मंगलवार, फाल्गुन ०८ गते, २०७४
नेतृत्वमा सहमतिको प्रयास जारी
शनिवार, २०७४ माघ १९ गते ००:१३

नेकपा एमाले समर्थित मेनपावर व्यवसायीहरुको साझा संस्था प्रगतिशील वैदेशिक रोजगार ब्यावसायी मञ्च नेपालको साधारणसभा तथा चौथो अधिबेशन राजधानीमा शुरु भएको छ । साधारणसभा पश्चात नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले यस अधिबेशनलाई महत्वका साथ हेरिएको छ । 
 
नेकपा एमालेका नेता तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्तामा शुरु भएको महाधिबेशनको बिशेष अतिथि पूर्व गर्भनर युवराज खतिवडा रहेका छन् । महाधिबेशनमा एमालेका अध्यक्ष वा शिर्ष नेता प्रमुख अतिथि ल्याउनु पर्नेमा मञ्चले पूर्व अर्थमन्त्रीलाई मात्र निम्त्याउन सक्नुमा धेरैले आश्चर्य मानेका छन् । 
 
बिहान ९ बजे नै कार्यक्रम शुरु गर्ने भनिएता पनि झण्डै ३ घण्टा ढिला गरेर शुरु भएको महाधिबेशनको रौनता भन्दा पनि नेतृत्व आफ्नो पक्षमा पार्नका लागि नै केन्द्रित भएको देखिन्थ्यो ।   

 
यता नेकपा एमालेले मञ्चको नयाँ नेतृत्व चयन सहमतिमा गर्न निर्देशन दिएको मञ्चका अगुवाहरु बताउँँछन् । मञ्चको आगामी अध्यक्षका लागि हालका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री र मञ्चकै सल्लाहकार रहेका चित्रगुप्त साँवा लिम्बुबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पार्टीले सर्वसम्मत नेतृत्व चयनकालागि निर्देशन दिएपछि एक जनाले अध्यक्षको आकांक्षा त्याग्नु पर्ने भएको छ ।
 
सहमतिका लागि साँवाको नाम अगाडि आएपछि पाण्डे पक्ष निकै रुष्ट भएको छ । पाण्डे सहमति भए सहमति अनुसार नभए लोकतान्त्रिक परिपाटी अनुसार नेतृत्व छानिनु पर्ने भन्दै निर्वाचनमा जानुपर्ने अडान राखिरहेका छन् । 

 
मञ्चको नेतृत्वमा १ अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, दुई जना उप–महासचिव, ७ जना सचिव गरी ३१ देखि ४१ सदस्यीय हुने भएको छ । अध्यक्ष बाहेक अन्य पदमा भने सहमति हुने मञ्चका सल्लाहकारको भनाई छ ।

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
2.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
3.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
4.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
5.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
6.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
7.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
8.   निगमको संरचना परिवर्तन गरिँदै
9.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
10.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
11.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
12.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
13.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
14.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
15.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
16.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
17.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
18.   जापानले ३२ करोड आर्थिक साहयता दिने
19.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
20.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
21.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
22.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
23.   सुरक्षित घर अभियान सुरु
24.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
25.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
Results 652: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media