आइतवार, बैशाख ०९ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २२:०७

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिदा दिइए सँगै राष्ट्रिय एकता दिवस मनाइँदैछ । पिता नरभूपाल शाह र माता कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते शाहको जन्म भएको थियो । 
 
विसं १८२५ असोज १३ गते इन्द्रजात्राका बेला श्रीकुमारी रथमा आरुढ मल्ल राजा जयप्रकाश मल्ललाई यसै दिन गोर्खाली फौजले काठमाडौँ आक्रमण गरेर काठमाडौँमाथि विजय प्राप्त गरेपछि शाह सिंहासनमा बसेका थिए । विसं २०६२ सालसम्म सरकारले यसै दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउँदै आएको भए पनि विसं २०६३ को तेस्रो जनआन्दोलनपछि सार्वजनिक बिदासमेत कटौती गरेर जयन्ती मनाउन छोडेको थियो । 
 
राष्ट्रिय सङ्ग्रहालय छाउनीमा एकीकरण झल्काउने सामग्री राखिएको छ । नेपाल एकीकरण गर्दा प्रयोग गरेका हातहतियार तथा युद्ध सामग्री, गोरखा सङ्ग्रहालयमा रहेको शाहको विनयमुद्राको शालिक, छाउनीस्थित सैनिक सङ्ग्रहालयमा रहेको पृथ्वीनारायण शाहका पुर्खा सिन्चा खाँ र मिन्चा खाँसहितको वंशावली विवरण, कँडेल्चोक भगवती, हनुमानढोकामा रहेको पृथ्वीनारायणको सालिक र सिंहदरबार पश्चिम प्रवेशद्वार सामुन्ने रहेको शाहको पूर्णकदको सालिकलाई अवलोकन तथा माल्यार्पण गरेर दिवस मनाइँदैछ । 
 
‘घूस लिने र दिने दुवै देशका महाशत्रु हुन्’ भन्ने शाहको उद्गारलाई यसै दिन संस्मरण गरेर वर्षभरि नै सदाचार र सुशील जीवनयापनको प्रतिज्ञा गर्ने गरिन्छ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
576.   वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिए
577.   विदेश बस्ने नेपालीलाई मन्त्री पण्डितको कटाक्ष
578.   महासंघको अध्यक्षमा खड्का बिजयी
579.   स्वास्थ्य व्यवसायी महासंघमा चुनावी भिडन्त
580.   महासंघको निर्वाचन प्रकृया अन्योलमा
581.   स्वास्थ्य व्यवसायी महासंघको साधारण सभा सम्पन्न
582.   सुनकोशी पीडितलाई आकर्षणको आर्थिक सहयोग
583.   बाढिपिडितलाई वैरो एकता समितिको १० लाख बराबरको राहतसामग्री
584.   ७५ जिल्लाको ८६ स्थानमा मनराम पुस्तकालय स्थापना
585.   आफ्नै छोरा र भाञ्जालाई जागिर खुवाउँदै बोर्डमा हाकिमहरु
586.   अभिमूखिकरण तालिम सरकारले दिने भनाइको विरोध
587.   लिस्नर्स क्लवको निःशुल्क दन्त परीक्षण शिविर
588.   गतबर्ष सवैभन्दा बढि विदेश पठाउने मेनपावरको नाम सार्वजनिक
589.   टोखाबासीलाई कोरियन संस्थाको सहयोग
590.   ब्लूस्काईको पहलमा मृतकका परिवारलाई १० लाख
591.   बायोमेट्रिक लगाउन मलेसियाको दवाव
592.   विदेशमा बस्ने नेपालीको मतदान अधिकार खोज्दै आयोग
593.   कतार नेपालीहरुका लागि अवसरको खानी
594.   इराकका नेपालीको उद्धार खर्च सरकारले गर्ने
595.   वैदेशिक रोजगारीमा जानेलाई सरकारले ऋण दिने
596.   इराकमा रहेका नेपालीलाई छिटो स्वदेश फर्कन सरकारको आग्रह
597.   कामदारको लागत तोक्नु नै गलत : पूर्वराजदूत मिश्र
598.   कोरयामा गैरकानूनीरुपमा वस्नेलाई निरुत्साहित बनाउने योजना
599.   कतारमा दिउँसो काम लगाउन रोक
600.   आइपीएल टी–२० क्रिकेटको उपाधि कोलकातालाई
Results 682: You are at page 24 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media