मंगलवार, फाल्गुन ०८ गते, २०७४
मंगलवार, २०७४ माघ २३ गते २३:०६

नेपाल  टेलिकमले १४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न  छुट योजना सार्वजनिक गरेको छ । वार्षिकोत्सवको अवसरमा टेलिकमको भद्रकाली प्लाजास्थित प्रांगणमा सोमबार आयोजित कार्यक्रममा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले विभिन्न छुट योजनाको घोषणा गरिन् । 
 
घोषणाअनुसार टेलिकमले एडीएसएल सेवाको गति माघ २५ देखि ५ एमबीपीएसमा स्तरोन्नति  गर्ने जनाएको छ । यस्तै क्रस बिल्डिङ अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि एडीएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सीडीएमएमा डाटा बोनस उपलब्ध गर्नेछ । 
 
कम्पनीले जीएसएम एसेवातर्फ २३ माघ देखि ८ फागुनसम्मको लागि भ्वाइस प्याकेजमा राती १० देखि बिहान ६ बजेसम्मका लागि ३ दिनका लागि रु ३५, अनलिमिटेड अलटाइम डाटा प्याकेजमा २४ घण्टाका लागि रु ५० र  अनलिमिटेड नाइट डाटा प्याकेजका लागि एक रातको रु १५ शुल्क तोकेको छ । 
 
यस्तै माघ २३ देखि माघ २९ सम्म  रु ५०, १०० र २०० को रिचार्जमा १० प्रतिशत र रु ५०० र १००० को रिचार्जमा १५ प्रतिशत छुट दिने योजना पनि टेलिकमले सार्वजनिक गरेको छ । 
 
यसैगरी पीएसटीएन सेवाग्राहीका  लागि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिइने टेलिकमले जनाएको छ भने माघ २५ देखि बैशाख २५ सम्म भारतमा कल गर्न रु २.२२ देखि रु २.३३ पैसा प्रतिमिनेटमा सकिने गरी विभिन्न आकर्षक प्याकेजहरु ल्याइएको छ । 
 
यस्तै अन्तराष्ट्रिय आगमन कलमा ७ खदिनमा ७ मिनेट भन्दा बढी कल भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा एसएमएस पठाउन बोनस प्रदान गर्ने पनि टेलिकमले जनाएको छ । 
 
यस्तै २५ माघ देखि २५ बैशाखसम्म विभिन्न ‘स्प्रिङ अफर’ प्याकेजहरु ल्याउने पनि टेलिकमले जनाएको छ । 
 
सो अवसरमा सम्बोधन गर्दै प्रवन्ध निर्देशक राजभण्डारीले बढ्दो प्रतिस्पर्धात्मक बजारमा कम्पनीले गुणस्तरीय, भरपर्दो र सर्वसुलभ सुविधा दिन प्रतिबद्ध रहेको बताइन् । 
 
उनले १४ वर्षको अवधिमा कम्पनीको ग्राहक १ करोड ८५ लाख नाघिसकेको जानकारी दिँदै मुलुकको ७७ जिल्ला र ७ वटै प्रदेशमा ताररहित र तारसहित डाटामार्फत सेवा प्रदान गरिरहेको बताइन् ।  
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   महासंघको उपाध्यक्षमा सेढाइ
2.   विओएन ट्राभलले मनायो १० औं वार्षिकोत्सव
3.   राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्षमा सेढाईको दावी
4.   ठूला भनाउँदा व्यवसायीले सबैको मुद्धा नउठाउँदा बन्यो महासंघ
5.   हिमालय सीमापार बाणिज्य संघमा पौडेल प्यानल बिजयी
6.   हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा पौडेलको उम्मेदवारी
7.   आईएमई पे को 'बी टु बी' सेवा शुरु
8.   दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमालरेमिट सेवा शुभारम्भ
9.   जेएमई रेमिटको सेन्चुरी बैंक र कन्काई बिकास बैंकसँग रेमिट्यान्स सम्झौता
10.   राष्ट्रिय ब्यवसायी महासंघको पहिलो महाधिवेशन फागुन ५ गते हुदै
11.   नेपाल मेडिसिटी र बुद्ध एयरबीच सहकार्यका लागि सम्झौता
12.   आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता
13.   बेष्ट रेमिट अब जिएमई
14.   वार्षिकोत्वसको अवसरमा टेलिकमको छुटैछुट
15.   सिद्धार्थ बैंकको बेनी शाखा शुभारम्भ
16.   सिभिल मल व्यापार संघको अधिवेशन सम्पन्न, अध्यक्षमा महर्जन निर्विरोध
17.   दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न
18.   राष्ट्रिय अर्थतन्त्रसँग जोडिएर लगानी गर्न राष्ट्र बैंकको निर्देशन
19.   अनिल शाह नबिलमा, सिइओ बन्न नियमले रोकेपछि डेपुटी सिइओमा नियुक्त
20.   बेलायती लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक
21.   सहकारीलाई स्थानीय तह मातहत ल्याउन अलमल
22.   ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम
23.   महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण
24.   साकुरा सेभिङ्ग एण्ड क्रेडिटको प्रधान कार्यालय चुच्चेपाटीमा उद्घाटन
25.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
Results 816: You are at page 1 of 33
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media