सोमवार, जेष्ठ ०७ गते, २०७५
बुधवार, २०७४ माघ २४ गते २२:५९

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरको आयोजनामा मिति २०७४ माघ २१ गते देखि माघ २७ गते सम्म आयोजना हुने ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिमको शुभारम्भ एक विशेष कार्यक्रमको बीच नेपाल स्काउटका संयोजक चन्दन कौशिकले गर्नु भएको छ ।
 
नेपाल स्काउटको अन्तर्राष्ट्रिय स्काउट केन्द्र ककनीमा आयोजित सो कार्यक्रममा नेपाल स्काउट तदर्थ समितिका प्रमुख सल्हाकार डा रवीन्द्र प्रसाद पाण्डे, बिश्व स्काउट संगठन एशिया प्रसान्त एवार्ड कमिटीका अध्यक्ष श्रीराम लामिछाने, बरिष्ठ स्काउटर गोविन्द नारायण “ज्यापू” , तदर्थ समिति सदस्य तथा कोर्स लिडर शिव कुमार पौड्याल, तदर्थ समिति सदस्य क्रमस दिपेश केसी, केशव महर्जन, देवदुत अधिकारि, पुण्य राम गोथेको उपस्थित थियो् ।
 
सोहि समारोहमा राष्ट्रिय प्रशिक्षक राजुराजा सिंह, राम भक्त यादव, बिश्व बिजय राज रंजित तथा भारत स्काउट एंड गाइड इंडियाका अनलेंद्र शर्मा तथा बंगलादेश स्काउट बंगलादेशका प्रोफेसर मुजाहिद होसैन तथा मोहमद दिलवर हुसन तथा कोर्स संयोजक बिश्व श्रेष्ठ तथा सहायक प्रशिक्षकहरु बाबुकाजी डंगोल, दामोदर बस्नेत , सन्त बहादुर खड्गा, पुण्य राम गोथे, गुण राज प्याकुरेल तथा प्रशिक्षक तरुण रंजन दत्त, कमल चन्द्र काफ्ले तथा सहायक सुजित महर्जन, सुजिल महर्जनको उपस्थिति थियो् ।

 
समारोहमा नेपाल स्काउटका संयोजक चन्दन कौशिकले नेपाल स्काउटलाई अघी बढाउनलाई युवा सहभागीता अपरिहार्य रहेको र हालको कमिटीले यस कुरालाई मनन गरी हरेक कार्यक्रम नीतिनिर्माणमा सहभागी गराउन आफुउत्साहित रहेको तथा निकट समयमै नेतृत्व विकासकालागि उच्च स्तरको लिडर ट्रेनर तालिम गराउन आफु तयार रहेको र निकट भबिस्यमा संचालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
 
सोहि समारोहमा बिश्व स्काउट संगठन एशिया प्रसान्त एवार्ड कमिटीका अध्यक्ष श्रीराम लामिछानेले जागरुक र सक्षम युवा अबको अपरिहार्यता हो भन्दै आज यो तालिममा समाबेस भएकोले पक्कै पनि नेपाल स्काउटले अग्रगति लिने कुरा प्रस्ट पार्नुभयो । सो को लागि आफ्नो तर्फबाट गर्नु पर्ने कुनै पनि कुरामा कसर नछोड्ने कुरा उहाँले बताउनुभयो ।

 
नेपाल स्काउट तदर्थ समितिका सल्हाकार डा रवीन्द्र प्रसाद पाण्डेले उपस्थित प्रशिक्षकहरुले यस तालिम पछि स्काउटरहरुलाई नै सिकाउनु पर्ने यो महत्वपूर्ण जिम्मेवारी प्राप्त भएकोले अत्यन्त लगनशीलताका साथ तालिम अबधि भर ज्ञान हासिल गर्न आग्रह गर्नुभएको थियो ।
 
सोहि समारोहमा स्काउटर पुण्य राम गोथे तथा गुण राज प्याकुरेलले सहायक राष्ट्रिय प्रशिक्षकको आवश्यक प्रक्रिया पुरा गरी सहायक राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी क्रमस बरिस्ठ स्काउटर गोविन्द नारायण “ज्यापू” र नेपाल स्काउट तदर्थ समितिका प्रमुख सल्हाकार डा रवीन्द्र प्रसाद पाण्डेबाट ग्रहण गरेका थिए ।

 
तालिममा नेपाल भरिबाट जम्मा ५७ जना सहभागीको सहभागीता रहेको जानकारी तदर्थ समिति सदस्य तथा कोर्स लिडर शिव कुमार पौड्यालले दिनुभयो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
2.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
3.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
4.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
5.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
6.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
7.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
8.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
9.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
10.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
11.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
12.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
13.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
14.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
15.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
16.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
17.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
18.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
19.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
20.   मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित
21.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
22.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
23.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
24.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
25.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
Results 704: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media