शुक्रवार, माघ ०५ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २२:०७

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिदा दिइए सँगै राष्ट्रिय एकता दिवस मनाइँदैछ । पिता नरभूपाल शाह र माता कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते शाहको जन्म भएको थियो । 
 
विसं १८२५ असोज १३ गते इन्द्रजात्राका बेला श्रीकुमारी रथमा आरुढ मल्ल राजा जयप्रकाश मल्ललाई यसै दिन गोर्खाली फौजले काठमाडौँ आक्रमण गरेर काठमाडौँमाथि विजय प्राप्त गरेपछि शाह सिंहासनमा बसेका थिए । विसं २०६२ सालसम्म सरकारले यसै दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउँदै आएको भए पनि विसं २०६३ को तेस्रो जनआन्दोलनपछि सार्वजनिक बिदासमेत कटौती गरेर जयन्ती मनाउन छोडेको थियो । 
 
राष्ट्रिय सङ्ग्रहालय छाउनीमा एकीकरण झल्काउने सामग्री राखिएको छ । नेपाल एकीकरण गर्दा प्रयोग गरेका हातहतियार तथा युद्ध सामग्री, गोरखा सङ्ग्रहालयमा रहेको शाहको विनयमुद्राको शालिक, छाउनीस्थित सैनिक सङ्ग्रहालयमा रहेको पृथ्वीनारायण शाहका पुर्खा सिन्चा खाँ र मिन्चा खाँसहितको वंशावली विवरण, कँडेल्चोक भगवती, हनुमानढोकामा रहेको पृथ्वीनारायणको सालिक र सिंहदरबार पश्चिम प्रवेशद्वार सामुन्ने रहेको शाहको पूर्णकदको सालिकलाई अवलोकन तथा माल्यार्पण गरेर दिवस मनाइँदैछ । 
 
‘घूस लिने र दिने दुवै देशका महाशत्रु हुन्’ भन्ने शाहको उद्गारलाई यसै दिन संस्मरण गरेर वर्षभरि नै सदाचार र सुशील जीवनयापनको प्रतिज्ञा गर्ने गरिन्छ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
76.   टुंगो लाग्यो प्रतिनिधिसभा निर्वाचन क्षेत्र, कुन जिल्लामा कति ?
77.   प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा
78.   कर्मचारीबाट खोसेर अध्यागमन प्रहरीलाई जिम्मा लगाउने तयारी
79.   अधिकारकर्मी प्याकुरेललाई अमेरिकामा ‘हिरो अवार्ड’
80.   संखुवासभालाई दुई निर्वाचन क्षेत्र नै निर्धारण गर्न माग
81.   आज हरितालिका तीज, शिवालयहरुमा बिहानैदेखि महिलाहरुको भीड
82.   नेपालसँग हवाईसम्झौता गर्न अष्ट्रेलिया सकारात्मक
83.   बाढी पीडितलाई सहयोग गर्न बेलायत तयार : राजदूत मोरिस
84.   मनकामनामा अतिथी गृह बनाउँदै संखुवासभा समाज अमेरिका
85.   ईण्डोनेशियाको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा बाणिज्यदूत ढकालद्धारा झण्डोलोत्तन
86.   पेट्रोलपम्पमा उपभोक्ताको लाइन, केही दिनमा सहज हुने
87.   बाढीपहिरोमा परी ३५ जनाको मृत्यु, बिजुली पनि छैन
88.   दिवङ्गत भएकाको सम्झनामा आज गाईजात्रा पर्व मनाइँदै
89.   ५ लाख पर्ने यूएमका दुई बाइक नेपाली बजारमा
90.   पर्वतारोहण संघको अध्यक्षमा लामा विजयी
91.   सञ्चारसम्बन्धी समस्याको समाधानमा पहल गर्छु : मन्त्री बस्नेत
92.   पाकिस्तानी प्रधानमन्त्री सरीफ अदालतबाट अयोग्य ठहर
93.   नागपञ्चमी र जनैपूर्णिमा एकै दिन मनाइँदै
94.   ढोकामा भोटे ताल्चा लगाएर होइन,ढोका खोलेर एकताको कुरा गर्नुस ओलीजी : प्रचण्ड
95.   राहदानी बिभागलाई आइएसओ प्रमाणपत्र
96.   कतारमा रहेका नेपालीप्रति प्रधानमन्त्रीको चासो
97.   विदेशमा रहेका नेपालीले भोट हाल्न पाउनुपर्छ : मन्त्री मनसुर
98.   एक वर्षमा ५० हजार विद्यार्थी बिदेशतिर
99.   एसईईमा उत्तिर्ण छात्रछात्रालाई होटल व्यवसायी संघको सम्मान
100.   ‘विश्वकै सर्वोत्कृष्ट एयरलाइन’ उपाधि जितेबापत कतार एयरवेजद्वारा छुटको घोषणा
Results 633: You are at page 4 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media