प्रकाशन गरेको थियो। यो नयाँ नियम दुबईमा कार्यरत नेपाली कामदार र नेपालबाट नयाँ काममा लागि जाने सबैमा लागू हुनेछ।
 
दुबई सरकारको नयाँ नियमपछि कामदारले सामान्यत पुलिस रिर्पोट बनाउन दुई सय रुपैयाँ खर्च गर्न पर्नेभएको छ। प्रहरी प्रतिवेदन दूतावासबाट प्रमाणित गर्न थप ४३ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता बढेको वैदेशिक रोजगार व्यवसायीको भनाई छ । 
 
नेपाल सरकारले कामदार लागत कम गराउन भन्दै न्यून लागतको फ्री भिसा तथा टिकटको निर्णय लागू गरे पनि रोजगारदाता देशले भने कामदारसँग विभिन्न नाममा रकम असुली गरिरहेको छ। दुबई सरकारको नयाँ नियममा कुनै व्यक्ति पाँच वर्षभन्दा बढी समयदेखि जुन देशमा बसोबास गरिरहेको छ त्यही देशको प्रहरी प्रतिवेदन बनाएर मात्रै रोजगारीका लागि आउन पाउने उल्लेख छ।
 
यो नयाँ नियम दुबईमा कार्यरत नेपाली कामदार र नेपालबाट नयाँ काममा लागि जाने सबैमा लागू हुनेछ।
 
तर, पाँच वर्षभित्र अन्य मुलुकमा नगएका नेपाली नागरिकले भने नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट चालचलन प्रमाणपत्र बनाउनुपर्नेछ।
 
यसरी बनाइएको प्रमाणपत्र कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौंस्थित दुबईको दूतावासबाट प्रमाणित गरी दुबईको सम्बन्धित निकायका बुझाउनुपर्नेछ। दूतावासको सूचनामा प्रतिवेदन प्रमाणितका लागि शुल्क उल्लेख नगरिए पनि अहिले ४३ सय रुपैयाँ लिने गरिएको छ। दुबई सरकारको यो निर्णयले नयाँ रोजगारीका लागि दुबई जाने मासिक चारदेखि पाँच हजार नेपाली प्रभावित हुने भएका छन्। यस अघि नै दुबई गएर काम गरिरहेको दुई लाखभन्दा बढी नेपाली कामदार पनि यसबाट प्रत्यक्ष प्रभावित हुने छन्।
 
चालू आवको सुरु देखिनै नेपाली कामदारका लागि मलेसिया र कतार पछिको गन्तव्य युएई बनेको थियो। अहिले युएई जाने कामदारले म्यापावर एजेन्सीलाई बुझाउने रकमबाहेक मेडिकल परीक्षणमा ४५ सय रुपैयाँ खर्च गर्नुपर्छ।
 
तर, युएई सरकारले नयाँ नियम लागू गर्दै गर्दा कामदार पठाउने देशमा सरोकारवाला निकायसँग कुनै छलफल नगरेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। नयाँ नियमको विषयमा वैदेशिक रोजगार विभागमा पनि कुनै पनि आधिकारिकपत्र नआएको विभागका प्रवक्ता मोहन अधिकारीले बताएका छन्। तर, सरकारले भने फ्री भिसा फ्री टिकट भन्दै १० हजार रुपैयाँमा कामदार पठाउनुपर्ने नियम २०७२ असारदेखि लागू गर्दै आएको छ। 
 
चालू आवको ६ महिनामा नयाँ काममा लागि विदेसिएका एक लाख ७० हजार युवामध्ये दुबई जानेको हिसा १६ प्रतिशत अर्थात् २६ हजार आठ सय १८ जना छन्।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
126.   मल्ल बिनाको महासंघ रानो बिनाको मौरी
127.   संघका पदाधिकारीहरु पुनः नेतृत्व लिन अघि नसरे हुन्छ : वाग्ले (भिडियोसहित)
128.   भाग्यमा एक मत,फिनिसिङ गर्न जानिन्,कुपात्रले सिध्याए : वाग्ले (हेर्नुस भिडियो )
129.   विदेशी कामदारलाई दिने भिसा रद्द गर्ने अष्ट्रेलियाली प्रधानमन्त्रीको घोषणा
130.   अन्तत : मेनपावर व्यवसायीले सरकार सामु घूँडा टेके
131.   अध्ययनका लागि दक्षिण अमेरिका जान प्रतिबन्ध
132.   आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु
133.   खाडी मुलुकमा घरेलु कामदार नपठाउन संसदीय समितिको निर्देशन
134.   कोरियन भाषा परीक्षाका लागि ७५ हजारभन्दा बढीको आवेदन
135.   रोजगार मैत्री श्रम ऐन बनाउन सरकारलाई संसदीय समितिको निर्देशन
136.   वैदेशिक रोजगारीमा गएका परिवार बिरामी भएमा आर्थिक सहयोग पाउने
137.   वैदेशिक रोजगारीबाट फर्किएकालाई सीपका आधारमा योग्यताको प्रमाणपत्र
138.   साउदीद्वारा ९० दिने आममाफीको घोषणा
139.   फ्री भिसा फ्री टिकटमा पठाएको कामदारको विवरण माग्यो सरकारले, व्यवसायी भन्छन दिदैनौ
140.   वैदेशिक रोजगार छात्रवृत्तिका लागि निवेदन दिने म्याद थपियो
141.   बंगालीलाई खुल्यो मलेसियाको ढोका
142.   ​सरकारी जागिरमा ठुलो संख्यामा अवसर, ७ सय ६९ खरिदारको माग (सूचनासहित)
143.   वैदेशिक रोजगारी व्यवस्थित गर्न पाँच सदस्यीय गृहकार्य कार्यदल गठन
144.   कुर्मीको हत्याबारे सत्य तथ्य सार्वजनिक गरि हत्यारालाई कारवाहीको माग
145.   इजरायलमा ६० जना नेपाली केयरगिभरको माग (सूचनासहित)
146.   मलेसिया जाने कामदारसँग खुल्लम खुल्ला १ लाख असुल्दै ग्राण्ड सुइट
147.   सन् २०१८ मा कोरियाले १० हजार २ सय नेपाली लैजाने, आवेदन चैत ९ देखि, परीक्षा जेठ अन्तिममा
148.   के मेनपावर व्यवसाय नै बदनाम हो वा व्यवसायी ?
149.   मेरा बारे अनर्गल प्रचार गरियो : शर्मिला पराजुलि
150.   मलेसियासँग श्रम सम्झौताका लागि निचोडमा पुग्दै सरकार
Results 516: You are at page 6 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media