विहिवार, असार ०७ गते, २०७५
न्याय माग्दै राना अदालतमा
मंगलवार, २०७४ माघ २२ गते ०४:४८

एनआरएनए नेतृत्वले आफ्नो कार्यालयमा काम गर्ने कर्मचारीलाई अन्याय गरी बरखास्त गरेपछि ब्यापक आलोचना मात्र खेप्नु परेको छैन, अदालत नै पुग्नु परेको छ । ‘श्रमिक मारा’ नीतिको शिकार बन्दै वर्षौ त्यही संस्थामा काम गरेका कार्यकारी निर्देशक राजेश रानालाई हटाएपछि न्याय खोज्दै उनी अदालतसम्म पुग्न बाध्य बनेका हुन् । 
 
विश्वमा रहेका श्रमिकहरुको साझा संस्थाका रुपमा चिनिएको एनआरएनले योसँगै आफ्नै संस्थामा श्रमिकको अधिकार खोसेपछि अहिले एनआरएन अदालतसम्म तानिएको हो । 
 
आफ्नै कर्मचारीबाट एनआरएन इतिहाँसमा नै पहिलो पल्ट अदालतमा पुग्नु पर्दा अध्यक्ष भवन भट्ट सकसमा परेका छन् । आफ्नो भन्दा पनि अरुको लहलहैमा हिड्ने भट्ट आफैले खनेको खाल्डोमा परिरहेका छन् ।
 
संस्थालाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्ने प्रयासस्वरुप लामो समयदेखि संघको सचिवालयमा कार्यकारी निर्देशक रहेका रानालाई बर्खास्त गरेर विधान विपरित प्रमुख कार्यकारी अधिकृत पदको सिर्जना गरेर हेमन्तकुमार दवाडीलाई नियुक्ति दिइएपछि अहिले राना न्यायका लागि श्रम अदालत पुगेका छन् । एनआरएनका कार्यकारी अधिकृत राजेश रानाले श्रम अदालतमा गत जनवरी १७ तारिख उजुरी दिएपछि अदालतले एनआरएनएलाई पत्र काटेको छ । जनवरी १९ मा अदालतले एनाअरएनलाई पत्र काट्दै राना हटाउनुको कारणसहित उपस्थित हुन बोलाएको छ ।
 

श्रम अदालतले यही माघ २५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । अचानक, कुनै कारण बिना नै, विधानका ब्यवस्थालाई समेत लत्याउँदै लामो समय सेवा गरेको स्थायी कर्मचारीलाई हटाउन नमिल्ने भएकाले अदालत पुगेको रानाले रोजगार मञ्चसँग वताएका छन् । 
 
एनआरएनए सचिवालयमा कार्यरत अन्य कर्मचारीको पारिश्रमिक वढाउने तर रानालाई बर्खास्त गर्ने एनआरएनए नेतृत्व र विशेष गरी महासचिव डा. बद्री केसीको कदम हदैसम्म पूर्वाग्रही देखिन्छ । 
रानाले भने–‘मेरो एउटै माग पुर्नवाहाली हो ।’ एनआरएन नेतृत्वले आफ्नो स्थायी कर्मचारीलाई, श्रम ऐन २०७४ को ब्यवस्था विपरित कामबाट निकालिएको छ । जबकी ऐनमा ६ महिना काम गरेका ब्यक्ति स्वत स्थायी हुने प्रावधान छ । 
 
एनआरएनले भने सम्झौता अवघि सकिएको भन्दै रानालाई हटाइएको प्रचार गरेको छ तर राना निश्चित अवधिका लागि सम्झौतामा काम गरेका कर्मचारी नभई स्थायी कर्मचारी हुन् ।
 
महासचिव डा. बद्री केसीको लहडमा रानालाई हटाउने र दवाडीलाई ल्याउने काम गरेको एनआरएनए स्रोत वताउँछ । महासचिव बद्री केसीको रबैयाले एनआरएनएको भविष्यलाई लिएर समेत चिन्ता सुरु भएको छ । महासचिव केसी कार्यसमितिले निर्णय गरेर सम्मानजनकढंगबाट रानालाई विदाई  गरेको बताउँछन् । यद्यपी  उनले आफैले बनाएको कर्मचारी छनोट सम्वन्धी निर्देशिकाको समेत उलंघन गरेका छन् ।

एनआरएनको मुल नेतृत्व भनेकै अध्यक्ष र महासचिव हुन् । तर दुबैले विधि प्रक्रियाको धज्जी उडाउन थालेपछि एनआरएनएको भविष्यबारे प्रश्न गर्ने स्थिति बनेको छ । 
 
संस्थाकै दुरुपयोग गरेर बैंकबाट ऋण लिनु र सचिवालयका कार्यकारी निर्देशक राजेश रानालाई बर्खास्त गर्नुले अध्यक्ष भवन भट्ट आलोचित त बनेका छन् नै सँगसँगै महासचिव केसीको गलत रबैयामा सहयोगीको भूमिकामा देखिएपछि उनीप्रति एनआरएनएका अधिकांश पदाधिकारी र सदस्यहरु असन्तुष्ट बनेका छन् ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
2.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
3.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
4.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
5.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
6.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
7.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
8.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
9.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
10.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
11.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
12.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
13.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
14.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
15.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
16.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
17.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
18.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
19.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
20.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
21.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
22.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
23.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
24.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
25.   एनआरएनएको अस्तित्व संकटमा
Results 406: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media