शुक्रवार, माघ ०५ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २२:०७

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिदा दिइए सँगै राष्ट्रिय एकता दिवस मनाइँदैछ । पिता नरभूपाल शाह र माता कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते शाहको जन्म भएको थियो । 
 
विसं १८२५ असोज १३ गते इन्द्रजात्राका बेला श्रीकुमारी रथमा आरुढ मल्ल राजा जयप्रकाश मल्ललाई यसै दिन गोर्खाली फौजले काठमाडौँ आक्रमण गरेर काठमाडौँमाथि विजय प्राप्त गरेपछि शाह सिंहासनमा बसेका थिए । विसं २०६२ सालसम्म सरकारले यसै दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउँदै आएको भए पनि विसं २०६३ को तेस्रो जनआन्दोलनपछि सार्वजनिक बिदासमेत कटौती गरेर जयन्ती मनाउन छोडेको थियो । 
 
राष्ट्रिय सङ्ग्रहालय छाउनीमा एकीकरण झल्काउने सामग्री राखिएको छ । नेपाल एकीकरण गर्दा प्रयोग गरेका हातहतियार तथा युद्ध सामग्री, गोरखा सङ्ग्रहालयमा रहेको शाहको विनयमुद्राको शालिक, छाउनीस्थित सैनिक सङ्ग्रहालयमा रहेको पृथ्वीनारायण शाहका पुर्खा सिन्चा खाँ र मिन्चा खाँसहितको वंशावली विवरण, कँडेल्चोक भगवती, हनुमानढोकामा रहेको पृथ्वीनारायणको सालिक र सिंहदरबार पश्चिम प्रवेशद्वार सामुन्ने रहेको शाहको पूर्णकदको सालिकलाई अवलोकन तथा माल्यार्पण गरेर दिवस मनाइँदैछ । 
 
‘घूस लिने र दिने दुवै देशका महाशत्रु हुन्’ भन्ने शाहको उद्गारलाई यसै दिन संस्मरण गरेर वर्षभरि नै सदाचार र सुशील जीवनयापनको प्रतिज्ञा गर्ने गरिन्छ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
501.   व्यवसायीको विरोधले श्रम ग्राम ठप्प
502.   पहिरोपीडितका लागि बहराइनका नेपालीको १ लाख ५८ हजार हस्तान्तरण
503.   पूर्व राजदूत अन्सारीविरुद्ध मुद्धा
504.   सरकारी अड्डा अब १२ घण्टा खुल्ने
505.   एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा गौतमबुद्ध विमानस्थल बन्दै
506.   प्रहरीले अब एयरपोर्टमा दुःख नदिने
507.   कोरियामा अवैध बस्ने नेपाली कामदार घटे
508.   प्रवासी कामदार अध्ययन कार्यदल गठन
509.   बौद्धमा न्यूयोर्क विश्वविद्यालयका दन्त चिकित्सकको निशुल्क शिविर
510.   वैदेशिक रोजगारमा हुनेको औसत बचत साढे १२ हजार
511.   मलेसियामा बायोमेट्रिक परीक्षण नगराएका कामदार जान रोक
512.   एक निर्वाचन क्षेत्र एक उद्योग : मन्त्री बस्नेत
513.   त्रिभुवन विमानस्थल विश्वकै तेश्रो खराव
514.   पोखराका शाखा तथा एजेण्टले राहत कोष स्थापना गर्दै
515.   ईपीएस परीक्षाफल प्रकाशित
516.   पहिरोपीडितलाई विदेशी नागरिक पटेलको सहयोग
517.   कोरिया जाने नेपालीलाई मोबाइल
518.   एमालेभित्र किचलो बढ्दै
519.   संखुवासभाका पहिरोपीडितलाई घटनास्थलमा नै राहत वितरण
520.   इजरायलले तीन सय नेपाली कामदार लैजाने
521.   मृतकको क्षतिपूर्ती दोब्बरले बढयो
522.   नेपाली कामदार यूरोप-अमेरिका पठाउने सरकारको तयारी
523.   नेपालमा अन्तर्राष्ट्रियस्तरको ‘फायरवाक सेमिनार’ हुँदै
524.   ६ देशका लागि राजदूत सिफारिस
525.   ७५ जिल्लामा नै पुस्तकालय स्थापना गर्ने श्रेष्ठ सम्मानित
Results 633: You are at page 21 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media