मंगलवार, फाल्गुन ०८ गते, २०७४
सोमवार, २०७४ माघ २१ गते ०२:२२

सिभिल मल व्यापार संघको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । संघको काठमाडौंमा भएको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले संघका अध्यक्ष बिजय महर्जनलाई निर्विरोध रुपमा अध्यक्षमा चयन गरेकोछ ।
 
संघको नयाँ कार्यसमितिमा उपाध्यक्षमा सुजित तण्डुकार, महासचिवमा रत्न बहादुर घिमिरे, सचिवमा धनबिर श्रेष्ठ, कोषाध्यक्षमा सुनिल श्रेष्ठ, सह–कोषाध्यक्षमा अशोक पौडल चयन गरेको छ । त्यस्तै सदस्यहरुमा कविन लामा मोक्तान, उषा गुरुङ्ग, अन्जु चाम्लिङ्ग, धन बहादुर विक र रमेश श्रेष्ठ रहेका छन् ।
 
साधारण सभामा चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सम्वृद्ध मुलुक निर्माणमा व्यवसायीको ठूलो भूमिका रहने बताए । व्यवसायीलाई कर तिर्ने वातावरण सृजना गरि दिन सरकारलाई आग्रह गर्दै उनले भने,“व्यक्ति विशेषका लागि कानून बनेको छ, समग्र व्यवसायीका लागि कानून बन्नुप¥यो,” संघको सातौ साधारण सभाका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले व्यवसायीलाई कर तिर्न सहजीकरण नभएको बताउँदै बिल दिने र लिने व्यवस्था तत्काल मिलाईदिन राज्यलाई आग्रह गरे । उनले भन्सारले छुटाएको सामानलाई राजश्व अनुसन्धानले पुनः अनुसन्धान गर्न आवश्यक नरहेको बताए । व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न भन्सार सहजीकरणको लागि वैज्ञानिक प्रणाली अनुसार बस्तुको मुल्यांकन भन्सार दर कायम गर्नुपर्ने बताए ।
 
अध्यक्ष श्रेष्ठले व्यवसायीहरु हक अधिकार प्राप्तिको लागि एक हुनुको विकल्प नभएको बताउँदै सबै व्यवसायीहरुलाई एक हुन आग्रह गरे । मुलुक संघियतामा गईसकेकाले समय अनुसार व्यापार व्यवसाय गर्नुपर्ने बताए ।
 
कार्यक्रममा करसेवा कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत शिसिर घिमिरेले सबै व्यवसायी तथा करदाताहरुलाई सहकार्य गर्दै अघि बढ्ने बताए । उनले संघिय राज्यमा अर्थतन्त्र व्यवस्थापनमा चुनौति रहेको बताउँदै व्यवसायीलाई मर्यादित र जिम्मेवार भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरे । व्यक्ति भन्दा मुलुक बलियो र सम्वृद्ध हुनु पर्ने तर्क गर्दै उनले खरिद बिक्रीका कागजात व्यवस्थित गरि करको दायरामा रहि व्यवसाय सञ्चालन कर सेवा कार्यालयलाई सहजीकरणको भूमिका खेलिदिनु हुुन व्यवसायीलाई आग्रह गरे ।
 
सिभिल मल व्यापार संघका अध्यक्ष एवं सभाका सभापति बिजय मर्हजनले व्यवसायीहरु एक हुनुको विकल्प नरहेको बताउँदै सबै व्यवसायीहरुलाई आफ्ना व्यवसायीक हक अधिकार र लक्ष्य प्राप्तिका लागि एकिकृत हुनु आजको आवश्यकता भएको बताए । उनले भने,‘ राज्यको नियम कानून अनुसार कर तिर्नु व्यवसायीको दायित्व हो । यसको हामी तयार छौं । राज्यले सहज वातावरण बनाउनु पर्छ ।’
 
कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले देशमा देश वर्षे द्वन्द, दैविप्रकोप, राजनीतिक अस्थिरताले गर्दा मुलुकले आर्थिक विकासमा फड्को मार्न नसकेको बताउँदै अब आर्थिक सम्वृद्धिको विकल्प नभएको बताए । उनले व्यवसायीहरु एक हुनु आवश्यक भएकाले साना व्यवसायीहरुको राष्ट्रिय महासंघ स्थापना गर्नु परेको बताउँदै सबै व्यवासायीलाई एक ढिक्का हुन आग्रह गरे । उनले राज्य वैदेशिक रोजगार र रेमिट्यान्सको भरमा ढुक्क हुनु कदापी राम्रो नभएको बताउँदै उनले वैदेशिक रोजगारको गन्तव्य मुलकहरुमा कुनै घटना घटेको अवस्थामा अर्थतन्त्रमा ठूलो धक्का पर्ने बताए ।
 
कार्यक्रममा सिभिल मलका महाप्रबन्धक विश्व प्रकाश मास्केले शुभकामना दिएका थिए । संघका महासचिवले स्वागत मनतव्य दिएका थिए । कार्यक्रममा विभिन्न व्यवसायी तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । वि।सं २०६७ मा व्यवसायीको हक र हितका लागि स्थापित संघमा हाल १७० व्यवसायी आबद्ध छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   महासंघको उपाध्यक्षमा सेढाइ
2.   विओएन ट्राभलले मनायो १० औं वार्षिकोत्सव
3.   राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्षमा सेढाईको दावी
4.   ठूला भनाउँदा व्यवसायीले सबैको मुद्धा नउठाउँदा बन्यो महासंघ
5.   हिमालय सीमापार बाणिज्य संघमा पौडेल प्यानल बिजयी
6.   हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा पौडेलको उम्मेदवारी
7.   आईएमई पे को 'बी टु बी' सेवा शुरु
8.   दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमालरेमिट सेवा शुभारम्भ
9.   जेएमई रेमिटको सेन्चुरी बैंक र कन्काई बिकास बैंकसँग रेमिट्यान्स सम्झौता
10.   राष्ट्रिय ब्यवसायी महासंघको पहिलो महाधिवेशन फागुन ५ गते हुदै
11.   नेपाल मेडिसिटी र बुद्ध एयरबीच सहकार्यका लागि सम्झौता
12.   आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता
13.   बेष्ट रेमिट अब जिएमई
14.   वार्षिकोत्वसको अवसरमा टेलिकमको छुटैछुट
15.   सिद्धार्थ बैंकको बेनी शाखा शुभारम्भ
16.   सिभिल मल व्यापार संघको अधिवेशन सम्पन्न, अध्यक्षमा महर्जन निर्विरोध
17.   दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न
18.   राष्ट्रिय अर्थतन्त्रसँग जोडिएर लगानी गर्न राष्ट्र बैंकको निर्देशन
19.   अनिल शाह नबिलमा, सिइओ बन्न नियमले रोकेपछि डेपुटी सिइओमा नियुक्त
20.   बेलायती लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक
21.   सहकारीलाई स्थानीय तह मातहत ल्याउन अलमल
22.   ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम
23.   महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण
24.   साकुरा सेभिङ्ग एण्ड क्रेडिटको प्रधान कार्यालय चुच्चेपाटीमा उद्घाटन
25.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
Results 816: You are at page 1 of 33
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media