सोमवार, फाल्गुन ०७ गते, २०७४
शुक्रवार, २०७४ माघ २६ गते २२:१७

वैदेशिक रोजगारीका लागि युएई जाने कामदारमाथि थय ४५ सय रुपैयाँ आर्थिक भार थपिएको छ। युएई सरकारले रोजगारीका लागि आउने विदेशी नागरिकका लागि फेब्रुअरी ४ देखि लागू हुने गरी ल्याएको नयाँ नियमले आर्थिक भार थपिएको हो।
 
दुबईस्थित नेपाली दूतावासले गत सोमबारदेखि दुबई सरकारको निर्णय भन्दै रोजगारीका लागि आउने कामदारले चालचलन ९प्रहरी प्रतिवेदन० प्रमाणपत्र पेस गर्नुपर्ने सूचना प्रकाशन गरेको थियो। यो नयाँ नियम दुबईमा कार्यरत नेपाली कामदार र नेपालबाट नयाँ काममा लागि जाने सबैमा लागू हुनेछ।
 
दुबई सरकारको नयाँ नियमपछि कामदारले सामान्यत पुलिस रिर्पोट बनाउन दुई सय रुपैयाँ खर्च गर्न पर्नेभएको छ। प्रहरी प्रतिवेदन दूतावासबाट प्रमाणित गर्न थप ४३ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता बढेको वैदेशिक रोजगार व्यवसायीको भनाई छ । 
 
नेपाल सरकारले कामदार लागत कम गराउन भन्दै न्यून लागतको फ्री भिसा तथा टिकटको निर्णय लागू गरे पनि रोजगारदाता देशले भने कामदारसँग विभिन्न नाममा रकम असुली गरिरहेको छ। दुबई सरकारको नयाँ नियममा कुनै व्यक्ति पाँच वर्षभन्दा बढी समयदेखि जुन देशमा बसोबास गरिरहेको छ त्यही देशको प्रहरी प्रतिवेदन बनाएर मात्रै रोजगारीका लागि आउन पाउने उल्लेख छ।
 
यो नयाँ नियम दुबईमा कार्यरत नेपाली कामदार र नेपालबाट नयाँ काममा लागि जाने सबैमा लागू हुनेछ।
 
तर, पाँच वर्षभित्र अन्य मुलुकमा नगएका नेपाली नागरिकले भने नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट चालचलन प्रमाणपत्र बनाउनुपर्नेछ।
 
यसरी बनाइएको प्रमाणपत्र कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौंस्थित दुबईको दूतावासबाट प्रमाणित गरी दुबईको सम्बन्धित निकायका बुझाउनुपर्नेछ। दूतावासको सूचनामा प्रतिवेदन प्रमाणितका लागि शुल्क उल्लेख नगरिए पनि अहिले ४३ सय रुपैयाँ लिने गरिएको छ। दुबई सरकारको यो निर्णयले नयाँ रोजगारीका लागि दुबई जाने मासिक चारदेखि पाँच हजार नेपाली प्रभावित हुने भएका छन्। यस अघि नै दुबई गएर काम गरिरहेको दुई लाखभन्दा बढी नेपाली कामदार पनि यसबाट प्रत्यक्ष प्रभावित हुने छन्।
 
चालू आवको सुरु देखिनै नेपाली कामदारका लागि मलेसिया र कतार पछिको गन्तव्य युएई बनेको थियो। अहिले युएई जाने कामदारले म्यापावर एजेन्सीलाई बुझाउने रकमबाहेक मेडिकल परीक्षणमा ४५ सय रुपैयाँ खर्च गर्नुपर्छ।
 
तर, युएई सरकारले नयाँ नियम लागू गर्दै गर्दा कामदार पठाउने देशमा सरोकारवाला निकायसँग कुनै छलफल नगरेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। नयाँ नियमको विषयमा वैदेशिक रोजगार विभागमा पनि कुनै पनि आधिकारिकपत्र नआएको विभागका प्रवक्ता मोहन अधिकारीले बताएका छन्। तर, सरकारले भने फ्री भिसा फ्री टिकट भन्दै १० हजार रुपैयाँमा कामदार पठाउनुपर्ने नियम २०७२ असारदेखि लागू गर्दै आएको छ। 
 
चालू आवको ६ महिनामा नयाँ काममा लागि विदेसिएका एक लाख ७० हजार युवामध्ये दुबई जानेको हिसा १६ प्रतिशत अर्थात् २६ हजार आठ सय १८ जना छन्।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
226.   श्रममन्त्री र सचिवकै अगाडि व्यवसायी र सह–सचिवबीच चर्काचर्कि (भिडियोसहित)
227.   व्यवसायीले श्रममन्त्रीसँग निर्णायक वार्ता गर्दै
228.   मलेसिया जाने कामदारको प्रवेशाज्ञाको लागि राहदानी पठाउन रोक
229.   मलेसिया जानेले १८ हजार फाल्तु तिर्दै, सरकार भन्छ फ्री भिषा र फ्री टिकट
230.   राष्ट्रिय वाणिज्य बैंकमा २४९ कर्मचारी माग (सुचनासहित)
231.   काठमाडौं महानगरपालिकामा जागिर खुल्यो (सुचनासहित)
232.   कोरिया र इजरायलमा पनि फ्री भिसा फ्री टिकट लागू गर्न प्रस्ताव
233.   यूएइका सुरक्षा गार्डको समस्या समाधान, काममा नै फर्कने
234.   वैदेशिक रोजगारसम्बन्धि उजुरीलाई फास्ट ट्रयाकबाट सम्बोधन गरिने
235.   सुरक्षा गार्डको श्रम स्वीकृति बन्द गर्न निर्देशन
236.   गैरेको अध्यक्षतामा फोरममा निर्विरोध नयाँ कार्यसमिति
237.   इजरायलले थप नेपाली कामदार लिने
238.   ब्यवसायीले नै बिर्सिए ‘कालो दिन’ भदौ १६
239.   पुन श्रमस्वीकृतिको पैसा तिर्न श्रमग्राम जानु नपर्ने
240.   वैदेशिक रोजगारमा प्रधानमन्त्रीको चासो
241.   श्रममन्त्री गुरुङलाई मन्त्रालयको काम भन्दा क्वाटर नपाएको चिन्ता
242.   अभिमुखीकरण तालिमको अनियमिततामा किन अख्तियार मौन ?
243.   युएईमा रहेको नेपाली दुताबासले घरेलु कामदार ल्याउन दश एजेन्सीलाई अनुमति
244.   अवैध कामदारलाई आममाफी दिने कतारको घोषणा
245.   वैरो विभागको घुसखोरी खरिदार देखि मन्त्रालयका सचिब सम्मको जालो
246.   युरोपेली देश लिथुएनियामा नेपाली कामदारको माग, अनुमति दिने सरकारी तयारी
247.   मलेसियामा नेपालीको शाख नघटेकोले माग अझ बढ्ने
248.   वैरो विभागकि खुङ्खार भ्रस्टचारी भट्टराई
249.   विदेश होइन तरकारी खेतीप्रति युवाको आकर्षण
250.   नेपाल प्रहरीमा जागिर खुल्यो, ५ सय ५१ प्रहरी सहायक निरीक्षकको माग (सूचनासहित)
Results 516: You are at page 10 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media