मंगलवार, फाल्गुन ०८ गते, २०७४
मंगलवार, २०७४ माघ १६ गते २३:३७

०७५ वैशाख २८ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'लम्फू’को अडियो गीतहरु सार्वजनिक भएका छन् । युट्युबमार्फत फिल्ममा समावेश फिल्मका चारवटा गीत सार्वजनिक गरिएको हो । सार्वजनिक चारवटै 'सँगै जिउने सँगै मर्ने', 'तिम्लाई भुलेर', 'दोधार दोधारमा' र 'सुको छैन यार' बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

दिग्गज धौलारीको शब्द रहेको 'सँगै जिउने सँगै मर्ने' बोलको गीतमा अप्सरा घिमिरे र सुरेश लामाको स्वर दिएका छन् । 'तिम्लाई भुलेर' बोलको गीतमा प्रमोद खरेलको स्वर तथा युवराज सापकोटाका शब्द समावेश छ । 'सुको छैन यार' बोलको गीतमा शिव परियारको स्वर तथा प्रमोद ढुंगानाका शब्द छन् । त्यस्तै, 'दोधार दोधारमा' बोलको गीतमा दुर्गा खरेलले स्वर दिएकी छन् भने नरेश भट्टराईले शब्द लेखेका छन् । 
 
गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’मा सलोन बस्नेत, कविर खड्का, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, कुसुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । तरकारीवालीको नामले चर्चामा आएकी कुसुम श्रेष्ठ र कवीर खड्काले यसै फिल्मबाट डेब्यु गर्दैछन् ।

पपुलर मल्टिमिडियाको ब्यानरमा निर्माण भएको फिल्ममा शक्ति बल्दब घोरासैनीको लगानी रहेको छ । भूपतिको लेखन रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन रहेको छ ।
 
 







प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
151.   मापसेको कक्षापछि दीपकले लाइसेन्स लिए, डीआईजीलाई ‘तीतो सत्य’मा निमन्त्रणा
152.   नम्रताले खोलिन नयाँ प्रेमिको रहस्य
153.   प्रहरीले झुक्यायो : दिपकराज गिरी
154.   अनमोलले फिल्म खेल्छ, म राजनीति गर्छु:केसी
155.   यौनकाण्डमा मुछिएका भारतीय बाबाहरु
Results 155: You are at page 7 of 7
First Prev 1 2 3 4 5 6 7

Powered By : Unitech Media