बुधवार, माघ ०३ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २२:०७

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिदा दिइए सँगै राष्ट्रिय एकता दिवस मनाइँदैछ । पिता नरभूपाल शाह र माता कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते शाहको जन्म भएको थियो । 
 
विसं १८२५ असोज १३ गते इन्द्रजात्राका बेला श्रीकुमारी रथमा आरुढ मल्ल राजा जयप्रकाश मल्ललाई यसै दिन गोर्खाली फौजले काठमाडौँ आक्रमण गरेर काठमाडौँमाथि विजय प्राप्त गरेपछि शाह सिंहासनमा बसेका थिए । विसं २०६२ सालसम्म सरकारले यसै दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउँदै आएको भए पनि विसं २०६३ को तेस्रो जनआन्दोलनपछि सार्वजनिक बिदासमेत कटौती गरेर जयन्ती मनाउन छोडेको थियो । 
 
राष्ट्रिय सङ्ग्रहालय छाउनीमा एकीकरण झल्काउने सामग्री राखिएको छ । नेपाल एकीकरण गर्दा प्रयोग गरेका हातहतियार तथा युद्ध सामग्री, गोरखा सङ्ग्रहालयमा रहेको शाहको विनयमुद्राको शालिक, छाउनीस्थित सैनिक सङ्ग्रहालयमा रहेको पृथ्वीनारायण शाहका पुर्खा सिन्चा खाँ र मिन्चा खाँसहितको वंशावली विवरण, कँडेल्चोक भगवती, हनुमानढोकामा रहेको पृथ्वीनारायणको सालिक र सिंहदरबार पश्चिम प्रवेशद्वार सामुन्ने रहेको शाहको पूर्णकदको सालिकलाई अवलोकन तथा माल्यार्पण गरेर दिवस मनाइँदैछ । 
 
‘घूस लिने र दिने दुवै देशका महाशत्रु हुन्’ भन्ने शाहको उद्गारलाई यसै दिन संस्मरण गरेर वर्षभरि नै सदाचार र सुशील जीवनयापनको प्रतिज्ञा गर्ने गरिन्छ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
26.   मत सर्वेक्षण गरे कडा कारबाही गरिने निर्वाचन आयोगको चेतावनी
27.   पहिलो चरणको निर्वाचन सम्पन्न, दुईवटा मतदान केन्द्रमा भने पुनः मतदान हुने
28.   पहिलो चरणको मतदान शुरु, चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता
29.   चुनावका लागि तराईका सीमा ७२ घण्टा सिल गरिने
30.   पहिलो चरणको चुनाव : मौन अवधि सुरु
31.   नयाँ लाइसेन्सको वितरण अनिश्चितकालका लागि स्थगित
32.   डीभी चिट्ठाले पु¥यायो हिरासत, नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जना पक्राउ
33.   विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पुरा, खासै प्रगति हुन सकेन
34.   १० लाख पर्यटकको लक्ष्य ६ वर्षपछि पूरा हुँदै
35.   हृदयघातबाट प्रचण्डपुत्र प्रकाशको निधन
36.   ब्यवसायी गौचन हत्यामा संलग्न ५ जना पक्राउ
37.   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम चिनिया कम्पनीबाट शुरु
38.   कतारको निम्तो छाडेर राष्ट्रपति भण्डारी युएई जाँदै
39.   स्थलगत अध्ययनपछि चिनियाँ टोलीले भन्यो–केरूङ-काठमाडौं रेल संभव
40.   विवेकशील साझा पार्टीको घोषणा पत्र
41.   बाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक
42.   अमेरिकाका ३८ डाक्टरद्धारा निःशुल्क दन्त शिविर (फोटोफिचर)
43.   बाम घोषणापत्र : ५ वर्षभित्र गरिविमुक्त, प्रतिव्यक्ति आय ५ हजार डलर पु¥याउने
44.   लायन राजेन थापाको भव्य स्वागत, शनिबार बन्दिपुरमा निशुल्क आँखा शिविर
45.   काठमाडौंको कमलादीमा गोली चल्यो, तीन भारतीय पक्राउ
46.   काठमाडौं उच्च जोखिममा
47.   काँग्रेसको घोषणापत्र : ५ वर्षमा ५० खर्बको अर्थतन्त्र, तीन देखि पाँच लाख रोजगारी
48.   नेपाल–अष्ट्रेलिया सिधा हवाई सेवाका लागि अध्ययन गरिने
49.   उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन
50.   सूर्यको आराधना गरी आज छठ पर्व मनाइँदै
Results 631: You are at page 2 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media