बुधवार, माघ ०३ गते, २०७४
सोमवार, २०७४ पुस ३० गते ०१:४७

हिमालयन बैंक लिमिटेडको २५ औ बार्षिक साधारणसभाले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद  गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्व ११ करोड ४५ लाख २९ हजार पुग्ने जानकारी संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले जानकारी दिए ।
 
सभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको र सफलतापूर्वक २५ वर्ष पूरा गरेको बताए । 
 
अध्यक्ष श्रेष्ठले २५ वर्षदेखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे । उनले नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पु¥याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको बताए । 
 
अध्यक्ष श्रेष्ठले बैंकले आ.व. २०७३/७४ अन्त्य सम्म ९२ अर्व ८८ करोड निक्षेप संकलन र ७७ अर्व ६४ करोड कर्जा प्रवाह गरेको जानकारी गराएका थिए जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६.३५ र १२.३६ प्रतिशतले बढी हो । 
 
बैंकको विभिन्न क्रियाकलापका सम्बन्धमा प्रकाश पार्दै अध्यक्ष श्रेष्ठले यो वर्ष ६ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने तथा नेपाल सरकारको योजना अनुरुप स्थानीय तहमा पनि बैंकको ग्रामीण शाखाहरु स्थापना गर्दै जाने बताए । उनले देशका विभिन्न स्थानमा थप एटीएम सञ्जाल विस्तार गर्ने बताउदै बैंकको सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने पनि जनाए ।
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
2.   हाइड्रो र पर्यटन आर्थिक विकासका मेरुदण्ड –चन्द्रप्रसाद ढकाल
3.   हिमालयन बैंकको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न
4.   राष्ट्रिय आर्थिक गणना २०७५ हुँदै
5.   नाट्टाको अध्यक्षमा पाण्डे निर्वाचित
6.   आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा रामहरि श्रेष्ठ
7.   अनाथ बालबालिकालाई हिमालयन बैंकको सहयोग
8.   सहकारीमा पनि १० लाखभन्दा बढीको कारोबारमा स्रोत खुलाउनुपर्ने
9.   अमेरिकाबाट पैसा पठाउन इन्भेष्टमेन्ट बैंकको रेमिन्ट्यान्स सेवा
10.   एनसेललाई लाभांश विदेश लैजान बाटो खुला
11.   सिङ्गापुरको इन्सटारेम र एनएमबी बैंकबीच रेमिट्यान्स सम्झौता
12.   सिटी एक्स्प्रेस र अल् फर्दान एक्सचेञ्जवीच रेमिट्यान्स सम्झौता
13.   आइएमई जनरलको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
14.   सिटी एक्सप्रेसको उपहार कार पाउने भाग्यमानी बने तामाङ
15.   हिमालयन बैंकले गर्‍यो सामुदायिक स्वास्थ्य सेवा परिषदलाई सहयोग
16.   ‘आईएमई छक्का-पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक
17.   महालक्ष्मी विकास बैँकको दार्चुलामा नयाँ शाखा
18.   चुनावको अधिक खर्चले तरलतामा असर
19.   आइएमई र मुथुतफाइनान्सवीच रेमिटेन्स सम्झौता
20.   मतदानसँगै समृद्धिको अपेक्षामा व्यवसायीहरु
21.   चुनावमा अवैध पैसा धेरै
22.   कोकाकोलाले ल्यायो नेपाली बजारमा किन्ले ब्राण्डको पानी
23.   सहरी विकासका लागि एडीबीको ऋण सहयोग
24.   सिटी एक्स्प्रेस मनी ट्रान्सफरले गर्‍यो एघारौं हप्ताको बिजेताहरु घोषणा
25.   एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’
Results 792: You are at page 1 of 32
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media