विहिवार, २०७४ पुस २७ गते २२:५९
जोर्डन सरकार र नेपाल सरकारबीच गत कात्तिक २ गत्ते भएको श्रम सम्झौता अनुसार घरेलु कामदार पठाउन २३ संस्थाहरु तोकिएको छ । वैदेशिक रोजगार विभागले यी संस्थाहरु सार्वजनिक गर्दै अन्य संस्थाहरुबाट घरेलू कामदारको रुपमा जोर्डनसहित कुनै पनि देशमा नजान आग्रह गरेको छ ।
अन्य कुनै पनि देशका लागि घरेलू कामदारको रुपमा जान बन्देज गरिएको विभागले स्पष्ट पारेको छ । अबैध बाटो तथा गैरकानुनी रुपले कुनै एजेन्ट वा दलालहरुले अन्य देशको बाटो हुँदै लैजान सक्ने भएकाले त्यसतर्फ सचेत रहन विभागले आग्रह गरेको छ ।
उता बैदेशिक रोजगार ब्यवसायी संघले घरेलू कामदार कार्यविधि २०७२ मा घरेलू कामदार पठाउन सूचीकृत हुने म्यांन्पावरले छुटै नगद २५ लाख राख्नु पर्ने नियम खारेज हुनु पर्ने माग राख्दै आएको छ ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारी स्तरबाटै भएको सम्झौता अनुसार घरेलू कामदारको रुपमा जोर्डनमा पठाइने भएकाले यस्तो व्यवस्था जरुरी नभएको बताए । ‘हाल कार्यविधिअनुसार सूचीकृत कम्पनीले छुट्टै नगद २५ लाख छुट्याउनुपर्ने व्यवस्था भएकाले यसलाई खारेज गर्नुपर्दछ’ उनले भने । -
यी हुन् जोर्डनका लागि घरेलू कामदार लैजान अनुमति पाएका संस्था
