मंगलवार, फाल्गुन ०८ गते, २०७४
आइतवार, २०७४ माघ २१ गते २३:४२

काठमाडौंको भृकुटीमण्डपमा आयोजित दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न भएको छ । दुई दिनसम्म संचालित एक्स्पोमा करिब ५५ हजारले अवलोकन गरेका छन् । एक्स्पोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था, बीमा कमपनी, युवा स्वरोजगार कोष, नागरिक लगानी कोष लगायतका जम्मा ५० वटा स्टलहरु राखिएका थिए ।
 
नेपाल राष्ट्र बैंकको मूख्य प्रवद्र्धन, बीमा समितिको सहकार्य र नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ, माइक्रोफाइनान्स बैंकर्स संघ र नेपाल क्लियरिङ हाउसको साझेदारीमा मिडिया इन्टरनेशनलले आयोजना गरेको बैंकिङ एक्स्पो शनिबार सम्पन्न भएको हो । 
 
समापन समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले पछिल्लो समय थप गरिएका बीमा कम्पनीहरुका कारण मुलुकमा रोजगारी बढाउन विशेष महत्व पुगेको बताए ।
 
उनले चालु आर्थिक वर्षदेखि बीमा व्यवसाय शुरु गरेका कम्पनीबाट २ हजार भन्दा बढी नागरिकले प्रत्यक्ष र हजारौ नागरिकले अप्रत्यक्ष रुपमा रोजगारी पाएको दावी समेत गरे ।
 
कार्यक्रममा नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएसनका अध्यक्ष एवम् छिमेक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले बीमाको पहुँच वृद्धिमा माइmक्रोफाइनान्सको भूमिका समेत महत्वपूर्ण भएको बताए । त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्रीले बीमा साक्षरताको कमीकै कारण सोचे अनुरुप बीमाको पहुँच विस्तार हुन नसकेको धारणा राखे । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   महासंघको उपाध्यक्षमा सेढाइ
2.   विओएन ट्राभलले मनायो १० औं वार्षिकोत्सव
3.   राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्षमा सेढाईको दावी
4.   ठूला भनाउँदा व्यवसायीले सबैको मुद्धा नउठाउँदा बन्यो महासंघ
5.   हिमालय सीमापार बाणिज्य संघमा पौडेल प्यानल बिजयी
6.   हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा पौडेलको उम्मेदवारी
7.   आईएमई पे को 'बी टु बी' सेवा शुरु
8.   दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमालरेमिट सेवा शुभारम्भ
9.   जेएमई रेमिटको सेन्चुरी बैंक र कन्काई बिकास बैंकसँग रेमिट्यान्स सम्झौता
10.   राष्ट्रिय ब्यवसायी महासंघको पहिलो महाधिवेशन फागुन ५ गते हुदै
11.   नेपाल मेडिसिटी र बुद्ध एयरबीच सहकार्यका लागि सम्झौता
12.   आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता
13.   बेष्ट रेमिट अब जिएमई
14.   वार्षिकोत्वसको अवसरमा टेलिकमको छुटैछुट
15.   सिद्धार्थ बैंकको बेनी शाखा शुभारम्भ
16.   सिभिल मल व्यापार संघको अधिवेशन सम्पन्न, अध्यक्षमा महर्जन निर्विरोध
17.   दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न
18.   राष्ट्रिय अर्थतन्त्रसँग जोडिएर लगानी गर्न राष्ट्र बैंकको निर्देशन
19.   अनिल शाह नबिलमा, सिइओ बन्न नियमले रोकेपछि डेपुटी सिइओमा नियुक्त
20.   बेलायती लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक
21.   सहकारीलाई स्थानीय तह मातहत ल्याउन अलमल
22.   ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम
23.   महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण
24.   साकुरा सेभिङ्ग एण्ड क्रेडिटको प्रधान कार्यालय चुच्चेपाटीमा उद्घाटन
25.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
Results 816: You are at page 1 of 33
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media