बुधवार, बैशाख १२ गते, २०७५
शुक्रवार, २०७४ माघ २५ गते ०४:०३

हिमालयन बैंक लिमिटेड र एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट्) बीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता भई रेमिट्यान्स कारोबार शुरु भएको छ । 
 
दक्षिण कोरियाको दोङ्देमुनस्थित एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट)को केन्द्रिय कार्यालयबाट नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराको उपस्थितीमा रेमिट्यान्स कारोबारको शुभारम्भ भएकोे हो । 
 
रेमिट्यान्स सेवा शुभारम्भको अवसरमा आयोजित औपचारिक रात्रीभोजमा दक्षिण कोरियाका लागि नेपालका महामहिम राजदूत अर्जुनजंग बहादुर सिंह लगायत नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर सिवाकोटी, नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका का.मु उप–निर्देशक मीना अधिकारी, हिमालयन बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत जबरा, युमा श्रेष्ठ तथा क्युएस रेमिट दक्षिण कोरियाका तर्पmबाट कम्पनी अध्यक्ष लि जोङ्ग टिइग तथा संचालक मिनसियो पार्क र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।  
 
सेवा सुभारम्भ पछि संक्षिप्त प्रतिक्रिया दिदै क्युएस रेमिटका अध्यक्ष टिइगले हिमालयन बैंकको हिमाल रेमिटसँगको सहकार्यबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने जानकारी दिए । 
 
दक्षिण कोरियाको बैंक बाहेक रेमिट्यान्स कारोबार गर्न स्वीकृतिप्राप्त रेमिट्यान्स कम्पनी मध्ये एक क्युएस रेमिट मार्पmत नेपाल आउने विप्रेषण हिमालयन बैंकको ४७ वटै शाखा तथा आठ हजार पाँच सयभन्दा बढी हिमाल रेमिट काउन्टरबाट सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ । हिमालयन बैंक तथा एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट) बीचको यस सम्झौताबाट दक्षिण कोरियामा कार्यरत करिब ४० हजार नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने बैंकले जनाएको छ । 
 
हिमाल रेमिट बैकको आफ्नै अनलाइन रेमिट्यान्स सेवा हो जसको विश्वभरि ९० भन्दा बढी अन्तर्राष्ट्रिय व्यावसायिक साझेदारहरु रहेका छन् ।
 
 
 
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
2.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
3.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
4.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
5.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
6.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
7.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
8.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
9.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
10.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
11.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
12.   नयाँ बर्षमा मेगा बैंकको नयाँ अफर सार्वजनिक
13.   एभरेष्टको नयाँ शाखा नवलपुरको कावासोतीमा
14.   सिटी एक्सप्रेसको बम्पर उपहार विजेतालाई रेनल्ट क्विड प्रदान
15.   पूर्वप्रधानमन्त्री, अर्थमन्त्री र मेयरलाई महासंघको ज्ञापन–पत्र
16.   कुवेतबाट पनि थाल्यो सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा
17.   एभरेष्ट बैंकको नँया एक्सटेन्सन काउन्टर बिराटचोकमा
18.   एनआईसी एशियाको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु
19.   सेन्चुरी बैंकको सिइओमा तुल्सीराम गौतम
20.   हिमालयन बैंकद्धारा नेपालगञ्ज उपमहानगरपालिकालाई सहयोग
21.   इन्भेष्टमेण्ट बैंकको एकै दिन तीन नयाँ शाखा
22.   सिटी एक्सप्रेस र बैंक अल बिलाद, एन्जाज साउदी अरबबीच रेमिट्यान्स सम्झौता
23.   नेपाल इन्भेष्टमेण्ट बैंक ३३ औँ वर्षमा प्रवेश
24.   अनलाइन पेमेन्टका लागि उत्कृष्ट ‘इनेट पे’
25.   कोकाकोलाले ४० भाग्यशाली विजेतालाई विश्वकप हेर्न रुस लैजाने
Results 841: You are at page 1 of 34
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media