सोमवार, जेष्ठ ०७ गते, २०७५
मंगलवार, २०७४ माघ १५ गते ०१:२५

संघीय संरचना अनुसार सहकारी संस्थाहरू सञ्चालनको सम्पूर्ण अधिकार स्थानीय तहबाट हुने भनिए पनि त्यसो हुन नसक्दा देशभर खुलेका हजारौं सहकारी संस्था प्रभावित भएको ती संस्थाका अधिकारीहरूले बताएका छन् ।
 
केन्द्रबाट अधिकार हस्तान्तरण गर्न तथा स्थानीय तहमा कार्यालय व्यस्थापन गर्न कम्तीमा दुई महिना लाग्ने अधिकारीहरूले बताएका छन् । केन्द्रबाट नयाँ काम रोकिनु तर स्थानीय तहमा शुरु नै नहुँदा नयाँ दर्ता र आर्थिक हिसाब बुझाउने जस्ता कामहरू प्रभावित हुने अधिकारीहरूको भनाइ छ ।
 
संघीय व्यवस्थाले सहकारी सम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएकोले हाल सञ्चालित ३८ डिभिजन सहकारी कार्यालयले नयाँ काम नगरेको जनाएको छ ।
 
तर स्थानीय निकायले भने काम शुरू गरिसकेको देखिएको छैन । खासगरी कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन र नयाँ कानुन समेत बनाउनु पर्ने हुनाले केही अलमल भइरहेको स्थानीय अधिकारीहरू बताउँछन् ।
 
सिन्धुपाल्चोकको भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसी भन्छन्,'पाएको अधिकार यो भएन वा त्यो भएन भनेर नगर्ने भन्दा पनि हामी जसरी पनि बाधा अड्काउ फुकाउ गर्दै भएका कर्मचारीबाट व्यवस्थापन गरेर गर्देछौं ।'
 
देशभर ३४ हजार भन्दा बढी बचत तथा ऋण सहकारी संस्था छन्। र, हरेक वर्ष हजारदेखि १५ सयको हाराहारीमा दर्ता हुने गरेको सहकारी विभागको तथ्यांक छ। ती सबै सहकारीहरूलाई अब तहगत रूपमा छुट्याउने प्रक्रियाले समय लिनसक्ने बताइएको छ ।
 
सहकारी विभागका उपरजिस्ट्रार नारायणप्रसाद ज्ञवाली भन्छन्, 'स्थानीय तहको अधिकार क्षेत्र भित्र पर्ने हुनाले काम यता गरिएको छैन । हामीले केही कुराहरू बुझाउनुपर्ने छन् । ती बाँकी रहेकोले स्थानीय सरकारले पनि कामको गति बढाउन नसकेको हो ।'
 
सम्भावित अन्योल हटाउन नमूना कानून बनाइ देशभर प्रशिक्षण दिने तयारीमा सहकारी तथा गरिबी निवारण मन्त्रालय देखिन्छ । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भने, 'संविधानको प्रतिकुल नहुने गरी प्रत्येक प्रदेश र स्थानीय तहले पनि सहकारी सम्बन्धी कानून बनाउन सक्छ । यसको लागि अब हामीले नमुना कानून बनाएर क्षमता अभिवृद्धिको कार्यक्रम अगाडि बढाएका छौं । देशभरको कानूनमा एकरूपता आवश्यक छ ।'
 
अधिकार हस्तान्तरण प्रक्रियाले समय लिए त्यसले देशभरका सहकारी संस्थाको आर्थिक हिसाब बुझाउने प्रक्रियामा पनि असर पर्ने बताइएको छ । 
- बिबिसी नेपाली सेवाबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन, सेनाले आजै हस्तान्तरण गर्ने
2.   नौ महिनामा रेमिट्यान्स आम्दानी साढे पाँच खर्ब पुग्यो
3.   नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
4.   हिमालयन बैंकका दुई नयाँ शाखा सञ्चालनमा
5.   आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता
6.   प्रभु बैंकका चार नयाँ शाखा सञ्चालनमा
7.   टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, देशकै तेस्रो ठूलो बैंक बन्यो मेगा बैंक
8.   आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बीच च नगद रहित सेवा सम्झौता
9.   हिरोको नयाँ ग्ल्यामर मोटरसाइकल र ड्युओट स्कुटर बजारमा
10.   सिटी एक्सप्रेस र अल मुजैनीबीच रेमिट्यान्स सेवा सुरु
11.   एभरेष्ट बैंकले मायादेवी मन्दिरमा गर्‍यो खानेपानी व्यवस्थापन
12.   मेगा बैंकको सञ्चालन मुनाफा बढ्यो, खुद मुनाफा घट्यो
13.   नेपालभर ४ खर्ब ७३ अर्बको नोट बजारमा, एक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा भित्रियो
14.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
15.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
16.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
17.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
18.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
19.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
20.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
21.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
22.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
23.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
24.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
25.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
Results 855: You are at page 1 of 35
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media