मंगलवार, फाल्गुन ०८ गते, २०७४
आइतवार, २०७४ माघ ०७ गते २२:५१

साकुरा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिको प्रधान कार्यालयको चुच्चेपाटीमा उद्घाटन भएको छ । दश वर्ष अगाडी काठमाडौंको स्रोह्रखुट्टेबाट आफ्नो सेवा सुरु गरेका संस्थाले चावहिलको चुच्चेपाटीमा एक समारोहकाबिच आफ्नो प्रधान कार्यालयको औपचारिक उद्घाटन गरिबी निबारण तथा सहकारी मन्त्री अम्बिका बस्नेतद्वारा गराएको हो ।
 
संस्थामा २ सय चालिस शेयरधनी, शेयर पूँजी २ करोड, चुत्ता पूँजी १ करोड र कारोबार ७ करोड रहेको को–अपरेटिभका कोषाध्यक्ष गोबिन्द कार्कीले जानकारी दिए ।
 
गरिबी निवारण तथा सहकारी मन्त्री अम्बिका बस्नेतले नेपाल जस्तो विकासोन्मुख देशमा सहकारीले महत्वपूर्ण भूमीका खेलेको कुरामा जोड दिएकी छन् । प्रमुख अतिथि समेत रहेकी मन्त्री बस्नेताले सहकारी ऐन २०७४ कार्यान्वयनमा आईसकेकाले अब सहकारी संस्थाहरु व्यवस्थित भई सकेको बताइन् । जनमानसमा रहेको भ्रमलाई चिर्दै यस ऐनले जनताको बचत र सहकारीको लगानी दुवै पक्षको सुरक्षाको ग्यारेण्टी गरेको बताइन् ।
 
उनले सहकारीले रोजगारीको सृजना गरि बढ्दो वैदेशिक रोजगार घटाउनुका साथै वेरोजगार सृजनामा समेत टेवा पुगेको बताईन् । उनले नेपाल रेमिटान्स्ले नै धानेको उल्लेख गर्दै सहकारीलाई अझै पारदर्शी र व्यवस्थित गर्दै लैजानु पर्नेमा जोड दिईन् ।

 
मन्त्री बस्नेतले सहकारीमा सञ्चालक र शेयरधनीबिच अन्तर रहेको बताउँदै उनले यसलाई अन्त गर्न शेयरधनीलाई संस्थाप्रति आफ्नो अपनत्वको वातावरण बनाउनु आग्रह गरिन् । मन्त्री बस्नेतले सहकारीले गाउँदेखि शहर सम्म साना ठूला व्यक्ति तथा संस्था सबैलाई वित्तिय संस्थामार्फत कारोबार गर्नमा महत्वपूर्ण भूमिका खेलेको बताईन् ।
 
कार्यक्रममा पूर्व मन्त्री तथा सांसद गगन थापाले सहकारीलाई शुभकामना दिंदै नेपालको अर्थतन्त्रलाई चलाएमान राख्न सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले संख्यात्मक भन्दा गुणस्तरीय सेवा दिनुपर्ने उल्लेख गर्दै सहकारीले परिवर्तीत परिस्थिति अनुसार सेवा सञ्चालन र विस्तार गर्न् चुनौती पूर्ण रहेको बताए ।
 
प्रदेश सभा सदस्य नरोत्तम वैद्यले वित्तीय संस्था मार्फत कारोबार गर्दा अर्थतन्त्र चलायमान हुने भएकाले घर–घरमा धन संचित गरी राख्न नहुनेमा जोड दिंदै सबैले वित्तीय संस्था मार्फत कारोबार गर्न आग्रह गरे ।

 
कार्यक्रममा को–अपरेटिभका कोषाध्यक्ष गोबिन्द कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै उनले सबैको विश्वास जित्दै संस्था यो अवस्थामा आएको बताए । यसले आगामी दिनमा काठमाडौंभर शाखा विस्तार गर्दै शेयर धनी सदस्यहरुलाई बढि भन्दा बढि लाभांश वितरण गर्ने, पारदर्शी र छिटो छरितो, आधुनिक प्रविधिबाट ग्राहकलाई सेवा दिने सहकारीको लक्ष्य रहेका बताए । कार्यक्रमका कामनपा ७ का वार्ड अध्यक्ष सुद्ध डंगोल पनि बोलेको थिए ।
 
कार्यक्रमका सभापति तथा अपरेटिभका अध्यक्ष सानु मैयाँ श्रेष्ठले कार्यक्रममा पाल्नु भएका सबैलाई धन्यवाद दिंदै यस को–अपरेटिभलाई विश्वास गरि आर्थिक कारोबार गरिदिनुहुन आग्रह गरिन् ।
 
कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान समेत गरिएको थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   महासंघको उपाध्यक्षमा सेढाइ
2.   विओएन ट्राभलले मनायो १० औं वार्षिकोत्सव
3.   राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्षमा सेढाईको दावी
4.   ठूला भनाउँदा व्यवसायीले सबैको मुद्धा नउठाउँदा बन्यो महासंघ
5.   हिमालय सीमापार बाणिज्य संघमा पौडेल प्यानल बिजयी
6.   हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा पौडेलको उम्मेदवारी
7.   आईएमई पे को 'बी टु बी' सेवा शुरु
8.   दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमालरेमिट सेवा शुभारम्भ
9.   जेएमई रेमिटको सेन्चुरी बैंक र कन्काई बिकास बैंकसँग रेमिट्यान्स सम्झौता
10.   राष्ट्रिय ब्यवसायी महासंघको पहिलो महाधिवेशन फागुन ५ गते हुदै
11.   नेपाल मेडिसिटी र बुद्ध एयरबीच सहकार्यका लागि सम्झौता
12.   आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता
13.   बेष्ट रेमिट अब जिएमई
14.   वार्षिकोत्वसको अवसरमा टेलिकमको छुटैछुट
15.   सिद्धार्थ बैंकको बेनी शाखा शुभारम्भ
16.   सिभिल मल व्यापार संघको अधिवेशन सम्पन्न, अध्यक्षमा महर्जन निर्विरोध
17.   दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न
18.   राष्ट्रिय अर्थतन्त्रसँग जोडिएर लगानी गर्न राष्ट्र बैंकको निर्देशन
19.   अनिल शाह नबिलमा, सिइओ बन्न नियमले रोकेपछि डेपुटी सिइओमा नियुक्त
20.   बेलायती लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक
21.   सहकारीलाई स्थानीय तह मातहत ल्याउन अलमल
22.   ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम
23.   महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण
24.   साकुरा सेभिङ्ग एण्ड क्रेडिटको प्रधान कार्यालय चुच्चेपाटीमा उद्घाटन
25.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
Results 816: You are at page 1 of 33
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

Powered By : Unitech Media