मंगलवार, बैशाख ११ गते, २०७५
मंगलवार, २०७४ माघ ०१ गते ०२:२८

फणिन्द्र दाहाल  / गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए आइसीसी)को सचिवालयमा पदाधिकारीहरुको मनपरीतन्त्रले संस्थाको गरिमा नै संकटमा पर्न थालेकोे छ । संस्थाको प्रतिष्ठालाई दाउमा राखि सीमित पदाधिकारीहरुको आदेशमा संस्था चलाइन थालेपछि सचिवालय भित्रको भाडभैलो सतहमा आउन थालेको हो ।
 
संस्थालाई विधान विपरित र एनआरएन अभियानको मर्म विपरित आफु अनुकुल चलाउने खेलमा अग्रपंक्तिमा महासचिव डा. बद्री केसी लागे पनि उनको कार्यशैलीमा मौन बसेर अध्यक्ष भवन भट्ट र उपाध्यक्ष कुमार पन्तले साथ दिएको स्रोतको दावी छ । अझ उनीहरुलाई चलाउन केहि पूर्वअध्यक्षहरु पनि लागिपरेको बुझिएको छ ।   
 
गत असोजमा भएको आठौ विश्वसम्मेलनबाट निर्वाचित वर्तमान कार्यसमितिले ३ महिना अवधि नवित्दै लामो समयदेखि संघको सचिवालयमा कार्यकारी निर्देशक रहेका राजेश रानालाई बर्खास्त गरेर विधान विपरित प्रमुख कार्यकारी अधिकृत पदको सिर्जना गर्दै महासचिव केसीले हेमन्तकुमार दवाडीलाई नियुक्त गरेपछि एनआरएन भित्रै खैलाबैला मच्चिएको छ । 
 
सार्वजनिक संस्थामा कर्मचारी हटाउने र राख्ने नियमभन्दा बाहिर रहेर राना आउट, दवाडी इन भएका छन । एनआरएनएले आफैले बनाएको कर्मचारी छनोट सम्वन्धी निर्देशिकालाई उलंघन गर्दै दवाडि भित्रिएपछि राना कानुनी उपचारको तयारीमा रहेको बुझिएको छ । 
 
४ कार्यकालसम्म संघको सचिवालय कुशलतापूर्वक सम्हालेका रानालाई महासचिव केसीले आफ्नो मनोमानी लादन नपाएपछि विगतदेखि नै हटाउने कसरतमा लागेका थिए । विधान र संस्थाको मर्म विपरित नडग्मगाउने रानालाई अध्यक्ष भट्ट र महासचिव केसी अनुकुलको कार्यसमिति आएपछि २ महिना पनि टिक्न दिएनन । उनको स्थानमा नियुक्त गरिएका दवाडी पहिला पनि एनआरएन सचिवालयमा काम गर्न नसकेर गलहत्याइएका व्यक्ति हुन । 
पछिल्लो समय उद्योग बाणिज्य महासंघको सचिवालयमा कार्यकारी निर्देशक रहेका दवाडि महासंघले पनि गल्हत्याएपछि पुनः एनआरएनए सचिवालयमा छिरेका हुन । अर्को चाल यो पनि छ कि उद्योग बाणिज्य महासंघ टेकुमा छिर्न नपाउने भएपछि दवाडिकै सहजताका लागि एनआरएनए सचिवालय अध्यक्ष भट्टको नीजि व्यवसायीक भवन नागपोखरीमा सार्नुलाई चासोको रुपमा हेरिएको छ ।
 
आफ्नै भवन निर्माणको अन्तिम चरणमा रहदा स्थापना कालदेखिनै बस्दै आएको उद्योग बाणिज्य महासंघको भवन टेकुबाट अध्यक्ष भट्टले हठात निर्णय गर्दै आफ्नो अनुकुल पार्न आफ्नै व्यवसायीक घरमा सारेका छन । संघको यो कदमबाट उद्योग बाणिज्य महासंघका पदाधिकारीहरुसमेत चकित परेका छन ।
 
यस्तै संघको सचिवालयबाट कार्यकारी निर्देशक रानालाई हटाउने निर्णय गरेको संघ कार्यसमितिले आफु नजिकका कर्मचारीको भने ७५ प्रतिशतसम्म तलब बृद्धि गरेको छ । यता नवनियुक्त सिइओ दवाडिलाई मासिक २ लाख पारिश्रमिक दिएर कोष रित्याउने कामको थालनी भएको छ । उता महासचिव केसीले त संघको सचिवालयको लेखा हेर्न आफ्ना नातेदार नै राखेर संघको आर्थिक कारोवार पारदर्शी बनाउन सकेका छैनन । संस्थालाई नजिकबाट बुझेका कार्यकारी निर्देशक रानालाई हटाउदा कार्यसमितिकै र एनआरएनका अग्रजहरु रुष्ट रहेका छन् । महासचिव केसीले आफ्नो भनाई नटेरेको भन्दै विनाकारण कार्यकारी निर्देशक रानालाई हटाएको पत्र थमाएका छन । 
 
शेष घले कार्यकालमा एनआरएनएको कोषमा जम्मा भएको करोडौ रुपैयामा आखा गाडनेहरु सलबलाई रहेका छन् । कोषको रकम अध्यक्ष भट्टले व्यवसायीक प्रयोजनका लागि ऋण झिकेको बैंकमा सार्ने तयारी गरिरहेको बुझिएको छ । यसरी बैंकिङ कारोवार आफु अनुकुल बनाउन पनि कार्यकारी निर्देशक हटाइएको विश्वस्त स्रोतको दावी छ ।   
 
३ महिनासम्म नयाँ कार्यसमितिको काम नियाल्दै आएका एनआरएनहरु संस्थानै डुब्नेगरी हुन थालेका निर्णयप्रति आक्रोशित बन्न थालेका हुन ।
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
2.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
3.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
4.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
5.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
6.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
7.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
8.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
9.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
10.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
11.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
12.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
13.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
14.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
15.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
16.   एनआरएनएको अस्तित्व संकटमा
17.   एनआरएनले बनाउने भयो सिन्धुलीगढी
18.   एनआरएनएमा मनोमानी लाद्न ‘राना आउट, दवाडी इन’
19.   एनआरएनए मलेसियाबारे भ्रम फैलाउनेलाई अध्यक्ष न्यौपानेको चुनौती
20.   एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी
21.   एनआरएनए स्वीडेनले सुरु गर्‍यो ‘चाइल्ड टु चाइल्ड’ अभियान, रोल्पाका विद्यार्थीलाई राहत
22.   एनआरएनए अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की
23.   एनआरएनएले पायो पूर्णता, ५१ सदस्यीय मानार्थ परिषद थपियो
24.   दुई बर्षमा एनआरएनएले गर्ने कार्य योजना प्रस्तुत गर्दै सचिव क्षेत्री
25.   एनआरएनए अमेरिकाद्धारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु
Results 397: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media