मंगलवार, माघ ०२ गते, २०७४
आइतवार, २०७४ पुस २९ गते ०४:४२

२० औँ भूकम्प सुरक्षा दिवसको अवसर पारेर सुरक्षित घर अभियान नेपालको शुक्रवार काठमाडौमा शुभारम्भ भएको छ । २० औँं भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिले भूकम्प सुरक्षा दिवसको तयारीको अवस्था तथा भूकम्प सुरक्षा दिवसको अवसरमा गरिने विभिन्न कार्यक्रम र गतिविधिहरुका बारेमा जानकारी गराउन शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित पत्रकार सम्मेलनका क्रममा उक्त अभियानको शुभारम्भ गरिएको हो । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्मा, गृहमन्त्रालयका सह सचिव कृष्ण राउत, भूकम्प प्रविधि राष्ट्रिय समाज – नेपालका कार्यकारी निर्देशक डा। आमोद मणि दीक्षित तथा काठमाडौ महानगरपालिका विपद् ब्यवस्थापन विभागका प्रमुख इन्द्रमान सिंह सुवालले अभियानको शुभारम्भ संयुक्त रुपमा गरेका हुन् ।  
यो अभियान समाजिक सञ्जाल मार्फत भूकम्प प्रतिरोधी घर संरचना निर्माणको लागि जनमानसमा चेतना अभिबृद्धि गर्ने उद्देश्यले गरिएको २० औँ भूकम्प सुरक्षा दिवस प्रचार प्रसार समितिका संयोजक तथा शहरी बिकास तथा भवन बिभागका महानिर्देशक शर्माले जानकारी दिए । 
सरकारले भूकम्पीय जोखिम न्यूनीकरण, प्रतिकार्य पूर्व तयारी तथा सुरक्षित भवन निर्माण लगायतका विषयमा यथेष्ट र प्रभावकारी प्रचार प्रसार भएमा भविष्यमा भूकम्पबाट जनधनको क्षति कम हुने भन्दै शर्माले यसलाई व्यापक बनाउन आग्रह गरे ।
“देश संघीयतामा गइसकेको परिप्रेक्ष्यमा विपद् जोखिम व्यवस्थापनमा स्थानीय तहको अहम भुमिका रहने हुनाले यस बर्षको भूकम्प सुरक्षा दिवसको नारामा समेत स्थानीय सरकारलाई सबल बनाउने कुरामा जोड दिइएको हो,” शर्माले भने । 
कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले नेपाली जनताले भोग्दै आएको बहु प्रकोपीय जोखिम न्यूनीकरणका लागि जनचेतना वृद्धि लगायत विविध उपायमा ध्यान दिनुपर्ने बताए।
गृह मन्त्रालयका सहसचिव तथा विपद् ब्यवस्थापन महाशाखाका प्रमुख कृष्ण राउतले भूकम्पीय सुरक्षालाई संस्कृतीको रुपमा विकास गर्नुपर्ने आवाश्यकता रहेको र भूकम्प सुरक्षा दिवसले जनतालाई यस तर्फ उत्प्रेरित गर्ने बताए ।
राष्ट्रिय भौगर्भिक समाजका अध्यक्ष डा। कविराज पौड्यालले भूकम्प प्रतिरोधी घर निर्माण गर्दा इन्जिनियरिङ पक्ष, गुणस्तरीय निर्माण सामग्री जस्ता कुराहरु मात्रै महत्व दिने गरेको तर जमिनको अवस्थामा ध्यान नदिन गरेको भन्दै यसलाई पनि ख्याल गर्नु पर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनमा बोल्दै भूकम्प प्रविधि राष्ट्रिय समाज – नेपालका कार्यकारी निर्देशक डा। आमोद मणि दीक्षितले भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि विभाग, नगरपालिका तथा गाउँपालिकाहरुलाई मजबुत बनाउनुपर्नेमा जोड दिए ।
यस बर्षको भूकम्प सुरक्षा दिवसको मूल समारोह माघ २ गते काठमाण्डौको बसन्तपूरमा आयोजना हुँदैछ । भूकम्प सुरक्षा दिवसको अवसरमा २ गते बिहान ११ बजे न्यूरोडको भूगोल पार्कमा स्मृति सभा आयोजना गरिएको छ भने मूल समारोहको कार्यक्रम दिउसो १।३० बजे तय गरिएको छ ।
यस बर्षको भूकम्प सूरक्षा दिवसको नारा सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार भन्ने रहेको छ । १९९० सालको महाभूकम्पको स्मृतिमा सरकारले २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरुक्षा दिवस मनाउँदै आएको छ ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   सुरक्षित घर अभियान सुरु
2.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
3.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
4.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
5.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
6.   चिसो अझै बढ्न सक्ने
7.   नाकामा अध्यागमन कार्यालय राख्ने तयारी
8.   ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
9.   फेरि इन्धनको मूल्य बढ्यो
10.   अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे
11.   संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड
12.   राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
13.   नेपालीकरणका नाममा लाइसेन्स बिक्री
14.   पशुपति मन्दिर परिसरमा सवारी साधन प्रवेशमा रोक
15.   आज क्रिसमस मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
16.   स्थानीय तहमा अझै पुगेनन् कर्मचारी, सेवा प्रवाहमा समस्या
17.   एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे
18.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
19.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
20.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
21.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
22.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
23.   धुलोमुक्त बनाउन काठमाडौंको सडकमा ब्रुमर
24.   तारा एयरको विमान हुम्लाको सिमकोटमा दुर्घटना, पाइलटसहित ५ घाइते
25.   मत सर्वेक्षण गरे कडा कारबाही गरिने निर्वाचन आयोगको चेतावनी
Results 630: You are at page 1 of 26
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media