मंगलवार, फाल्गुन ०८ गते, २०७४
पिएनसिसी र एनआरएनएले ग¥यो रकम हस्तान्तरण
सोमवार, २०७४ माघ ०७ गते ०४:१६

साउदी अरबमा चार वर्षदेखि जेल जीवन बिताइरहेका नवलपरासी, मध्यबिन्दुका थानेश्वर भुसालको जीवनरक्षाका लागि आवश्यक रकम ‘ब्लड मनी’ जुटेको छ । भुसाललाई जेलमुक्त गराउन प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) र गैरआवासीय नेपाली संघले आवश्यक रकम जुटाएका हुन ।
 
पिएनसिसीले भुषाल बचाउ अभियान अन्तर्गत संकलन गरेको २५ लाख ४८ हजार र गैरआवासीय नेपाली संघले १५ लाख ५० हजारको वेग्लावेग्लै चेक नेपाल सरकारका परराष्ट्र सचिव शंकरदास वैरागीलाई हस्तान्तरण गरेको छ । सहयोग रकम लिदै सचिव वैरागीले साउदी अरेवीयाको नेपाली महावाणिज्य दूतावासमा उक्त ब्लड मनी वापत प्राप्त रकम पठाई भुषाललाई जेलबाट रिहा गर्ने प्रक्रिया सुरु गरिने जानकारी दिए ।
 
साउदीमा सवारी चालकका रुपमा कार्यरत भुसालले रोकी राखेको गाडीमा अर्को सवारी साधन आएर ठक्कर खादा दुई जनाको ज्यान गएको थियो । उक्त घटना पछि त्यहाको अदालतले भुसाल र अर्का गाडिका चालकलाई साउदी रियाल ३ लाख (नेपाली करिब ९० लाख) रकम तिर्नुपर्ने र तिर्न नसके आजिवन जेल सजाय भोग्नुपर्ने सजाय सुनाएपछि उनले तिर्नुपर्ने १ लाख ५० हजार रियाल (नेपाली करिब ४५ लाख ) को अभावमा उनी ४ वर्षदेखि साउदी जेलमा सजाय भोगिरहेका थिए ।


 
सहयोग हस्तान्तरण कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कूल प्रसाद कार्की, महासचिव महासचिव सोमा लामिछाने, गैरआवासीय नेपाली संघका सचिव डि.बि क्षेत्री, प्रवक्ता भूषण घिमिरे, एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक किरणविक्रम थापा र सचिवालयका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडीको सहभागिता रहेको थियो ।
 
सहयोग रकम हस्तान्तरण कार्यक्रमपछि गैरआवासीय नेपाली संघको सचिवालयमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा सहयोग रकमको संकलन बारे प्रष्ट पार्दै प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कूल प्रसाद कार्कीले कोषमा देश विदेशबाट गरी रु ४५ लाख ८५ हजार २४३ जुटेकाले अब सहयोग उठाउने कार्य बन्द गरिएको समेत जानकारी दिए ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
2.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
3.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
4.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
5.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
6.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
7.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
8.   निगमको संरचना परिवर्तन गरिँदै
9.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
10.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
11.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
12.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
13.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
14.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
15.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
16.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
17.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
18.   जापानले ३२ करोड आर्थिक साहयता दिने
19.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
20.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
21.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
22.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
23.   सुरक्षित घर अभियान सुरु
24.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
25.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
Results 652: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media