शुक्रवार, माघ ०५ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २२:०७

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिदा दिइए सँगै राष्ट्रिय एकता दिवस मनाइँदैछ । पिता नरभूपाल शाह र माता कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते शाहको जन्म भएको थियो । 
 
विसं १८२५ असोज १३ गते इन्द्रजात्राका बेला श्रीकुमारी रथमा आरुढ मल्ल राजा जयप्रकाश मल्ललाई यसै दिन गोर्खाली फौजले काठमाडौँ आक्रमण गरेर काठमाडौँमाथि विजय प्राप्त गरेपछि शाह सिंहासनमा बसेका थिए । विसं २०६२ सालसम्म सरकारले यसै दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउँदै आएको भए पनि विसं २०६३ को तेस्रो जनआन्दोलनपछि सार्वजनिक बिदासमेत कटौती गरेर जयन्ती मनाउन छोडेको थियो । 
 
राष्ट्रिय सङ्ग्रहालय छाउनीमा एकीकरण झल्काउने सामग्री राखिएको छ । नेपाल एकीकरण गर्दा प्रयोग गरेका हातहतियार तथा युद्ध सामग्री, गोरखा सङ्ग्रहालयमा रहेको शाहको विनयमुद्राको शालिक, छाउनीस्थित सैनिक सङ्ग्रहालयमा रहेको पृथ्वीनारायण शाहका पुर्खा सिन्चा खाँ र मिन्चा खाँसहितको वंशावली विवरण, कँडेल्चोक भगवती, हनुमानढोकामा रहेको पृथ्वीनारायणको सालिक र सिंहदरबार पश्चिम प्रवेशद्वार सामुन्ने रहेको शाहको पूर्णकदको सालिकलाई अवलोकन तथा माल्यार्पण गरेर दिवस मनाइँदैछ । 
 
‘घूस लिने र दिने दुवै देशका महाशत्रु हुन्’ भन्ने शाहको उद्गारलाई यसै दिन संस्मरण गरेर वर्षभरि नै सदाचार र सुशील जीवनयापनको प्रतिज्ञा गर्ने गरिन्छ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
476.   विमान हट्यो, अन्तर्राष्ट्रिय उडान आजै हुने
477.   विमानस्थल शनिबार विहान १० बजेबाट मात्र खुल्ने
478.   अन्तर्राष्ट्रिय उडान तथा अवतरण भोलि दिउँसोसम्म बन्द हुने
479.   ‘एग्रिटेक इजरायल २०१५’ हुदै
480.   वैरो संघको साधारणसभा स्थगित गर्न सिडियोको आदेश
481.   टर्की घुम्न जाने होइन ???
482.   विदेशमा अनुभव लिएका नेपाली विज्ञले स्थापना गरे संस्था
483.   टेलिपोटको नाममा मलेसिया जानेलाई १८ हजारको अर्को आर्थिक भार
484.   संघको विवाद साधारणसभामा टुंगिने
485.   कोरियन भाषा परीक्षा अबदेखि असारमा लिइने
486.   सामाजिक कार्यमा कुलेश्वर पोलिक्लिनिक
487.   मेनपावर व्यवसायीलाई छवि सुधार्न महानिर्देशक सुवेदीको आग्रह
488.   स्वास्थ्य व्यवसायी समाजको तर्दथ समिति घोषणा
489.   अन्तत बायोमेट्रिक लागू
490.   आठ हजार नेपाली युवती दिल्ली हुँदै दुबई पुर्‍याइए
491.   जेट एयरमा चरा ठोकिएर धुँवाको मुस्लो
492.   कोरियाको एयरपोर्टबाटै फर्काइँदै नेपाली
493.   पेट्रोलियम पदार्थको मूल्य घट्यो
494.   पाचै विकास क्षेत्रबाट एमआरपीको द्रुत सेवाको व्यवस्था मिलाउन निर्देशन
495.   नेपालीलाई अमेरिकाको भिसा दिने दर बढ्दो
496.   रेमिट्यान्स लिँदा अनिवार्य खाता खोल्नु पर्ने
497.   मलेसियामा नेपालीलाई ज्यान जोगाउनै गाह्रो
498.   १८ औं सार्क शिखर सम्मेलन काठमाडौंमा शुरु
499.   पशुपति वृद्धाश्रमलाई बेष्ट रेमिटका निर्देशक शर्माको सहयोग
500.   कतारमा नेपाली कामदार हडतालमा
Results 633: You are at page 20 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media