मंगलवार, फाल्गुन ०८ गते, २०७४
सोमवार, २०७४ माघ १४ गते ००:५९

रामप्रसाद ढुंगेल/ यूएई । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) यूएईले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आफ्नो पूर्वघोषित कार्यक्रम अनुसार जनवरी महिनालाई स्वास्थ्य महिनाको रुपमा मनाउन २६ तारिखमा यूएईका दुई शहरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
 
यूएईको राजधानी अबुधाबी र अबुधाबी अन्तर्गतकै अलऐन शहरमा नेपाली लक्षित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको संघका प्रवक्ता मुन क्षेत्रीले जानकारी दिए ।
 
एनआरएनए युएईको आयोजना र अहलिया अस्पताल अबुधाबीको समन्वयमा युएईको अबुधाबीमा निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न भएको हो । उक्त शिविरमा करिब २ सयभन्दा बढी नेपालीहरुले निःशुल्क स्वास्थ्य जाँच गराएको हो ।
 
करिब तीन सय जना सहभागी भए पनि समय अभावका कारण बाँकी रहका करिब १ सय नेपालीहरुलाई सोही अस्पतालले आगामी हप्ता निःशुल्क स्वास्थ्य परीक्षण गराउने कार्यक्रम रहेको छ ।
 
अलऐनको अन्नपूर्ण ट्राभलमा आयोजित कार्यक्रममा मेडिकेयर हस्पिटलको सहकार्यमा भएको शिविरमा १०२ जनाले निःशुल्क स्वास्थ्य शिविरमा भाग लिएको संघका प्रवक्ता क्षेत्रीले जानकारी दिएका छन् । उक्त शिविरमा रगत परीक्षण, इसीजी, महुमेह एक्स(रे, लगायत अन्य बिरामीहरुको निःशुल्क जाँच भएको थियो ।
 
अबुधाबीको शिविरमा नेपाली राजदूतावास अबुधाबीका द्वितीय सचिव कृष्णप्रसाद अर्याल, श्रम काउन्सुलर भेषबहादुर कार्की लगायतका एनआरएन अभियन्ता समेतको बाक्लो उपस्थिति रहेको थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
2.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
3.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
4.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
5.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
6.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
7.   एनआरएनएको अस्तित्व संकटमा
8.   एनआरएनले बनाउने भयो सिन्धुलीगढी
9.   एनआरएनएमा मनोमानी लाद्न ‘राना आउट, दवाडी इन’
10.   एनआरएनए मलेसियाबारे भ्रम फैलाउनेलाई अध्यक्ष न्यौपानेको चुनौती
11.   एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी
12.   एनआरएनए स्वीडेनले सुरु गर्‍यो ‘चाइल्ड टु चाइल्ड’ अभियान, रोल्पाका विद्यार्थीलाई राहत
13.   एनआरएनए अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की
14.   एनआरएनएले पायो पूर्णता, ५१ सदस्यीय मानार्थ परिषद थपियो
15.   दुई बर्षमा एनआरएनएले गर्ने कार्य योजना प्रस्तुत गर्दै सचिव क्षेत्री
16.   एनआरएनए अमेरिकाद्धारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु
17.   एनआरएनए कतारका युवा संयोजक केसीद्धारा स्वास्थ्य चौकीलाई ४ लाख सहयोग
18.   एनआरएनएका सह–कोषाध्यक्ष सापकोटा सद्भावना दूत
19.   एनआरएनए अमेरिकामा नै विवादमा आएका जोशीले कसरी जिते ?
20.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्मा भारि मतले बिजयी, उपसंयोजकमा गुरुङ र कडेल निर्विरोध
21.   एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी (मतपरिणामसहित)
22.   एनआरएनए नेतृत्वका लागि भट्ट र घलेबीच भीडन्त, निर्वाचन मध्यान्हबाट सुरु हुदै, साझसम्म परिणाम आउने
23.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा श्रेष्ठको जित सुनिश्चित बन्दै
24.   मध्यपूर्व क्षेत्रीय संयोजकमा शर्मालाई समर्थन गर्दै गिरीको उम्मेदवारी फिर्ता
25.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको दावेदारी, को हुन श्रेष्ठ ?
Results 388: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media