मंगलवार, बैशाख ११ गते, २०७५
सोमवार, २०७४ माघ ०७ गते ००:१५

रामप्रसाद ढुंगेल/ युएई । एनआरएनए युएई अंग्रेजी महिना जनवरीभरि स्वास्थ्य सम्बन्धी गतिविधिमा केन्द्रित रहने भएको छ । जनवरीलाई ‘हेल्थ अवेरनेस मन्थ’ का रुपमा घोषणा गरेको एनआरएनए युएईले पहिलो कार्यक्रमस्वरुप नेपाली दूतावास अबुधाबीमा जनवरी १९ तारिख शुक्रबार रक्तदान कार्यक्रम गरेको छ । 
 
कार्यक्रममा १ सय जनाले रक्तदान गरेको एनआरएनए अबुधाबी क्षेत्रीय समन्वय समितिका अध्यक्ष दुर्योधन कार्कीले जानकारी दिए । अबुधाबीस्थित नेपाली राजदूतावास परिसरमा सञ्चालित खुल्ला रक्तदान कार्यक्रममा ८० पुरुष र २० महिलाले रक्तदान गरेको एनआरएनए युएईका प्रवक्ता मुन क्षेत्रीले बताए ।
 
एनआरएनए राष्ट्रिय समन्वय समितिको आयोजना तथा अबुधाबी क्षेत्रीय समिति र अबुधाबी नेसनल हस्पिटलसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा युएईका विभिन्न सहरमा रहेका नेपालीहरु सहभागी थिए ।
 
विभिन्न पेशा र रोजगारका सिलसिलामा युएईमा रहेका नेपालीहरुको स्वास्थ समस्याहरुको पहिचान, निराकरण, परामर्श तथा सहजीकरण सुविधा निःशुल्क रूपमा उपलब्ध गराउने उद्देश्यले एनआरएनएले स्वास्थ्य जनचेतना सम्बन्धी कार्यक्रम ल्याएको एनआरएनए युएईका उपाध्यक्ष निर्मलकुमार पोखरेलले बताए ।
 
यसैबीच, एनआरएनएको आयोजनामा जनवरी २६ मा एलएन र अबुधाबीमा निःशुल्क स्वास्थ शिविर सञ्चालन हुने भएका छन् । एनआरएन अलएन क्षेत्रीय समितिका अध्यक्ष गोपाल पौडेलले अलएनको अन्नपूर्ण ट्राभलमा आयोजना हुन लागेको स्वास्थ्य शिविरमा सहभागी हुन सबै नेपालीलाई अनुरोध गरेका छन् ।
 
सोही दिन अबुधाबीको अहालिया हस्पिटलमा सर्वसाधारण नेपाली कामदारलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो । यसरी नै अबुधाबीको नेपाल क्युनिटी क्लिनिक, हमदान रोडमा डा. गोपालमान श्रेष्ठको उपस्थितिमा स्वास्थ्य परीक्षण तथा स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गर्ने कार्यक्रम रहेको छ ।
 
युएईका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्य विशेषज्ञहरुको टोलीद्वारा नेपालीहरुलाई निःशुल्क रुपमा सेवा दिने स्वास्थ्य शिविरको लक्ष्य रहेको एनआरएनएले जनाएको छ ।
 
स्वास्थ शिविरमा पूर्ण शारीरिक परीक्षण, रक्तचाप परीक्षण, मधुमेहलगायत पछिल्लो समय नेपालीहरुले भोग्दै आएका विभिन्न रोग र स्वास्थ्य समस्याहरुको निःशुल्क परीक्षण तथा परामर्श सेवा उपलब्ध हुने एनआरएनएले जानकारी दिएको छ ।
 
एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले रक्तदान कार्यक्रममा सहयोग पुर्याउने सम्पूर्ण रक्तदाता, नेपाली संघसंस्थाका प्रतिनिधि, नेपाली राजदुतावास र अबुधाबी नेसनल हस्पिटल, ब्लड बैंकलाई धन्यवाद व्यक्त गरेका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
2.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
3.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
4.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
5.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
6.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
7.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
8.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
9.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
10.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
11.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
12.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
13.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
14.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
15.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
16.   एनआरएनएको अस्तित्व संकटमा
17.   एनआरएनले बनाउने भयो सिन्धुलीगढी
18.   एनआरएनएमा मनोमानी लाद्न ‘राना आउट, दवाडी इन’
19.   एनआरएनए मलेसियाबारे भ्रम फैलाउनेलाई अध्यक्ष न्यौपानेको चुनौती
20.   एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी
21.   एनआरएनए स्वीडेनले सुरु गर्‍यो ‘चाइल्ड टु चाइल्ड’ अभियान, रोल्पाका विद्यार्थीलाई राहत
22.   एनआरएनए अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की
23.   एनआरएनएले पायो पूर्णता, ५१ सदस्यीय मानार्थ परिषद थपियो
24.   दुई बर्षमा एनआरएनएले गर्ने कार्य योजना प्रस्तुत गर्दै सचिव क्षेत्री
25.   एनआरएनए अमेरिकाद्धारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु
Results 397: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media