शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २२:०७

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिदा दिइए सँगै राष्ट्रिय एकता दिवस मनाइँदैछ । पिता नरभूपाल शाह र माता कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते शाहको जन्म भएको थियो । 
 
विसं १८२५ असोज १३ गते इन्द्रजात्राका बेला श्रीकुमारी रथमा आरुढ मल्ल राजा जयप्रकाश मल्ललाई यसै दिन गोर्खाली फौजले काठमाडौँ आक्रमण गरेर काठमाडौँमाथि विजय प्राप्त गरेपछि शाह सिंहासनमा बसेका थिए । विसं २०६२ सालसम्म सरकारले यसै दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउँदै आएको भए पनि विसं २०६३ को तेस्रो जनआन्दोलनपछि सार्वजनिक बिदासमेत कटौती गरेर जयन्ती मनाउन छोडेको थियो । 
 
राष्ट्रिय सङ्ग्रहालय छाउनीमा एकीकरण झल्काउने सामग्री राखिएको छ । नेपाल एकीकरण गर्दा प्रयोग गरेका हातहतियार तथा युद्ध सामग्री, गोरखा सङ्ग्रहालयमा रहेको शाहको विनयमुद्राको शालिक, छाउनीस्थित सैनिक सङ्ग्रहालयमा रहेको पृथ्वीनारायण शाहका पुर्खा सिन्चा खाँ र मिन्चा खाँसहितको वंशावली विवरण, कँडेल्चोक भगवती, हनुमानढोकामा रहेको पृथ्वीनारायणको सालिक र सिंहदरबार पश्चिम प्रवेशद्वार सामुन्ने रहेको शाहको पूर्णकदको सालिकलाई अवलोकन तथा माल्यार्पण गरेर दिवस मनाइँदैछ । 
 
‘घूस लिने र दिने दुवै देशका महाशत्रु हुन्’ भन्ने शाहको उद्गारलाई यसै दिन संस्मरण गरेर वर्षभरि नै सदाचार र सुशील जीवनयापनको प्रतिज्ञा गर्ने गरिन्छ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
51.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
52.   जापानले ३२ करोड आर्थिक साहयता दिने
53.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
54.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
55.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
56.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
57.   सुरक्षित घर अभियान सुरु
58.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
59.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
60.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
61.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
62.   चिसो अझै बढ्न सक्ने
63.   नाकामा अध्यागमन कार्यालय राख्ने तयारी
64.   ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
65.   फेरि इन्धनको मूल्य बढ्यो
66.   अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे
67.   संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड
68.   राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
69.   नेपालीकरणका नाममा लाइसेन्स बिक्री
70.   पशुपति मन्दिर परिसरमा सवारी साधन प्रवेशमा रोक
71.   आज क्रिसमस मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
72.   स्थानीय तहमा अझै पुगेनन् कर्मचारी, सेवा प्रवाहमा समस्या
73.   एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे
74.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
75.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
Results 686: You are at page 3 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media