मंगलवार, फाल्गुन ०८ गते, २०७४
मंगलवार, २०७४ माघ १६ गते २३:३७

०७५ वैशाख २८ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'लम्फू’को अडियो गीतहरु सार्वजनिक भएका छन् । युट्युबमार्फत फिल्ममा समावेश फिल्मका चारवटा गीत सार्वजनिक गरिएको हो । सार्वजनिक चारवटै 'सँगै जिउने सँगै मर्ने', 'तिम्लाई भुलेर', 'दोधार दोधारमा' र 'सुको छैन यार' बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

दिग्गज धौलारीको शब्द रहेको 'सँगै जिउने सँगै मर्ने' बोलको गीतमा अप्सरा घिमिरे र सुरेश लामाको स्वर दिएका छन् । 'तिम्लाई भुलेर' बोलको गीतमा प्रमोद खरेलको स्वर तथा युवराज सापकोटाका शब्द समावेश छ । 'सुको छैन यार' बोलको गीतमा शिव परियारको स्वर तथा प्रमोद ढुंगानाका शब्द छन् । त्यस्तै, 'दोधार दोधारमा' बोलको गीतमा दुर्गा खरेलले स्वर दिएकी छन् भने नरेश भट्टराईले शब्द लेखेका छन् । 
 
गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’मा सलोन बस्नेत, कविर खड्का, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, कुसुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । तरकारीवालीको नामले चर्चामा आएकी कुसुम श्रेष्ठ र कवीर खड्काले यसै फिल्मबाट डेब्यु गर्दैछन् ।

पपुलर मल्टिमिडियाको ब्यानरमा निर्माण भएको फिल्ममा शक्ति बल्दब घोरासैनीको लगानी रहेको छ । भूपतिको लेखन रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन रहेको छ ।
 
 







प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
126.   ओमानमा बुद्ध भिजनको साँगीतिक कार्यक्रममा नेपाली झुम्दै
127.   नीर शाहद्धारा ‘सेतो बाघ’ चलचित्रको घोषणा
128.   कामनाले सिजी फिल्मस् एवार्ड गर्ने
129.   ‘जुठिएको सिउँदो’ को म्यूजिक भिडियो सार्वजनिक (गीतको भिडियो सहित)
130.   पन्नाकाजीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
131.   बरिष्ठ निर्देशक रेग्मीको निधन
132.   निर्माता तथा निर्देशक तामाङको मलेसियामा निधन
133.   नारायणगोपालले भने: ‘यी, तिम्रो खैनीको बट्टा’
134.   एक सय हलबाट लोफर
135.   अनु र रुपालाई देखाएर चल्ला त ‘बर्दी’ ?
136.   योजनाको “मनै त हो”
137.   ‘छ एकान छ’ पौष २६ गतेबाट प्रदर्शनमा आउदै
138.   शान्तिका लागि नेपथ्यको यात्रा
139.   निर शाह काङ्ग्रेसको प्रचारमा, फिल्मकर्मीलाई प्रचण्डको अनुरोध
140.   अमेरिकामा दसैँ-तिहार शुभकामना कार्यक्रममा
141.   कोलोराडो बाढी पीडित नेपालीका लागि सहयोग संकलन
142.   आर्यनको लगन गाठो सपनासंग बाँधिने
143.   संचारकर्मीलाई उपचारका लागि डकुमेन्ट्री प्रदर्शन, १ लाख संकलन
144.   सम्मान पाएपछि रोए भक्तराज
145.   संजय दत्तलाई छुट्टी
146.   मिस वर्ल्डको फाइनलमा इशानी
147.   भुवनको भिडन्त प्रकाशमान संग
148.   डि सिने अवार्ड : उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक
149.   समयसँगै देश दौडाहामा
150.   कलाकार उठाएर भोट बढाउने मेसोमा दलहरु
Results 155: You are at page 6 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media