शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २२:०७

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिदा दिइए सँगै राष्ट्रिय एकता दिवस मनाइँदैछ । पिता नरभूपाल शाह र माता कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते शाहको जन्म भएको थियो । 
 
विसं १८२५ असोज १३ गते इन्द्रजात्राका बेला श्रीकुमारी रथमा आरुढ मल्ल राजा जयप्रकाश मल्ललाई यसै दिन गोर्खाली फौजले काठमाडौँ आक्रमण गरेर काठमाडौँमाथि विजय प्राप्त गरेपछि शाह सिंहासनमा बसेका थिए । विसं २०६२ सालसम्म सरकारले यसै दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउँदै आएको भए पनि विसं २०६३ को तेस्रो जनआन्दोलनपछि सार्वजनिक बिदासमेत कटौती गरेर जयन्ती मनाउन छोडेको थियो । 
 
राष्ट्रिय सङ्ग्रहालय छाउनीमा एकीकरण झल्काउने सामग्री राखिएको छ । नेपाल एकीकरण गर्दा प्रयोग गरेका हातहतियार तथा युद्ध सामग्री, गोरखा सङ्ग्रहालयमा रहेको शाहको विनयमुद्राको शालिक, छाउनीस्थित सैनिक सङ्ग्रहालयमा रहेको पृथ्वीनारायण शाहका पुर्खा सिन्चा खाँ र मिन्चा खाँसहितको वंशावली विवरण, कँडेल्चोक भगवती, हनुमानढोकामा रहेको पृथ्वीनारायणको सालिक र सिंहदरबार पश्चिम प्रवेशद्वार सामुन्ने रहेको शाहको पूर्णकदको सालिकलाई अवलोकन तथा माल्यार्पण गरेर दिवस मनाइँदैछ । 
 
‘घूस लिने र दिने दुवै देशका महाशत्रु हुन्’ भन्ने शाहको उद्गारलाई यसै दिन संस्मरण गरेर वर्षभरि नै सदाचार र सुशील जीवनयापनको प्रतिज्ञा गर्ने गरिन्छ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
101.   काठमाडौं उच्च जोखिममा
102.   काँग्रेसको घोषणापत्र : ५ वर्षमा ५० खर्बको अर्थतन्त्र, तीन देखि पाँच लाख रोजगारी
103.   नेपाल–अष्ट्रेलिया सिधा हवाई सेवाका लागि अध्ययन गरिने
104.   उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन
105.   सूर्यको आराधना गरी आज छठ पर्व मनाइँदै
106.   खोटो बेचेर करोडौं आम्दानी गर्छन् सामुदायिक वन
107.   मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त
108.   कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन्
109.   अध्यागमन कर्मचारी र प्रहरी नै मानव तस्करमा संलग्‍न : सेटिङबाट युएई गएका १५ जनाको उद्धार
110.   एनआरएनए संस्थापक अध्यक्ष महतोको मेडिसिटी अस्पताल संचालनमा
111.   भूकम्प पीडितलाई सामुहिक जमानीमा ऋण दिने मन्त्रिपरिषद्को निर्णय
112.   कोजाग्रत पूर्णिमा आज,दशै सकियो
113.   अमेरिकाले खुलायो इडिभी चिट्ठा २०१९ को फर्म, कात्तिक २१ सम्म भर्न सकिने
114.   अरुण तेस्रो शिलान्यास गर्न भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने
115.   अमेरिकाले लगायो ८ मुलकमाथि अमेरिका घुम्न प्रतिबन्ध
116.   कुलेश्वर पोलिक्लिनिक सहित ४ संस्थाको आयोजनामा रक्तदान कार्यक्रम
117.   सात लाख भूकम्पपीडितको दशैं टहरामै
118.   आजबाट बडादसैँ सुरु घरघरमा जमरा राखिँयो
119.   टेक्ससको समुद्रि बाढीमा सहयोग गदै नेपाली युवा
120.   फेरी आमरण अनशन बस्ने केसीको घोषणा
121.   मनराम–एसकाज पत्रकारिता पुस्कार गिरीलाई प्रदान
122.   नेपाल आयल निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त
123.   अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुदै
124.   एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा
125.   मङ्गलबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला हुने
Results 686: You are at page 5 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media