सोमवार, जेष्ठ ०७ गते, २०७५
बुधवार, २०७४ माघ २४ गते २२:२८

स्वास्थ्य पर्यटन तथा हवाई चिकित्सा सेवा लगायत पर्यटन र स्वास्थ्य क्षेत्रको उत्कृष्ट गन्तब्यको रुपमा नेपाललाई चिनाउने अभियानका लागि नेपाल मेडिसिटी र बुद्ध एयरले सहकार्य गर्ने भएको छ । 
 
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा उपेन्द्र महतो र बुद्ध एयरका कार्यकारी निर्देशक वीरेन्द्र बहादुर बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरी सहकार्यको थालनी गरेका छन् । 
 
नेपालीहरुले अब उपचारको लागि विदेश जानु नपर्ने र संसारमा उपलब्ध सम्पूर्ण सेवा एवं सुविधालाई नेपाल मेडिसिटीमा उपलब्ध गराई नेपालमा मेडिकल टुरिजमको विकास गर्ने अभियानमा आफूहरु लागेको अध्यक्ष डा उपेन्द्र महतो बताए ।
 
नेपाली आकाशमा लामो समयदेखि सुरक्षित र भरपर्दो सेवा दिईरहेको बुद्ध एयरसंगको सहकार्यले आगामी दिनहरुमा आन्तरिक तथा बाह्य पर्यटकले समेत नेपाल मेडिसिटीको सेवा उच्च प्राथमिकताका साथ सुलभ उपचार सेवा पाउने छन् । 
 
नेपाल मेडिसिटी अस्पतालको सेवा तथा सुविधाबाट आम नेपालीहरुले स्वास्थ्यको क्षेत्रमा ठूलो लाभ लिन सक्ने र नेपालको स्वास्थ्यको क्षेत्रमा मेडिसिटी एउटा कोशे ढुंगाको रुपमा रहने विश्वास ब्यक्त गर्दै बुद्ध एयरका कार्यकारी निर्देशक बस्नेतले स्वास्थ्यको क्षेत्रमा बृहत अवधारणा सहित आएको मेडिसिटीसंगको सहकार्यले बुद्ध एयर परिवार तथा यात्रुहले राम्रो सेवा प्राप्त गर्ने बताए ।
 
कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नवनियुक्त महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाली वायु उड्डयन क्षेत्रका ख्यातीप्राप्त बुद्ध एयर र स्वस्थ्य नेपालको परिकल्पना बोकेको नेपाल मेडिसिटी बीचको सहकार्यले नेपाली आकाश र स्वास्थ्यमा एउटा भरपर्दो आशा जगाएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्वास्थ्य पर्यटन र सुरक्षित एवं भरपर्दो स्वास्थ्य सेवाको यस अभियानमा सहयोग गर्ने धारणा राखे ।
 
७ सय ५० शैयाको अत्याधुनिक  नेपाल मेडिसिटी अस्पतालले आफ्ना सेवाहरुलाई गुणस्तरीय तथा भरपर्दो बनाउन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पूर्णकालीन रुपमा ब्यवस्थित गरेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन, सेनाले आजै हस्तान्तरण गर्ने
2.   नौ महिनामा रेमिट्यान्स आम्दानी साढे पाँच खर्ब पुग्यो
3.   नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
4.   हिमालयन बैंकका दुई नयाँ शाखा सञ्चालनमा
5.   आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता
6.   प्रभु बैंकका चार नयाँ शाखा सञ्चालनमा
7.   टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, देशकै तेस्रो ठूलो बैंक बन्यो मेगा बैंक
8.   आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बीच च नगद रहित सेवा सम्झौता
9.   हिरोको नयाँ ग्ल्यामर मोटरसाइकल र ड्युओट स्कुटर बजारमा
10.   सिटी एक्सप्रेस र अल मुजैनीबीच रेमिट्यान्स सेवा सुरु
11.   एभरेष्ट बैंकले मायादेवी मन्दिरमा गर्‍यो खानेपानी व्यवस्थापन
12.   मेगा बैंकको सञ्चालन मुनाफा बढ्यो, खुद मुनाफा घट्यो
13.   नेपालभर ४ खर्ब ७३ अर्बको नोट बजारमा, एक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा भित्रियो
14.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
15.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
16.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
17.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
18.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
19.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
20.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
21.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
22.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
23.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
24.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
25.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
Results 855: You are at page 1 of 35
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media