मंगलवार, फाल्गुन ०८ गते, २०७४
सोमवार, २०७४ माघ १४ गते ००:०६

भ्रष्टाचारको आरोपमा गत नोभेम्बरमा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएका छन् । गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुमाथि कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त भएको समाचारमा जनाइएको छ ।
 
अर्बपति राजकुमार तलालका साथै त्यस समय पक्राउ परेका अन्य केही शक्तिशाली व्यक्तिहरू पनि थुनामुक्त भएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ । गएका केही हप्तायतादेखि उनीहरुमाथिका अभियोगको छानबीन गरी कतिपयलाई थुनामुक्त गरिएको बताइएको छ । भ्रष्टाचारको अभियोगपछि थुनामुक्त हुने पछिल्लो शक्तिशाली व्यक्तिमा राजकुमार तलाल रहेका छन् ।
 
उनलार्इ राजधानी रियादको एक सुविधासम्पन्न होटलमा थुनामा राखिएको थियो । पछि उनीमाथिको अभियोग प्रमाणित नभएको भनी मुक्त गरिएको बताइएको छ ।
 
उनले आफूविरुद्ध कुनै अभियोग नलगाइएको बताउँदै आएका थिए। थुनामुक्त भएपछि उनले युवराज मोहमद बिन सलमानको भ्रष्टाचारविरोधी कदमको आफूले समर्थन गर्ने बताएका छन् ।
 
राजकुमार तलाल साउदी अरेबियाका वर्गका व्यक्ति मध्ये पर्दछन् । युवराज मोहमदले आफू सत्तामा आएपछि शक्ति सुदृढ गर्नका लागि आफ्ना विरोधीहरुलाई तह लगाउन सो भ्रष्टाचार विरोधी कारबाही अभियान चलाएको आरोप लगाइएको थियो ।
 
राजकुमार तलालजस्तै जस्तै जेलबाट छुटेका मध्ये कतिपयको आरोप प्रमाणित नभएको र कतिपय धरौटीमा छुटेको बताइएको छ ।  (रासस/एएफपी) 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
2.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
3.   कात्तिके देउराली समाज कोरियामा गौतम
4.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
5.   साउदीको जजानमा नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच
6.   सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागीता
7.   बेल्जियम एक्स्पोमा नेपालको पनि स्टल
8.   कुवेतमा अवैध आप्रवासी कामदारका लागि २५ दिने आममाफि सुरु
9.   जनसम्पर्क समिति ओमानमा पोखरेल
10.   साउदी राजकुमार तलाल थुनामुक्त
11.   दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ४१ को मृत्यु
12.   मलेसियामा तेश्रो हिमालयन गोल्ड कप फुटबल हुँदै
13.   सडक दुर्घटनामा परी जापानमा एक नेपालीको मृत्यु, १ जना गम्भीर
14.   चौलागाईको अध्यक्षतामा नेपाल कतार विजिनेश एशोसिएशन गठन
15.   तामाङ सोसाइटी अमेरिकाको अध्यक्षमा भरत मोक्तानको दावी
16.   मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर प्रदान
17.   साउदी सरकारको नियमको स्वागत
18.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
19.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
20.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
21.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
22.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
23.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
24.   मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु
25.   हङकङ सरकारद्धारा नेपाली चेली गुरूङ सम्मानित
Results 366: You are at page 1 of 15
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media