मंगलवार, फाल्गुन ०८ गते, २०७४
बुधवार, २०७४ माघ ०२ गते ०४:०८

 
काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त भएका छन्।
 
भित्री बस्तीका ११ वडाध्यक्ष र स्थानीय प्रतिनिधिले ट्राफिक महाशाखाको सहकार्यमा माघ २ बाट इन्द्रचोकदेखि क्षेत्रपाटीसम्म चारपाङ्ग्रे सवारी निषेध गरेको हो।
 
भिडभाडयुक्त ठाउँमा सवारी निषेध गर्दा आवागमन सहज भए पनि व्यापारिक कारोबार र आपतकालीन अवस्थामा समस्या पर्ने केही स्थानीयले औंल्याएका छन्।
 
निषेध गरिएका क्षेत्रमा वडा नम्बर १७, १८, १९, २४, २५ र २७ मा पर्ने असन, इन्द्रचोक, मख्खन, त्यौड, ठैंटी, भेडासिंह, नरदेवी, किलागल लगायत पर्छन्। यहाँ बिहान ७ देखि बेलुकी ७ बजेसम्म चारपाङ्ग्रे सवारी गुडाउन पाइने छैन।
 
‘चारपाङ्ग्रे सवारी निषेध गरिएपछि यी क्षेत्र शान्त र खुला भएका छन्। बिहान हामी आफैं गएर यो नियमको सुरूआत गर्यौं,’ वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले भने।
 
भित्री काठमाडौं छिर्ने सडकमा ‘चारपाङ्ग्रे सवारी निषेध’ का सूचनाबोर्ड राखिएका छन्। ट्राफिक प्रहरी पनि उल्लेख्य संख्यामा परिचालन गरिएको छ। नयाँ नियमअुनसार कुनै बाटोमा चारपाङ्ग्रे पूरै निषेध गरिएको छ भने कुनैलाई एकतर्फीमा सीमित गरिएको छ।
 
नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म एकतर्फी लैजान सकिन्छ। एकतर्फी गरिएका अन्यमा टेंगलबाट बांगेमुढा र क्षेत्रपाटीबाट ठहिँटी हुँदै बांगेमुढा छन्। क्षेत्रपाटीबाट वसन्तपुर आउने बाटो पनि एकतर्फी बनाइएको छ। त्यस्तै, इन्द्रचोक र भोटाहिटीबाट असन छिर्ने बाटो निषेध छ। इन्द्रचोकबाट जुद्ध शालिकतिर पनि आउन पाइँदैन।
 
स्थानीय प्रतिनिधिकै समन्वयमा यो निर्णय गरेको भए पनि केही सर्वसाधारण असन्तुष्ट रहेको वडाध्यक्ष मानन्धरले बताए।
स्थानीयका सवारी निम्ति पास र पार्किङ व्यवस्था नगरिएकाले आफ्नै गाडी कहाँ राख्ने समस्या भएको बताएका छन् । 
सेतोपाटी
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
2.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
3.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
4.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
5.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
6.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
7.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
8.   निगमको संरचना परिवर्तन गरिँदै
9.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
10.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
11.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
12.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
13.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
14.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
15.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
16.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
17.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
18.   जापानले ३२ करोड आर्थिक साहयता दिने
19.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
20.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
21.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
22.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
23.   सुरक्षित घर अभियान सुरु
24.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
25.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
Results 652: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media