सोमवार, जेष्ठ ०७ गते, २०७५
सोमवार, २०७४ माघ २२ गते २२:५९

सिद्धार्थ बैंकले आइतबारबाट बेनी बजारमा आफ्नो शाखा कार्यलय सञ्चालनमा ल्याएको छ । आइतबार बेनीमा भएको एक विशेष समारोहकाबीच बैंकले शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो । शाखाको उद्घाटन बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले संयुक्त रुपमा गरेका छन् ।
 
यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै शाखाबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने र  स्थानीय व्यापारी तथा सर्वसाधारणहरु सेवाबाट लाभान्वित हुने विश्वास बैंकको छ । 
 
हालै बैंकले देशभर ९२ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०५ एटिएम र ६५० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४-०७५ को पौष मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८५ अर्ब ५७ करोड र कर्जा लगानी रु. ७६ अर्ब ९५ करोड गरेको छ भने पौष मसान्तसम्म खुद मुनाफा ७७ करोड रहेको छ ।
 
आश्रमलाई सहयोग
 
बेनी शाखाको उद्घाटनका अवसरमा सिद्धार्थ बैंक लिमिटेडले बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई रु दुई लाख ११ हजार आर्थिक सहयोग गरेको छ ।
 
बैंकका सहायक सिइओ सुन्दरप्रसाद कँडेल, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीलाई रु दुई लाख ११ हजार १११ को अक्षयकोष स्थापनाका लागि नगद हस्तान्तरण गरेका हुन ।
 
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धवृद्धाको बसोबासलाई सहज बनाउने उद्देश्यले कोषको स्थापना गरेको बैंकका बेनी शाखा प्रमुख गणेश पाठकले बताए । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन, सेनाले आजै हस्तान्तरण गर्ने
2.   नौ महिनामा रेमिट्यान्स आम्दानी साढे पाँच खर्ब पुग्यो
3.   नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
4.   हिमालयन बैंकका दुई नयाँ शाखा सञ्चालनमा
5.   आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता
6.   प्रभु बैंकका चार नयाँ शाखा सञ्चालनमा
7.   टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, देशकै तेस्रो ठूलो बैंक बन्यो मेगा बैंक
8.   आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बीच च नगद रहित सेवा सम्झौता
9.   हिरोको नयाँ ग्ल्यामर मोटरसाइकल र ड्युओट स्कुटर बजारमा
10.   सिटी एक्सप्रेस र अल मुजैनीबीच रेमिट्यान्स सेवा सुरु
11.   एभरेष्ट बैंकले मायादेवी मन्दिरमा गर्‍यो खानेपानी व्यवस्थापन
12.   मेगा बैंकको सञ्चालन मुनाफा बढ्यो, खुद मुनाफा घट्यो
13.   नेपालभर ४ खर्ब ७३ अर्बको नोट बजारमा, एक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा भित्रियो
14.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
15.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
16.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
17.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
18.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
19.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
20.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
21.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
22.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
23.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
24.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
25.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
Results 855: You are at page 1 of 35
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media