मंगलवार, फाल्गुन ०८ गते, २०७४
विहिवार, २०७४ माघ २५ गते २२:५२

सरकारले इन्धन कारोबारमा एकाधिकारप्राप्त नेपाल आयल निगमको संरचना परिवर्तन गर्ने भएको छ । परम्परागत ढाँचामा सेवा विस्तार गर्दै आएको निगमको संरचना परिवर्तन गरी समसामयिक बनाउन लागिएको सरकारले जनाएको छ । 
 
निगमलाई हालको सेवामूलकबाट पूर्ण रूपमा व्यवसायमूलक बनाई परम्परागत ढाँचालाई परिवर्तन गर्दै नयाँ संरचनामा लैजान लागिएको आपूर्ति सचिव अनिलकुमार ठाकुरले जानकारी दिए । “निगम कर्मचारी र सञ्चालक समितिबीच छलफल गरेर निगमका देखिएको समस्यालाई कसरी सम्बोधन गर्ने भनेर रणनीति योजना तयार गर्न लागिएको छ,” सचिव ठाकुरले भने, “निगममा पुरानो मोडलको व्यवस्थापन रहेकाले त्यसलाई समसामयिक बनाउन लागिएको छ ।” 
 
“उदारीकरण नीतिअनुसार कानुन, व्यवस्थापन, लगानी, संरचना र दक्ष जनशक्ति भएन भने निगमलाई नयाँ ढाँचामा लैजान सकिँदैन,” सचिव ठाकुरले भने, “सोहीअनुसार निगमको हालको संरचनामा परिवर्तन गरी नयाँ संरचनामा लैजान लागेका छौं ।” निगमको प्राविधिक र व्यवस्थापन पक्ष सुधार गर्न लागिएको सचिव ठाकुरले जानकारी दिए ।

निगमको टेकुमा रहेको जग्गामा अटो हब बनाउने तयारी गरिएको छ भने बबरमलमा रहेको केन्द्रीय कार्यलयलाई कर्पोरेट कार्यालयका रूपमा स्तरोन्नती गर्ने तयारी गरिएको मन्त्रालयको भनाइ छ । निगमले दिँदै आएको सेवा प्रभावकारी बनाउनका लागि नयाँ कर्मचारी भर्ना गर्न लागिएको छ । निगमको प्राविधिक र व्यवस्थापकीय क्षमता बढाउन अति जरुरी रहेको भन्दै सचिव ठाकुरले निगमका देखिएका समस्यालाई समाधान गर्ने गरी एउटा छुट्टै खाका तयार गर्न आवश्यक रहेको बताए । 
“निगमको मुख्य काम भनेको इन्धन आपूर्ति सहज पार्ने हो,” उनले भने, “खर्बौं रुपैयाँको कारोबार गर्ने संस्थाको चुक्तापुँजी कम भएकाले वृद्धि गर्न लागिएको छ ।” प्राथमिकताका क्षेत्रलाई एकिन गरेर सोहीअनुसार काम अगाडि बढाइने मन्त्रालयको भनाइ छ । 
 
हाल निगमको चुक्ता पुँजी २९ करोड रूपैयाँ छ । चुक्ता पुँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याउने लक्ष्यअनुरूप निगमले सर्वसाधारणलाई सेयर जारी गर्न लागेको छ । सरकारी, रणनीति साझेदार र सर्वसाधारणलाई सेयर जारी गरेर पुँजी वृद्धि गर्न लागेको निगमको भनाइ छ ।
 
निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले चुक्ता पुँजी वृद्धि गर्नका लागि सर्वसाधारणलाई ६ अर्ब रूपैयाँ बराबरको सेयर जानकारी गर्न लागिएको जानकारी दिए । वार्षिक डेढ खर्ब रुपैयाँको कारोबार गर्ने निगमको चुक्ता पुँजी २९ करोड रहेको । कार्यकारी निर्देशक भट्टराईले भने, “पुँजी बढाएर २० अर्ब रुपैयाँ पुर्याउने लक्ष्यअनुरूप सेयर जानकारी गर्न लागिएको हो ।” पुँजी वृद्धिका लागि सर्वसाधारणका लागि ६ अर्ब, रणनीतिक साझेदार ९संस्थापक० का लागि ३ अर्ब र नेपाल सरकारलाई ११ अर्ब रूपैयाँको सेयर जारी गरिने उनको भनाइ छ । रणनीतिक साझेदारमा आन्तरिक तथा वाह्य कम्पनीहरू रहने छन् । 
 
साझेदार कम्पनीमा बैकिङ, बिमा क्षेत्र र कर्मचारी रहनेछन् । निगमले बोनसका रूपमा जम्मा गरिएको रकम र मूल्य स्थिरीकरण कोषमा जम्मा भएको रकम सरकारी सेयरका रूपमा रहने निगमको भनाइ छ । “इन्धन भन्डारणस्थल निर्माण गर्नका लागि ५० अर्ब रुपैयाँ लाग्छ,” भट्टराईले भने, “यसका लागि पुँजी वृद्धि गदै जानुपर्ने देखिन्छ । ”
 
निगमले वार्षिक रूपमा इन्डियन आयल कर्पोरेसन९आइओसी०सँग डेढ खर्ब भन्दा बढीको इन्धन खरिद गरी स्थानीय बजारमा वितरण गर्दै आएको छ । निगमले इन्धन आयातवापत सरकारलाइै आर्बौं रुपैयाँबराबर राजस्व बुझाउने गर्छ ।
कारोवार दैनिकबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
2.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
3.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
4.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
5.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
6.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
7.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
8.   निगमको संरचना परिवर्तन गरिँदै
9.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
10.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
11.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
12.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
13.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
14.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
15.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
16.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
17.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
18.   जापानले ३२ करोड आर्थिक साहयता दिने
19.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
20.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
21.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
22.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
23.   सुरक्षित घर अभियान सुरु
24.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
25.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
Results 652: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media