मंगलवार, फाल्गुन ०८ गते, २०७४
शुक्रवार, २०७४ माघ २५ गते ०२:३८

राष्ट्रिय ब्यवसायी महासंघको पहिलो महाधिवेशन आगामी फागुन ५ गते काठमाण्डौमा हुने भएको छ । संघको तदर्थ समितिका अध्यक्ष नरेश कटुवालका अनुसार महाधिवेशनको तयारी तिव्रताकासाथ अगाडी वढिरहेको छ । काठमाण्डौको राष्ट्रिय सभा गृहमा हुने महाधिवेशनमा पाँचसय जना भन्दा वढी प्रतिनीधि र दुईसय जना पर्यवेक्षकहरु सहभागी हुने छन् । आपसी एकता र सामूहिक प्रयासबाट मात्र ब्यवसायीक हितको प्रवद्र्धन, राष्ट्रिय अर्थतन्त्रमा योगदान र समाजको सकारात्मक रुपान्तरणका लागि भूमिका खेल्न सक्छौ भन्ने मान्यताकासाथ स्थापित राष्ट्रिय व्यवसायी महासंघ आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन गर्न लाग्दा निकै खुशी भएको अध्यक्ष कटुवालले वताए ।
 
उनले भने ‘नेपाल राष्ट्रिय ब्यवसायी महासंघमा १९ वटा ब्यवसायीक संघहरु सम्वद्ध छन्, स्थापनाको छोटो समयमै राष्ट्रिय ब्यवसायी महासंघमा ब्यवसायीक संघहरुको आवद्धताले हामी उत्साहित बनेका छौ’ । ब्यवसायीले सामना गरिरहेका चुनौतिलाई चिर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान वढाउने, ब्यवसाय मैत्री नीति लिनका लागि राज्यलाई घचघच्याउने काममा आगामी दिनमा अझ वढी प्रभावकारी भूमिका खेल्ने प्रतिवद्धता पनि अध्यक्ष कटुवालले ब्यक्त गरे । ऐतिहासिक प्रथम महाधिवेशन आम ब्यवसायीहरुका लागि निकै महत्वपूर्ण अवसरमा भएको भन्दै अध्यक्ष कटुवालले महाधिवेशनले ब्यवसायीहरुको हितमा उचित नीति र नेतृत्व तय गर्ने वताए ।

 
‘दशकौ लामो राजनीतिक संघर्ष र अस्तब्यस्तताबाट अब हामी नयाँ संविधान जारी भइसकेको अवस्थामा मुलुकलाई आर्थिक समृद्धितिर अगाडी वढाउने कुरा गरिरहेका छौ, तर आर्थिक समृद्धिको अभियानले त्यतिबेला मात्र सफलता प्राप्त गर्नसक्छ जतिबेला सरकार र राजनीतिक दलहरुले ब्यवसाय मैत्री नीतिहरु तय गर्छन् र यसरी तय गरिएका नीतिहरुको प्रभावकारी कार्यान्वयनमा जुट्छन्, हामी यसतर्फ गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ’ अध्यक्ष कटुवालले भने । अब राज्यले अति ठूला ब्यवसायीलाई मात्र महत्व दिने पूर्वाग्रही नीति त्याग्नुपर्नेमा जोड दिँदै उनले वास्तविक अर्थतन्त्रको बलियो जग निर्माण गर्न रातदिन कठिन परिश्रम गर्ने ब्यवसायीहरुको हितमा सरकारले सोच्नुपर्ने वताए ।
 
१९ वटा ब्यवसायीक संघ आवद्ध राष्ट्रिय ब्यवसायी महासंघले घरधनीले मनोमानी ढंगले भाडा लिने, विना कुनै मापदण्ड मनलाग्दी ढंगले भाडा वढाउने, अभद्र ब्यवहार प्रदर्शन गर्ने, घर बहाल कर पनि ब्यवसायीलाई नै तिर्न लगाउने र घरबहाल सम्झौता नगर्ने जस्ता प्रवृतिको अन्त्यका लागि घरबहाल सम्बन्धी नीति ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । यस्तै, महासंघले ब्यवसायीलाई दुख दिने नियतकासाथ चाडपर्वको मुखमा मात्रै गरिने अनुगमन बैज्ञानिक नहुने हुँदा निश्चिित विधि र प्रक्रियामा अनुगमनको काम गर्न पनि आग्रह गर्दै आएको छ । भन्सारमा झन्झटिलो प्रक्रियाका कारण ब्यवसायीले निकै तनाव झेल्नुपर्ने भन्दै महासंघले ढुवानीमा रहेको सिन्डिकेट र विचौलियाहरुको बढ्दो चलखेल अन्त्यका लागि ठोस र प्रभावकारी नीति ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   महासंघको उपाध्यक्षमा सेढाइ
2.   विओएन ट्राभलले मनायो १० औं वार्षिकोत्सव
3.   राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्षमा सेढाईको दावी
4.   ठूला भनाउँदा व्यवसायीले सबैको मुद्धा नउठाउँदा बन्यो महासंघ
5.   हिमालय सीमापार बाणिज्य संघमा पौडेल प्यानल बिजयी
6.   हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा पौडेलको उम्मेदवारी
7.   आईएमई पे को 'बी टु बी' सेवा शुरु
8.   दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमालरेमिट सेवा शुभारम्भ
9.   जेएमई रेमिटको सेन्चुरी बैंक र कन्काई बिकास बैंकसँग रेमिट्यान्स सम्झौता
10.   राष्ट्रिय ब्यवसायी महासंघको पहिलो महाधिवेशन फागुन ५ गते हुदै
11.   नेपाल मेडिसिटी र बुद्ध एयरबीच सहकार्यका लागि सम्झौता
12.   आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता
13.   बेष्ट रेमिट अब जिएमई
14.   वार्षिकोत्वसको अवसरमा टेलिकमको छुटैछुट
15.   सिद्धार्थ बैंकको बेनी शाखा शुभारम्भ
16.   सिभिल मल व्यापार संघको अधिवेशन सम्पन्न, अध्यक्षमा महर्जन निर्विरोध
17.   दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न
18.   राष्ट्रिय अर्थतन्त्रसँग जोडिएर लगानी गर्न राष्ट्र बैंकको निर्देशन
19.   अनिल शाह नबिलमा, सिइओ बन्न नियमले रोकेपछि डेपुटी सिइओमा नियुक्त
20.   बेलायती लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक
21.   सहकारीलाई स्थानीय तह मातहत ल्याउन अलमल
22.   ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम
23.   महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण
24.   साकुरा सेभिङ्ग एण्ड क्रेडिटको प्रधान कार्यालय चुच्चेपाटीमा उद्घाटन
25.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
Results 816: You are at page 1 of 33
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media