मंगलवार, फाल्गुन ०८ गते, २०७४
मंगलवार, २०७४ माघ १६ गते २२:३७

आज शहीद दिवस, प्रजातन्त्र स्थापना एवं पुनःस्थापना र विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाइँदैछ । रत्नपार्क शान्तिवाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिने सहीद सप्ताह मुल समारोह समितीले जनाएको छ । 
 
दिवसको अवसरमो बिहान काठमाडौमा प्रभातफेरी,  दिउँसो ‘प्रथम शहीद’ लखन थापादेखि पछिल्ला लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने ज्ञातअज्ञात शहीदका सम्झनामा काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेग गोकर्णेश्वरमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकमा कार्यक्रम गरिनेछ । 
 
हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताहको रुपमा मनाउने गरिन्छ । नागरिक स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचली, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएको थियो । 
 
सहिद दिवसको अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले न्याय र समानतामा आधारित आर्थिक समृद्ध, समतामूलक समाज निर्माण गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको योगदानको प्रतिफलस्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको बताउनु भयो । शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत र सुदृढ गर्दै समुन्नत राष्ट्र निर्माण गर्न सकेमा मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ । 
 
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद पार्कमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमूख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहीद सप्ताह मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा लौनचौरमा रहेको शहीद पार्कमा पुगी ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।
 
कार्यक्रममा सुरक्षा निकायका प्रमुख, रक्षामन्त्री, कामपाका प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको सहभागिता रहेको थियो । सभाका एक सहभागी रेश्मा शाक्यले जुन कारणले शहीदले आफ्नो शरीरलाई बलिदान गरे त्यस किसिमको भावना बुझ्न नसकेसम्म उनीहरुप्रतिको सच्चा सम्मान नहुने बताउनुभयो ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
2.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
3.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
4.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
5.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
6.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
7.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
8.   निगमको संरचना परिवर्तन गरिँदै
9.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
10.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
11.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
12.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
13.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
14.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
15.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
16.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
17.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
18.   जापानले ३२ करोड आर्थिक साहयता दिने
19.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
20.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
21.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
22.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
23.   सुरक्षित घर अभियान सुरु
24.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
25.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
Results 652: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media