मंगलवार, फाल्गुन ०८ गते, २०७४
मंगलवार, २०७४ माघ १६ गते २३:३७

०७५ वैशाख २८ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'लम्फू’को अडियो गीतहरु सार्वजनिक भएका छन् । युट्युबमार्फत फिल्ममा समावेश फिल्मका चारवटा गीत सार्वजनिक गरिएको हो । सार्वजनिक चारवटै 'सँगै जिउने सँगै मर्ने', 'तिम्लाई भुलेर', 'दोधार दोधारमा' र 'सुको छैन यार' बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

दिग्गज धौलारीको शब्द रहेको 'सँगै जिउने सँगै मर्ने' बोलको गीतमा अप्सरा घिमिरे र सुरेश लामाको स्वर दिएका छन् । 'तिम्लाई भुलेर' बोलको गीतमा प्रमोद खरेलको स्वर तथा युवराज सापकोटाका शब्द समावेश छ । 'सुको छैन यार' बोलको गीतमा शिव परियारको स्वर तथा प्रमोद ढुंगानाका शब्द छन् । त्यस्तै, 'दोधार दोधारमा' बोलको गीतमा दुर्गा खरेलले स्वर दिएकी छन् भने नरेश भट्टराईले शब्द लेखेका छन् । 
 
गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’मा सलोन बस्नेत, कविर खड्का, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, कुसुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । तरकारीवालीको नामले चर्चामा आएकी कुसुम श्रेष्ठ र कवीर खड्काले यसै फिल्मबाट डेब्यु गर्दैछन् ।

पपुलर मल्टिमिडियाको ब्यानरमा निर्माण भएको फिल्ममा शक्ति बल्दब घोरासैनीको लगानी रहेको छ । भूपतिको लेखन रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन रहेको छ ।
 
 







प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
26.   सफलमान र कट्रिना फेरि रोमान्स गर्दै, देखिए अष्ट्रेलियामा
27.   हिन्दी गीतमा स्वस्तीमा र कर्माको जोडी
28.   ‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)
29.   शोकलाई शक्तिमा बदल्दै अन्तत श्वेता फर्कीइन फिल्मी दुनियामा
30.   उज्यालो उत्सव २०७३को तयारी पुरा
31.   रहेनन् कलाकार रामशेखर नकर्मी
32.   ८९ औं अस्कर अवार्डमा 'ला ला ल्याण्ड'को वर्चस्व, 'मुनलाइट' उत्कृष्ट
33.   गायक प्रकाश ओझा पक्राउ, १० वर्षको लागि जेल चलान
34.   एञ्जलले चुमिन 'किन्डर गार्टेन ग्लोरी नेपाल २०१७' को शिर्ष उपाधि
35.   एपी वान टेलिभिजनले सुरु गर्दै 'नेपाल आइडल'
36.   भारतमा ‘भाग्यले बाँचेकाहरु’लाई अवार्ड
37.   यो हप्ता बिहीबारै लागे तीन नयाँ फिल्म, कस्ले मार्ला बाजि ? (चलचित्रको प्रोमोसहित)
38.   बलिउड अभिनेता ओम पुरीको निधन
39.   विराट र अनुष्काको इनगेजमेन्ट नयाँवर्षमा हुदै
40.   निशा र सन्तोषलाई नारायणगोपाल युवा सङ्गीत पुरस्कार
41.   ‘अल्लारे’ मार्फत फर्किए दीपक बज्राचार्य (भिडियोसहित)
42.   ‘लास्ट क्रिसमस’ का गायक जर्ज माइकलको क्रिसमसमै निधन
43.   रेखाको 'तिमी बिना' गीत सार्वजनिक (भिडियोसहित )
44.   दुवईमा भव्यरुपमा सम्पन्न भयो नेफ्टा अवार्ड, दयाहाङ र नम्रता सर्वोत्कृष्ट
45.   पोर्टो रीकोकी स्टेफनी भइन् ‘विश्व सुन्दरी’
46.   वरिष्ठ संगीतकार सिंहको ‘बादलभित्र जुन’ सार्वजनिक
47.   कामना अवार्डमा उत्कृष्ट अभिनेता–अभिनेत्री सौगात र नम्रता, चलचित्रमा “पशुपति प्रसाद”
48.   चलचित्र पुरानो डुङ्गाको प्रिमियर सम्पन्न
49.   सौगात मल्ल अभिनित चलचित्र 'शब्द'को टीजर र गीत सार्बजनिक
50.   खसी कुखुराको कथा
Results 155: You are at page 2 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media