सोमवार, जेष्ठ ०७ गते, २०७५
शुक्रवार, २०७४ माघ २६ गते २२:१७

वैदेशिक रोजगारीका लागि युएई जाने कामदारमाथि थय ४५ सय रुपैयाँ आर्थिक भार थपिएको छ। युएई सरकारले रोजगारीका लागि आउने विदेशी नागरिकका लागि फेब्रुअरी ४ देखि लागू हुने गरी ल्याएको नयाँ नियमले आर्थिक भार थपिएको हो।
 
दुबईस्थित नेपाली दूतावासले गत सोमबारदेखि दुबई सरकारको निर्णय भन्दै रोजगारीका लागि आउने कामदारले चालचलन ९प्रहरी प्रतिवेदन० प्रमाणपत्र पेस गर्नुपर्ने सूचना प्रकाशन गरेको थियो। यो नयाँ नियम दुबईमा कार्यरत नेपाली कामदार र नेपालबाट नयाँ काममा लागि जाने सबैमा लागू हुनेछ।
 
दुबई सरकारको नयाँ नियमपछि कामदारले सामान्यत पुलिस रिर्पोट बनाउन दुई सय रुपैयाँ खर्च गर्न पर्नेभएको छ। प्रहरी प्रतिवेदन दूतावासबाट प्रमाणित गर्न थप ४३ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता बढेको वैदेशिक रोजगार व्यवसायीको भनाई छ । 
 
नेपाल सरकारले कामदार लागत कम गराउन भन्दै न्यून लागतको फ्री भिसा तथा टिकटको निर्णय लागू गरे पनि रोजगारदाता देशले भने कामदारसँग विभिन्न नाममा रकम असुली गरिरहेको छ। दुबई सरकारको नयाँ नियममा कुनै व्यक्ति पाँच वर्षभन्दा बढी समयदेखि जुन देशमा बसोबास गरिरहेको छ त्यही देशको प्रहरी प्रतिवेदन बनाएर मात्रै रोजगारीका लागि आउन पाउने उल्लेख छ।
 
यो नयाँ नियम दुबईमा कार्यरत नेपाली कामदार र नेपालबाट नयाँ काममा लागि जाने सबैमा लागू हुनेछ।
 
तर, पाँच वर्षभित्र अन्य मुलुकमा नगएका नेपाली नागरिकले भने नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट चालचलन प्रमाणपत्र बनाउनुपर्नेछ।
 
यसरी बनाइएको प्रमाणपत्र कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौंस्थित दुबईको दूतावासबाट प्रमाणित गरी दुबईको सम्बन्धित निकायका बुझाउनुपर्नेछ। दूतावासको सूचनामा प्रतिवेदन प्रमाणितका लागि शुल्क उल्लेख नगरिए पनि अहिले ४३ सय रुपैयाँ लिने गरिएको छ। दुबई सरकारको यो निर्णयले नयाँ रोजगारीका लागि दुबई जाने मासिक चारदेखि पाँच हजार नेपाली प्रभावित हुने भएका छन्। यस अघि नै दुबई गएर काम गरिरहेको दुई लाखभन्दा बढी नेपाली कामदार पनि यसबाट प्रत्यक्ष प्रभावित हुने छन्।
 
चालू आवको सुरु देखिनै नेपाली कामदारका लागि मलेसिया र कतार पछिको गन्तव्य युएई बनेको थियो। अहिले युएई जाने कामदारले म्यापावर एजेन्सीलाई बुझाउने रकमबाहेक मेडिकल परीक्षणमा ४५ सय रुपैयाँ खर्च गर्नुपर्छ।
 
तर, युएई सरकारले नयाँ नियम लागू गर्दै गर्दा कामदार पठाउने देशमा सरोकारवाला निकायसँग कुनै छलफल नगरेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। नयाँ नियमको विषयमा वैदेशिक रोजगार विभागमा पनि कुनै पनि आधिकारिकपत्र नआएको विभागका प्रवक्ता मोहन अधिकारीले बताएका छन्। तर, सरकारले भने फ्री भिसा फ्री टिकट भन्दै १० हजार रुपैयाँमा कामदार पठाउनुपर्ने नियम २०७२ असारदेखि लागू गर्दै आएको छ। 
 
चालू आवको ६ महिनामा नयाँ काममा लागि विदेसिएका एक लाख ७० हजार युवामध्ये दुबई जानेको हिसा १६ प्रतिशत अर्थात् २६ हजार आठ सय १८ जना छन्।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
351.   बन्द वैदेशिक रोजगार कहिले खुल्छ ?
352.   लोकसेवाले १४ सय बढी खरिदार पदमा दरखास्त माग्यो
353.   आइतबारबाट वैदेशिक रोजगार व्यवसाय बन्द
354.   बैदेशिक रोजगार ठप्प भए के हुन्छ ?
355.   मेनपावर व्यवसायीको रक्षा श्रम मन्त्रालयले गर्नेछ : मन्त्री बोहोरा
356.   कोरियन भाषा परीक्षा असारमा हुने
357.   एजेन्टको भेषमा मेनपावरमाथि निगरानी बढाउँदै प्रहरी
358.   मलेसिया रोजगारीको बाटो बन्द
359.   विद्युत प्राधिकरणमा जागिर खुल्यो
360.   कोरियाद्धारा यो वर्षको श्रमसम्झौता दिन सुरु
361.   मलेसियाद्वारा बिदेशी कामदार लिन स्थगित
362.   कोरियाले भाषा परीक्षा पास गरेका कामदारको छनोट थाल्यो
363.   मलेसियामा विदेशी कामदारको लेभी बढाउने निर्णय स्थगित
364.   बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउने, नेपालीको अबसर प्रभावित हुने
365.   केयरगिभर छनोट परीक्षाको नतिजा सार्वजनिक (उत्तिर्णको नामावलीसहित)
366.   मलेसियामा अवैध आप्रवासीलाई वैध हुने बाटो खुल्यो
367.   साउदीमा नेपाली कामदारलाई अब अनलाइनबाटै राहदानी
368.   मलेसियाद्वारा विदेशी कामदारसँग लिँदै आएको लेभीमा वृद्धि
369.   साउदीमा ३ सय नेपाली बिचल्ली
370.   इजरायल जाने भाषा परीक्षामा १ सय छनौट (सूची सहित)
371.   मलेसिया दूतावासद्धारा ट्राभल डकुमेण्ट बनाउन स्थगित
372.   कुवेतमा गैरकानुनी कामदारलाई आममाफीको मौका
373.   दक्षिण कोरियामा मजदुरको तलब बढ्यो
374.   कोरियामा अबैध बस्नेको संख्या बढ्न थाल्यो
375.   साउदीमा बन्धक नेपालीको उद्धार पहल शुरु
Results 554: You are at page 15 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media