सोमवार, फाल्गुन ०७ गते, २०७४
शुक्रवार, २०७४ माघ २६ गते २२:१७

वैदेशिक रोजगारीका लागि युएई जाने कामदारमाथि थय ४५ सय रुपैयाँ आर्थिक भार थपिएको छ। युएई सरकारले रोजगारीका लागि आउने विदेशी नागरिकका लागि फेब्रुअरी ४ देखि लागू हुने गरी ल्याएको नयाँ नियमले आर्थिक भार थपिएको हो।
 
दुबईस्थित नेपाली दूतावासले गत सोमबारदेखि दुबई सरकारको निर्णय भन्दै रोजगारीका लागि आउने कामदारले चालचलन ९प्रहरी प्रतिवेदन० प्रमाणपत्र पेस गर्नुपर्ने सूचना प्रकाशन गरेको थियो। यो नयाँ नियम दुबईमा कार्यरत नेपाली कामदार र नेपालबाट नयाँ काममा लागि जाने सबैमा लागू हुनेछ।
 
दुबई सरकारको नयाँ नियमपछि कामदारले सामान्यत पुलिस रिर्पोट बनाउन दुई सय रुपैयाँ खर्च गर्न पर्नेभएको छ। प्रहरी प्रतिवेदन दूतावासबाट प्रमाणित गर्न थप ४३ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता बढेको वैदेशिक रोजगार व्यवसायीको भनाई छ । 
 
नेपाल सरकारले कामदार लागत कम गराउन भन्दै न्यून लागतको फ्री भिसा तथा टिकटको निर्णय लागू गरे पनि रोजगारदाता देशले भने कामदारसँग विभिन्न नाममा रकम असुली गरिरहेको छ। दुबई सरकारको नयाँ नियममा कुनै व्यक्ति पाँच वर्षभन्दा बढी समयदेखि जुन देशमा बसोबास गरिरहेको छ त्यही देशको प्रहरी प्रतिवेदन बनाएर मात्रै रोजगारीका लागि आउन पाउने उल्लेख छ।
 
यो नयाँ नियम दुबईमा कार्यरत नेपाली कामदार र नेपालबाट नयाँ काममा लागि जाने सबैमा लागू हुनेछ।
 
तर, पाँच वर्षभित्र अन्य मुलुकमा नगएका नेपाली नागरिकले भने नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट चालचलन प्रमाणपत्र बनाउनुपर्नेछ।
 
यसरी बनाइएको प्रमाणपत्र कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौंस्थित दुबईको दूतावासबाट प्रमाणित गरी दुबईको सम्बन्धित निकायका बुझाउनुपर्नेछ। दूतावासको सूचनामा प्रतिवेदन प्रमाणितका लागि शुल्क उल्लेख नगरिए पनि अहिले ४३ सय रुपैयाँ लिने गरिएको छ। दुबई सरकारको यो निर्णयले नयाँ रोजगारीका लागि दुबई जाने मासिक चारदेखि पाँच हजार नेपाली प्रभावित हुने भएका छन्। यस अघि नै दुबई गएर काम गरिरहेको दुई लाखभन्दा बढी नेपाली कामदार पनि यसबाट प्रत्यक्ष प्रभावित हुने छन्।
 
चालू आवको सुरु देखिनै नेपाली कामदारका लागि मलेसिया र कतार पछिको गन्तव्य युएई बनेको थियो। अहिले युएई जाने कामदारले म्यापावर एजेन्सीलाई बुझाउने रकमबाहेक मेडिकल परीक्षणमा ४५ सय रुपैयाँ खर्च गर्नुपर्छ।
 
तर, युएई सरकारले नयाँ नियम लागू गर्दै गर्दा कामदार पठाउने देशमा सरोकारवाला निकायसँग कुनै छलफल नगरेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। नयाँ नियमको विषयमा वैदेशिक रोजगार विभागमा पनि कुनै पनि आधिकारिकपत्र नआएको विभागका प्रवक्ता मोहन अधिकारीले बताएका छन्। तर, सरकारले भने फ्री भिसा फ्री टिकट भन्दै १० हजार रुपैयाँमा कामदार पठाउनुपर्ने नियम २०७२ असारदेखि लागू गर्दै आएको छ। 
 
चालू आवको ६ महिनामा नयाँ काममा लागि विदेसिएका एक लाख ७० हजार युवामध्ये दुबई जानेको हिसा १६ प्रतिशत अर्थात् २६ हजार आठ सय १८ जना छन्।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
76.   मेनपावरको धरौटी बढाउन खोजेकै हौ, तर छलफल गरेर पुर्नबिचार गर्न सक्छौ : महानिर्देशक पाण्डे
77.   ‘गुरुङ प्यानललाई एमालेले जितायो, अब एमाले नै उनको कार्यकाल सफल बनाउन लाग्छ’ पूर्वप्रम ओली
78.   कर्मचारीको भ्रमणमा अर्बौ सक्ने सरकारको जवाफ : नेपालीको शव फर्काउन ३ लाख छैन
79.   एसओएसलाई पछार्दै द रिभर बन्यो उत्कृष्ट
80.   दक्षिण कोरियामा कामदारको न्यूनतम तलबमा बृद्धि हुदै
81.   संघ नेतृत्वका लागि आज चुनाव
82.   १२ मेनपावर छनोट भएको दुस्प्रचार गर्ने माथि एफडब्लुसीएमएसले कानुनी उपचार खोज्ने
83.   विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई अब बोर्डबाट ७ लाख क्षतिपूर्ति
84.   वर्तमान सरकारले नै फ्री भिसा फ्री टिकट परिमार्जन र सिन्डिकेट खारेज गर्ने कांग्रेसका प्रभावशाली नेताको प्रतिवद्दता
85.   वैदेशिक रोजगारीमा ठगिनु भएको छ,उद्धारका लागि स्थापना भयो ‘सहायता कक्ष’
86.   दक्षिण कोरियामा दक्ष कामदार पनि लिन श्रम मन्त्री मन्सुरको आग्रह
87.   सरकारद्धारा विदेशमा काम गरी फर्किएका ८ जना उद्यमीलाई राष्ट्रिय सम्मान
88.   ढकाल प्यानललाई बिजयी गराउन आक्रामक रणनीतिका साथ घिमिरे चुनावी मैदानमा(हेर्नुस भिडियो)
89.   संघमा लेबी बुझाउने समय असार २३ सम्म
90.   बैद्यरुपमा बसेका आप्रवासीलाई नहटाउँने वेलायती प्रधानमन्त्रीको चाहना
91.   वैदेशिक रोजगारका समस्याप्रति प्रतिवद्ध छु : प्रधानमन्त्री देउवा
92.   रङ फेर्नेहरुलाइ लत्याइदिनुुहोस : कांग्रेस नेता पाण्डे
93.   घरेलु कामदार खुलाउन पहल गर्छु : मन्त्री मन्सुर
94.   अन्तत गेलालको पोल्टामा महासचिव, प्यानल नै जित्ने दावी
95.   रोजगारीकालागि कतार जाने कामदार घट्दै
96.   सही नेतृत्व नछान्दा व्यवसायीले दुःख पाए, दोहोर्याएर त्यो गल्ति अब व्यवसायीले गर्ने छैनन् : गेलाल
97.   संघको निर्वाचनमा प्रगतिशिल मञ्च गठवन्धनसहित होमिने निर्णय
98.   बिमल ढकाल फोरमको उम्मेदवार,भोलि औपचारिक घोषणा
99.   आप्रवासी कामदारको समस्या जटिल बन्दैछ : आयुक्त पाठक
100.   वैदेशिक रोजगारमा बीमा, फाइदा अनेक
Results 516: You are at page 4 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media