सोमवार, फाल्गुन ०७ गते, २०७४
शुक्रवार, २०७४ माघ २६ गते २२:१७

वैदेशिक रोजगारीका लागि युएई जाने कामदारमाथि थय ४५ सय रुपैयाँ आर्थिक भार थपिएको छ। युएई सरकारले रोजगारीका लागि आउने विदेशी नागरिकका लागि फेब्रुअरी ४ देखि लागू हुने गरी ल्याएको नयाँ नियमले आर्थिक भार थपिएको हो।
 
दुबईस्थित नेपाली दूतावासले गत सोमबारदेखि दुबई सरकारको निर्णय भन्दै रोजगारीका लागि आउने कामदारले चालचलन ९प्रहरी प्रतिवेदन० प्रमाणपत्र पेस गर्नुपर्ने सूचना प्रकाशन गरेको थियो। यो नयाँ नियम दुबईमा कार्यरत नेपाली कामदार र नेपालबाट नयाँ काममा लागि जाने सबैमा लागू हुनेछ।
 
दुबई सरकारको नयाँ नियमपछि कामदारले सामान्यत पुलिस रिर्पोट बनाउन दुई सय रुपैयाँ खर्च गर्न पर्नेभएको छ। प्रहरी प्रतिवेदन दूतावासबाट प्रमाणित गर्न थप ४३ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता बढेको वैदेशिक रोजगार व्यवसायीको भनाई छ । 
 
नेपाल सरकारले कामदार लागत कम गराउन भन्दै न्यून लागतको फ्री भिसा तथा टिकटको निर्णय लागू गरे पनि रोजगारदाता देशले भने कामदारसँग विभिन्न नाममा रकम असुली गरिरहेको छ। दुबई सरकारको नयाँ नियममा कुनै व्यक्ति पाँच वर्षभन्दा बढी समयदेखि जुन देशमा बसोबास गरिरहेको छ त्यही देशको प्रहरी प्रतिवेदन बनाएर मात्रै रोजगारीका लागि आउन पाउने उल्लेख छ।
 
यो नयाँ नियम दुबईमा कार्यरत नेपाली कामदार र नेपालबाट नयाँ काममा लागि जाने सबैमा लागू हुनेछ।
 
तर, पाँच वर्षभित्र अन्य मुलुकमा नगएका नेपाली नागरिकले भने नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट चालचलन प्रमाणपत्र बनाउनुपर्नेछ।
 
यसरी बनाइएको प्रमाणपत्र कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौंस्थित दुबईको दूतावासबाट प्रमाणित गरी दुबईको सम्बन्धित निकायका बुझाउनुपर्नेछ। दूतावासको सूचनामा प्रतिवेदन प्रमाणितका लागि शुल्क उल्लेख नगरिए पनि अहिले ४३ सय रुपैयाँ लिने गरिएको छ। दुबई सरकारको यो निर्णयले नयाँ रोजगारीका लागि दुबई जाने मासिक चारदेखि पाँच हजार नेपाली प्रभावित हुने भएका छन्। यस अघि नै दुबई गएर काम गरिरहेको दुई लाखभन्दा बढी नेपाली कामदार पनि यसबाट प्रत्यक्ष प्रभावित हुने छन्।
 
चालू आवको सुरु देखिनै नेपाली कामदारका लागि मलेसिया र कतार पछिको गन्तव्य युएई बनेको थियो। अहिले युएई जाने कामदारले म्यापावर एजेन्सीलाई बुझाउने रकमबाहेक मेडिकल परीक्षणमा ४५ सय रुपैयाँ खर्च गर्नुपर्छ।
 
तर, युएई सरकारले नयाँ नियम लागू गर्दै गर्दा कामदार पठाउने देशमा सरोकारवाला निकायसँग कुनै छलफल नगरेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। नयाँ नियमको विषयमा वैदेशिक रोजगार विभागमा पनि कुनै पनि आधिकारिकपत्र नआएको विभागका प्रवक्ता मोहन अधिकारीले बताएका छन्। तर, सरकारले भने फ्री भिसा फ्री टिकट भन्दै १० हजार रुपैयाँमा कामदार पठाउनुपर्ने नियम २०७२ असारदेखि लागू गर्दै आएको छ। 
 
चालू आवको ६ महिनामा नयाँ काममा लागि विदेसिएका एक लाख ७० हजार युवामध्ये दुबई जानेको हिसा १६ प्रतिशत अर्थात् २६ हजार आठ सय १८ जना छन्।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
451.   प्रगतिशिल रोजगार व्यवसायीले छुट्टै संघ खोल्ने चेतावनी
452.   वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्नेमा ओलीको जोड
453.   सार्कको घोषणा पत्रमा आप्रवासनको मुद्धा
454.   श्रम गन्तव्य खोज्न गठित समितिले पूर्णता पायो
455.   ब्यवस्थित वैदेशिक रोजगारका लागि आकर्षणको अन्तरक्रिया
456.   व्यवसायिक कृषिमा आकर्षित भए युवा
457.   कतारमा दक्ष जनशक्तिको माग:राजदूत हमर
458.   राहदानी विभाग पनि दुई सत्रमा सञ्चालन
459.   वैदेशिक रोजगारको सामाजिक पीडा
460.   मलेसियामा मृत्यु भएका दुई परिवारले पाए राहत
461.   एकता समितिको छुट्टै मेडिकल सेन्टर सुचारु
462.   मलेसियामा घाइते नेपालीलाई १ करोड ७ लाख क्षतिपुर्ति
463.   अवैध रुपमा अमेरिका जाने ३४ नेपाली पक्राउ
464.   वैदेशिक रोजगारमा हाउसमेडमा जान महिला कामदारलाई रोक
465.   इजरायलले पाँच हजार नेपाली लैजाने
466.   बर्दिया बाढी पीडितलाई प्याराडाइज इन्टरनेशनलको सहयोग
467.   मलेसियाले घरेलु नेपाली कामदार लिने घोषणा
468.   सेप्टेम्बर १ बाट बायोमेट्रिक अनिवार्य लागू गर्नु पर्ने मलेसियाको निर्णय
469.   कोरियाली भाषा परिक्षाको आवेदन फाराम खुल्यो
470.   रिजल्ट देखाउनुहोस् नत्र सरकारले कठोर नीति ल्याउँछ ः सचिव शिवाकोटी
471.   उड्ने बेलामा होइन पहिला नै तालिम प्रदान गर्ने गृहकार्य
472.   इराकबाट उद्धार गरिएका ११ नेपाल त्रिभुवन विमानस्थलमा (एक्स्क्लुसिव भिडिओ)
473.   आकर्षणको नवौ बाषिकोत्सवमा फलफुल वितरण
474.   विदेश जानेको भविष्य विगार्ने वा सपार्ने हात मेनपावरको
475.   अन्तर्राष्ट्रिय तालिम केन्द्र राजधानीमा खुल्यो
Results 516: You are at page 19 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media